एक पटक यदि कसैले पोखराको भ्रमण गरेमा उनीहरुले पोखरालाई मनपराउनेछन् । साथै अभूतपूर्व आनन्द प्राप्त गर्नेछन् । यो नै पोखराको सुन्दर एवं लोभ्याउने प्रकृति हो । जस्ले के पुस्ट्याउँछ भने “पोखरा त साँच्चि नै पोखरा रहेछ जहाँ माछापुच्छ्रे हिमाल फेवातालमा पौडी खेल्दो रहेछ ।” भ्रमणकारीहरुको निम्ति कुनै बाधा तथा मुल्यले हिमालको दर्शन गर्न छेक्दैन । किनकि उनीहरु प्रकृतिप्रेमी हुन् जो विश्वका सुन्दर क्षेत्रहरु घुम्ने गर्दछन् र अन्तिम गन्तव्य भनेको नै पोखरा हुने गर्दछ । जहाँ मानिसहरु ताल तलैया, हिमाल, पहाड तथा प्रकृतिको दृश्यावलोकन गर्न आउने गर्दछन् । त्यसैले हामी हाम्रो ताल, तलैया तथा हिमाल आदिले गर्दा गर्वित छौँ ।
“पोखरालाई प्राकृतिक सौन्दर्य तथा सामाजिक–संस्कृतिले भरिपूर्ण पारौँ !”
"Pokhara is one of the most extra-ordinary and most beautiful
places in the world."
"If you haven't visited Pokhara then you haven't visited Nepal
- Toni Hagen (1961)
इतिहासः
पोखरा नाम एक पुरानो नाम हो । यो नाम ‘पोखरी’ बाट साभार गरिएको हो जसको अर्थ कुवा हुन्छ । यो ठाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ त्यसैले त मानिसहरुले यसलाई प्राकृतिक नाम पोखरा दिएर न्याय गरेको छ । भुगर्वविदहरु विश्वास गर्दछन् कि यो ठाउँ ताल वा पोखरी सुकेर तयार भएको हो भन्ने कुरामा । साथै बाँकी रहेका पानीहरु विभिन्न स्थानहरुमा ताल तलैयाको रुपमा रहेको देखिन्छ । कास्की जिल्लामा सात तालहरु अस्तित्व रहेको छ । तिनीहरु हुन् ः फेवा, वेगनास, रुपा, खास्टे, दीपाङ्ग, मैदी र कमलपोखरी । यी तालहरु मध्ये केही तालहरु जस्तै दीपाङ्ग, कमलपोखरी र मैदी तालको अस्तित्व लगभग अन्त्य भइसकेको छ । किसानहरुको पहुँच र तालमा मिसिएका वालुवा र माटोका कारण तिनीहरुको अवस्था र उपस्थिति विस्तारै खुम्चँदै गइरहेको छ ।
यदि कुनै मानिस पोखराको पुरानो बजारको झलक पाउनको लागि इच्छुक भएमा नालामुखमा जानु पर्दछ । जहाँ केही पुराना शैलीका सुन्दर घरहरु अझै पनि अवस्थित छन् । पोखराका वासिन्दाहरु सुन्दर हिमालहरु जस्तै सुन्दर र सरल स्वभावका छन् । पोखरावासी महिलाहरु साँच्ची कै पोखरा जस्तै सुन्दर र साधारण छन् । नेपाली समाज व्यवस्थामा महिला समुदाय अझै पनि पिछडिएको छ । अवैधानिक भएता पनि वहुविवाह खुलारुपमा अझै पनि कहि कतै प्रयोगमा भएको पाइन्छ । पुरातन र रुढिवादी समाजमा वहुश्रीमति भएको देख्न पाइन्छ । थोरै भएता पनि शहरमा वसोवास गर्ने महिलाहरुले शैक्षिक सुविधाको प्रयोग गरेका छन् । उक्त शिक्षाको कारण हिजो आज अफिसहरुमा सजिलै सँग कार्य गर्न पाएका छन् जसले गर्दा उनीहरुलाई आर्थिकरुपमा बलियो पारेको छ ।
पृष्ठभुमिः
