नेपाली साहित्याकासमा थुपै साहित्यकारहरु छन् । त्यस मध्ये मलाई मनपर्ने मध्यकी एक हुन, पारिजात । जसको मूल नाम विष्णु कुमारी वाइवा थियो । तर उहाँले पारिजात(पारिजात रात सुगंधित गर्ने चमेली फूल हो) नामको कलम नामबाट लेख्ने गुर्न हुन्थ्यो । उहाँको सबैभन्दा प्रशंसनीय प्रकाशन शिरिषको फूल (The Blue Mimosa) हो । जसलाई विदेशी विश्वविद्यालयहरुको पाठ्यक्रमहरुमा पनि समावेश गरिएको छ ।
पारिजातको जन्म वि.सं १९९४ बैशाख महिनामा दार्जिलिङ्गको पहाडी स्टेशन, भारतमा, भएको थियो । उहाँको जन्म स्थान,दार्जिलिङ्ग, नेपालीभाषीहरुको संस्कृति तथा साहित्यको एक प्रमुख केन्द्र थियो । जुन एक पटक नेपालको हिस्सा पनि थियो । दार्जिलिङ्गले नेपाली साहित्यलाई उकास्नमा प्रभावशाली भूमिका निभाएको थियो । पारिजात सानै देखि नेपाल तथा नेपाली साहित्यसँग जाडिनुभएको थियो । उहाँलाई सानैबाट साहित्यमा रुचि थियो । त्यसले नै नेपाली साहित्यलाई उर्वर बनाउनमा सरहानीय काम गर्यो ।
पारिजातले आफ्नो स्कूली ज्ञान दार्जिलिङ्गबाट नै पूरा गर्नुभएको थियो । साथै वि.सं २०११ सालमा नेपालमा भित्रिएकी थिइन् । उनले पद्य कन्या विद्याश्रमबाट एस.एल.सी. पास गरिन् र सोहि विद्याश्रमबाट बि.ए. सम्म शिक्षा हासिल गरिन् । शारिरिक बिमारीको कारणले गर्दा उनको अंग्रेजीमा एम.ए. गर्ने इच्छा अधुरै रह्यो । जसको कारण उनको जीवन उहाँकै बहिनीबाट संरक्षित थियो ।
पारिजात एक शसक्त उपन्यासकार हुन् । उनी कवयित्री भन्दा बढी कथाकार र कथाकार भन्दा बढी उपन्यासकारमा प्रसिद्ध छिन् । पारिजात बौद्धिक र चिन्तनशील स्रष्टा थिइन् । उनले बिसङ्गति र बिकृतिका बिरुद्धमा बेजोड रुपमा कलम चलाएकी थिइन् ।
उनले वि.सं. २०१३ मा धरती पत्रिकामा कविता प्रकाशन गरिन् । त्यसै गरी उनले आकांक्षा र बैशालु वर्तमान गरी ३ कविता संग्रहहरु प्रकाशन गरेकी थिइन् । उनी एक प्रसिद्ध कथाकार पनि थिइन् । वि.सं. २०५१ सालमा ‘मैले नजन्माएको छोरो’ कथा प्रकाशन गरी उनी कथाको फाँटमा पनि देखा परिन् । उहाँको उपन्यासहरु मध्ये शिरिषको फूलले उनलाई एक प्रसिद्ध उपन्यासकारको रुपमा खडा गरिदियो र जसको लागि उनलाई मदन पुरस्कारबाट सम्मानित पनि गरिएको थियो । साथ साथै उहाँले सर्वश्रेष्ठ पान्डुलिपि, गण्डकी बसुन्धरा तथा अन्य सम्मानहरु पनि प्राप्त गर्नुभएको थियो ।
पारिजात आजीवन अविवाहित रहनुभयो तथा शारिरीक पीडाले पनि उहाँलाई जगडेको थियो । जुन समयमा उनले साहित्यको लागि योगदान गर्दै थिइन् । पारिजात बौद्धिक र चिन्तनशील स्रष्टा थिइन् । सामाजिक असमानता, विसङ्गति र बिकृतिका बिरुद्धमा उनको लेखन बेजोड गरिमा चलेको थियो । उनले आफ्नो जीवनकालमा शारिरीक बल भन्दा आत्मबल ठूलो हुन्छ भनि पुष्टी गरेरै छाडिन् । उनले अशक्त भएर पनि साहस र आत्मबल भए समाज र राष्ट्रको लागि योगदान दिन सकिन्छ भन्ने कुराको पुष्टि गरिन् । उनी विभिन्न रोगहरुबाट ग्रसित हुँदै गएपछि उनको बहिनको सहयोग र स्नेहबाट उनको जीवनरथ अघि बढ्दै गएको थियो । पारिजातको वि.सं. २०५० साल बैशाख ५ गते देहावशन भयो । उनी गए पनि उनका कृतिहरुले उनलाई अमर बनाइराखेको छ ।
ग्रन्थ सूची
उपन्यासहरुः
- शिरिषको फूल
- महत्ताहिन
- परिभाषित आँखाहरु
- बैँशको मान्छे
- तोरीबारी, बाटा र सपनाहरु
- अन्तर्मुखी
- उसले रोजेको बाटो
- पर्खाल भित्र र बाहिर
- अनिदो पहाड सँगै
- बोनी
कथा
क) मैले नजन्माएको छोरो
लघु कथा संग्रह
क) आदिम देश
ख) सडक र प्रतिभा
ग) साल्गीको बलात्कृत आँसु
घ) बधशाला जाँदा आउँदा
कविता संग्रह
क) आकांक्षा
ख) पारिजातका कविता
ग) बैँशालु वर्तमान
संस्मरण निबन्ध
क) धुपी, सल्ला र लालीगुराँसाको फेदमा
ख) एउटा चित्रमय सुरुवात
ग) अध्ययन र संघर्ष
Tags:
Nepali,
Personalities
If you enjoyed this post and wish to be informed whenever a new post is published, then make sure you subscribe to my regular Email Updates.
Subscribe Now!
Kindly Bookmark and Share it:
Related Posts: Nepali,
Personalities
waaaaaaa she was great i know that already but i donot know about her so much that i know after reading this
ReplyDeleteMy partner and I absolutely love your blog and find
ReplyDeletea lot of your post's to be exactly I'm looking for.
Does one offer guest writers to write content to suit your needs?
I wouldn't mind writing a post or elaborating on most of the subjects you write
in relation to here. Again, awesome site!
my webpage: packers and movers new delhi