Famous Places:Bindhyabasini Mata's Temple,TaalBarahi Temple! | Converter: Unicode and Preeti Font | Newari Food: How to Make Chatamari (Newari Pizza)?


Saturday, December 27, 2014

Some Nepali Sweets

Posted by Unknown on 12:03 PM

 सेल

सामग्रीः
  • मसिनो पिसेको चामलको पीठोः १ किलो
  • खस्रो चामलको पीठो ः ५०० ग्राम
  • मैदाः ५०० ग्राम
  • चिनीः ५०० ग्राम
  • अलैँची पिसेकोः २० ग्राम
  • घिउः आवश्यकता अनुसार
विधिः
एउटा गहिरो भाँडामा चामलको पीठो, मैदा, चिनी तथा अलैँचीको धूलो मिसाउने र त्यसमा पानी हालेर मुुछ्ने । त्यसलाई आधा घण्टा जति त्यत्तिकै छाड्ने । सेल पकाउने तावाँमा सेल डुुब्ने गरी घिउ तताउने । घिउ तातेपछि एक डाडुु जति मुछेको पीठोमा हालेर चलाउने । सोलीको सहायताले घिउमा सेल आकारमा पकाउने । दुवै साइडमा खैरो भइन्जेल पल्टाई पल्टाई गरेर पकाउने ।





लाखमरी

सामग्रीः
  • ताइचिन चामलको पीठोः १ किलो
  • घिउः ७५० ग्राम
  • मासः ५०० ग्राम
  • चास्नीः डुबाउन मिल्ने गरी
विधिः
चामललाई दिनभरि भिजाएर रातभरि ओभाउन दिने र भोलिपल्ट पिस्ने । मास पनि रातभरि भिजाएर बोव्रmा निकाली बिहान पिस्ने । पिसेको मासमा अलिअलि पानी हारेर फिट्ने । घिउ, चामलको पीठो तथा मास मिसाएर राम्रोसँग फिट्ने । नरम भएपछि स–साना प्वाल भएको कपडामा बाँध्ने । त्यसपछि ताईमा हालेर पकाउने र सेप बनेपछि कराहीमा घिउ तताएर खैरो कुने गरी पकाउने । खैरो भएपछि झिकेर प्लेटमा हाल्ने र सेलाएपछि चिनीको बाक्लो झोललाई ब्रसले पालिस गरेजस्तै गरी रोटीमा लगाउने । यसरी तयार भएको लाखमरी तिहारमा बढी प्रयोग हुन्छ । यसलाई लामो समय सम्म राखेर खान पनि सकिन्छ ।



ल्वाङ्गफूल

सामग्री
  • मैदाः १ किलो
  • घिउः ७५० ग्राम
  • चास्नीः आवश्यकता अनुसार
  • नरिवलः १२५ ग्राम
  • केशरः आधा चम्चा
  • पानीः १ लि. जति

विधि
घिउलाई तताएर मनतातो बनाई १ लिटर पानी हाल्ने । उक्त घिउ र पानीमा मैदा हालेर मुछ्ने । पीठो तयार भएपछि गोलो बनाएर तीनकुने आकारमा बेल्ने । बेल्दा अलिअलि पानी हाल्दै फोल्ड गर्दै थिच्दै जाने । त्यसपछि यसलाई घिउमा पकाउने । ५–६ मिनेट पकाएपछि निकालेर सेलाउन दिने । सेलाएपछि चास्नीमा डुबाउने । चास्नीबाट निकालेपछि माथीबाट नरिवल र केशर हालिदिने ।






निम्किन

सामग्रीः
  • मैदाः ४ कप
  • नुनः स्वाद अनुसार
  • घिउः १ कप मुछ्नको लागि
  • जिराको दानाः १ कप
  • कालो तिलः १ चम्चा
  • घिउः १ केजी
  • खान मिल्ने सुन्तला रंगः थोरै
  • पानीः आवश्यकता अनुसार
विधि
एउटा भाँडा मैदा राखेर नुन, तिल, जिरा, रंग, घिउ र पानी हाले मज्जाले मुछ्ने । त्यसपछि त्यसलाई स–साना गोला डल्ला बनाउने । त्यसलाई पातलो र बाटुलो हुने गरी बेल्ने र आधा पट्याउने । फेरि तीन चुच्चे तथा तीन पत्रे हुने गरी पट्याउने र त्यसपछि पान आकारमा बेल्ने । यसलाई तताएको घिउमा दुवै तर्फ हुने गरेर राम्रो सँग पकाएर निकाल्ने ।