पोखरा उप–महानगर पालिका, अन्नपूर्ण हिमालय श्रृंखलाको काखमा अवस्थित, नेपालको दोस्रो ठूलो साथै पहाडमा रहेको शहरीय क्षेत्र हो । पोखरा शहर अन्नपूर्ण हिमाल, धौलागिरी र लम्जुङ्ग हिमालीय श्रृंखला, सफा पानीका तलाउहरु, खोला नालाहरु, प्राकृतिक गुफाहरु र सामाजिक–संस्कृतिले भरिपूर्ण र यिनका मनमोहक दृष्यहरुले परिचित छ । यो शहर बेला मौकामा हुने जात्रा, उत्सवहरुले धार्मिक तथा सांस्कृति जमधटको थलोको रुपमा पनि चित्रित छ । यो शहरले नेपालको एकिकरणको समयमा (वि.सं. १७६९मा) एउटा सानो स्थायी बजारको रुप लिएको थियो । काठमाण्डौबाट आएका नेवार समुदायहरुले यहाँ व्यवसायको स्थापना गरे र यस शहर
लाई नयाँ स्वरुप पनि दिए । यो ठाउँ बजार व्यवसायको लागि आवत जावत गर्ने व्यापारीहरुको लागि खाजा तथा नास्ता गर्ने स्थानको रुपमा पनि परिचत भयो ।
पोखराले राणा शासनको समयमा प्राप्त गरेको पश्चिम नं. ३ प्रशासनिक मुख्यालको पदवीले पोखरा बजारको सर्मद्धिमा टेवा पुरायो । वि.सं. १९५१ मा भएको राजनीतिक परिवर्तनले शहरको आधारभूत सुविधाहरुको विकासको प्रकृयाहरुलाई बढावा दियो । वि.सं. १९५२ मा हवाइजहाज र वि.सं. १९५७ मा जिप्सी को शुरुवातले पोखरालाई देशको राजधानी काठमाण्डौसँग सम्बन्ध बढाउनमा मद्दत गर्यो । वि.सं. १९५८ मा पोखरालाई आधिकारिक रुपमा नगरपालिका भनि धोषणा गरिएको थियो साथै वि.सं. १९६० मा पुनः नगर पञ्चायतको शुरुवात भयो । वि.सं. १९६० देखि स्थापित भारतीय पेन्सन क्याम्प र वि.सं. १९६६ देखि स्थापित ब्रिटिस पेन्सन क्याम्पले पोखरा उप–महानगरपालिकामा अन्य ठाउँहरुबाट बसास सराइ गरेर आउनमा आकर्षित ग¥यो । सुनौली–पोखरा राजमार्ग (वि.सं. १९६९) र पृथ्वी राजमार्ग (वि.सं. १९७२) ले पोखरालाई सिधै तराई क्षेत्र र काठमाण्डौ सँग सम्पर्क गरायो । ट्रैकिङ्ग पर्यटकहरुको एक क्षेत्रको रुपमा स्थापित कार्यात्मक प्रतिष्ठानहरु र यसको विकासले पोखराको विकास हुनमा मद्दत ग¥यो । १९७२ मा पोखराले प्राप्त गरेको पश्चिमाञ्चल विकास क्षेत्रको मुख्यालय नामक पद ले यस पोखरालाई नगरपालिका बाट १९९६ मा उप–महानगरपालिका हुनमा सहयोग ग¥यो ।
नगरपालिकाको आधिकारीक सर्वोच्च निकाय नगरपालिका परिषद हो । यस पोखरा उप–महानगरपालिकाको नगरपालिका परिषदमा माननीय मेयर, उप–मेयर, निर्वाचित वार्ड अध्यक्ष र १८ जना वडा सदस्यहरु, २ जना मनोनीयत सदस्यहरु र नगर विकासको सविच सहित ११२ जनाको समूह रहन्छ । त्यसतै गरेर प्रत्येक वडाहरुमा निर्वाचित वडाध्यक्ष र चार जना सदस्यहरु रहेका हुन्छन् ।
पोखरा उप–महानगरपालिकाको व्यहोराः
स्थानः
83 o 58'30" E देखि 80 o 02'30" E सम्मको देशांतर र 28 o 10' N देखि 28 o 16' N अक्षांश
क्षेत्र
पोखरा उप–महानगरीय शहर ५५.६६ कि.मि. २
पोखरा घाटी १२३ कि.मि. २
स्थलाकृतिः
१) हिमालयन श्रृंखला देखि महाभारत लेख विचको विवर्तनिक उपत्यका र घाटी ।
२) ग्रेवल गरिएको सतह उत्तर पश्चिम देखि दक्षिण पूर्व तर्फ झुकेको ।
३) उचाइ ६२७ मीटर देखि समुन्द्र स्तरबाट ९८० मीटर माथि फैलिएको पर्वतमाला ।
४) गहिरो घाटीहरु तथा यसको सहायक नदिहरु र फेवा ताल भएको ।
५) सेती गण्डकी प्रमुख नदी ।
हावापानी(जलवायु):
१) गर्मी तथा चिसो गर्मी, चिसो र सुख्खा चिसोका साथमा उप–उष्र्णीय मनसुन
२) तापमानः ६00से न्युनतम र ३१00से अधिकतम
३) वार्षिक वर्षावृष्टिः सरदर ३८८० मि.मि.