मसला लड्डु

सामग्री
  • खुवाः १ किलो
  • घिउः ४ पाउ
  • मसलाका लागि नरिवलको धूलो, गुँड, काजु तथा चिनीको धूलो स्वाद अनुसार
विधि
खुवालाई घिउमा हालेर घोट्ने । घिउ र खुवा मज्जाले मिसाएपछि केही समय त्यत्तिकै राखेर चिसो हुन दिने । त्यसपछि भाँडामा निकालेर किस्तीमा राख्ने । त्यसमा नरिवल, बदाम, गुँद, काजुआदि मसलाको धूलो हाल्ने । सबै मसला हालेर केहीबेर मोलेपछि चिनीको धूलो हालेर डल्लो पार्ने । यसरी मसलाको लड्डु घरमै पनि तयार पार्न सकिन्छ ।





कलाकन्द

सामग्री
  • दूधः ८ लिटर
  • चिनीः ५ सय ग्राम
  • कागतीको रसः ४ थोपा
विधि
एउटा गहिरो कराहीमा दूध उमाल्ने । त्यसमा केही थोपा कागतीको रस मिसाउने । त्यसपछि आवश्यकता अनुसार चिनी हाल्ने । सानो आँचमा टाइट नभइन्जेल पकाइरहने । जब कलाकन्द टाइट हुँदै जान्छ तब त्यसलाई फराकिलो किस्तीमा निकालेर ५–६ घण्टासम्म जम्न दिने । यसलाई आफ्नो इच्छानुसार टुक्रा पारेर दाजुभाई तथा दिदीबहिनीलाई सगुनस्वरुप खुवाउन सकिन्छ ।





मुंगको बर्फी

सामग्री
  • मुंगको दालः १ केजी
  • घिउः १ केजी
  • चिनीः १ केजी
  • पानीः आधा लिटर
  • अलैँची पाउडरः थोरै
  • बरकः १ टुक्रा
  • पिस्ता–बदामः थोरै
विधि
मुंगको दाललाई सफा गरेर ३ घण्टा जति भिजाउने । मिक्सरले खस्रो हुने गरी पिस्ने । पिसेको दाललाई घिउमा पकाउने । खैरो रंगको भएपछि निकाल्ने र चिनीको पाक गाढा बनाई डुबाएर निकाल्ने । अघि बनाएको सबै चीज मिसाउने, अलैँची पाउडर पछि राख्ने । किस्तीमा खन्याएर १२ घण्टापछि माथिबाट बरक पेपर राख्ने । काटेको पिस्ता, बदाम छर्कने र बर्फी आकारमा काट्ने ।






If you enjoyed this post and wish to be informed whenever a new post is published, then make sure you subscribe to my regular Email Updates. Subscribe Now!


Kindly Bookmark and Share it:

0 comments : Post Yours! Read Comment Policy ▼
PLEASE NOTE:
We have Zero Tolerance to Spam. Chessy Comments and Comments with Links will be deleted immediately upon our review.

 

About The Author

Hi! I am Nirazz and live in Pokhara, A beautiful city and situated in the heart of the country, Nepal. I am an addict to Blogger, Computer Enthusiastic, charming, Migger and Teacher.
Follow Him @ Facebook | Twitter | Migme Read More..

Author

My Photo
I am thhe techhno freak, whenever i get time i used to go here and there in net tweek that with my blog. I love what I want to do, and i am happy 4 that too!

© 2017. All Rights Reserved | ApHrOdi$iaC | Template by Blogger Widgets | Powered by Blogger

Home | About | DshBrd | Top ▲ | Leave