जनसंख्याः
१) अनुमानित जनसंख्या २०११ सन् : २,५५,४६५
२) जनसंख्या जनगणना २००१ सन् : १,५६,३१२
३) एक परिवार औसतमाः ६.१
४) जनसंख्या घनत्वः ३८४८.८३ प्रति स्क्वाएर कि.मि
५) वार्षिक वृद्धिदर : ७.४१ %
६) परिवारहरुको संख्या (अनुमानित) : ६८२३६
जनसंख्या बनावटः
यस पोखरामा वसोवास गर्ने मानव वस्तिमा २० भन्दा बढी जात जाति तथा समुदायहरु छन् । यहाँ रहेका प्रमुख समुदायहरु यस प्रकार छन् :
ब्राह्मण: २२.८३ % गुरुङ्ग : २१.६२ % क्षेत्री : १५.३५ %
मगर : ८.२० % तमाङ्ग: २.६५ % नेवार : १.०५ %
सन्यासी : ०.९६ % मुस्लिम/चुरेटा : १.२१ % ठकुरी : १.५५ %
थकाली : १.०८ % राई : ०.८४ % दलित : ८.७१ %
सुचिक्रित नभएकाः १.५२ % अन्यः ११.३२ %
साक्षरता प्रतिशतः ७१.०९%
पुरुषः ८३ %, महिला : ६१.५ %
प्रमुख जात्रा तथा पर्वहरुः
जात्राहरुः ढुङ्गेसाँगु मेला, सुन्पनदेली मेला, १२ भैरव नाच, बाघ जात्रा, गाई जात्रा, हरिवोधनी एकादशी मेला, तीज जात्रा, तालवाराही जात्रा आदि
पर्वहरुः वडा दशैँ, दीपावली, तीज, साउने सक्रान्ती, माघे सक्रान्ती, वुद्ध पुर्णिमा, ल्होसार, जनैपुर्णिमा, फागु पुर्णिमा, चैते दशैँ, रामजन्माष्टमी, श्रीपञ्चमी, ईद आदि
पोखराका सम्पदा तथा निधिहरुः
१) प्राकृतिक सम्पदाहरु
फेवाताल, सेती गण्डकी खोँच, कमलपोखरी, महेन्द्र गुफा, पाताले झाँगो(डेभिड फल्स्), गुप्तेश्वर गुफा, चमेरी गुफा, शान्ति वन वाटिका इत्यादि ।
२) सांस्कृतिक सम्पदाहरु
विन्ध्यवासिनी मन्दिर, भद्रकाली मन्दिर, तालवाराही मन्दिर, नारायणथान, शोभा भगवती, सितलदेवी, भिमसेनथान, भैरवथान, जाल्पादेवी, सरस्वती मन्दिर, बौद्ध विहार, शान्ति स्तुप, बौद्ध धर्मचक्र द्धीपस्य माटेपानी, रामकृष्ण टोल, गाइनेटोल आदि ।
३) म्युजियमः
क) क्षेत्रिय संग्राहलय, नयाँबजार
ख) अन्नपूर्ण संग्राहलय, भीमकालीपाटन, बगर
ग) अन्तरराष्ट्रिय हिमालयन संग्राहलय, घारीपाटन
अन्तरराष्ट्रिय सम्बन्धः
१) सिटीनेटको सदस्य
२) आइ.सि.एल.इ.एल. को सदस्य
३) कोमागाने(जापान) को भगिनी शहर
४) लिन्झी (चीन) को भगिनी शहर
पोखरा सहर कास्की जिल्लाको सदरमुकाम हो र कास्की जिल्लालाई आठ तालको बगैंचा पनि भनिन्छ । ति तालहरु हून फेवा, बेगनास, रुपा, खास्टे, दीपांग, मैदी, नयूरेनी र गुँदे ।
If you enjoyed this post and wish to be informed whenever a new post is published, then make sure you subscribe to my regular Email Updates. Subscribe Now!
wow ! What a lovely place. I loved this place
ReplyDelete