Famous Places:Bindhyabasini Mata's Temple,TaalBarahi Temple! | Converter: Unicode and Preeti Font | Newari Food: How to Make Chatamari (Newari Pizza)?


Monday, December 12, 2011

Bindhyabasini Mata

Posted by Nirazo Malla on 7:38 AM
शुक्ला गण्डकीको समिपमा रहेको गण्डकी अञ्चल, कास्की जिल्लाको सुन्दर नगरी पोखराको केही उच्च स्थानमा अवस्थित शक्तिपीठहरु मध्ये एक प्रसिद्ध र प्रतिस्थित शक्तिपीठ श्री विन्ध्यवासिनी माताको मन्दिर पोखरा उपत्यकाको एक महत्वपूर्ण आकर्षण स्थलको रुपमा रहेको छ । यस प्रसिद्ध मन्दिर पोखरा नगरीको उत्तरी भेगमा पर्दछ । यसको चारैतर्फ विश्वप्रसिद्ध हिमश्रृंखलाहरु अन्नपूर्ण एवं माछापुच्छ्रे हिमशिखर, यसको काखैमा फेवाताल जसको बिचमा तालबाराही मन्दिर, साथै रुपा,वेगनास, दीपाङ्ग, मैदी जस्ता निर्मल तालहरु र महेन्द्र गुफा, चमेरी गुफा, गुप्तेश्वर गुफा आदि बगैँचा सरी फैलिएका छन् ।

यहाँ पुग्न अत्यन्त सजिलो बनाएको छ बाग्लुङ्ग राजमार्गले पनि । जहाँ आउन र जान सजिलै विभिन्न प्रकारका साधनहरु पाइन्छ । पोखरा उप–महानगरपालिका वडा नं. २ मा अवस्थित यो माताको मन्दिर समुन्द्र सतह देखि लगभग ३००० फिटको उचाईमा रहेको छ । यहाँबाट प्रफुल्ल मुद्रामा रहेका सुन्दर हिमश्रृंखलाहरु देख्दा मन पनि हर्षित हुन्छ । पोखरा मात्र नभई पश्चिमाञ्चलमै प्रसिद्धि कमाउन सफल साथै विशेष महत्व राख्ने देवी देवताहरु मध्ये एक विशेष महत्वपूर्ण देवीको रुपमा पुँजिदै आएको तथा सुन्दर नगरी पोखराको गहना र शोभा श्री विन्ध्यवासिनी माताको उत्पत्ति सम्बन्धमा रोचक प्रसंगहरु सुन्नमा पाइन्छ । इतिहासले वर्णन गरे अनुरुप यथार्थतामा ठोस तथा प्रमाणिक प्रमाणहरु भेटिँदैन तबसम्म विभिन्न तर्क एवं किंवदन्तिहरुले नै स्थान पाउने गर्दछन् । यस विन्ध्यवासिनी माताको सम्बन्धमा पनि यस्तै तर्क तथा किंबदन्तिहरु पनि जनजिब्रोमा रहेका छन् । ठोस तथा आधारभूत प्रमाणहरुको अभावमा किंबदन्ति एवं जनश्रुतिहरुलाई पनि केही हदसम्म आधार मान्नु पर्ने हुन्छ । तरपनि चलनचल्तिमा रहेका जतिपनि तर्कहरु छन् त्यसलाई पुष्टि गर्ने कुनै ठोस प्रमाणहरु उपलब्ध छैनन् । साथसाथै सवै कागजपत्र तथा जनश्रुति एवं किंबदन्तिहरुले (पोखराको वीच विन्दुमा स्थापित गराइएकोले विन्दुवासिनी नाम रहेको भन्ने एक तर्क बाहेक) विन्ध्याचल पर्वतबाट ल्याई सिद्धिनारायण शाहले स्थापना गर्न लगाएको तर्क नै अर्को बलियो तथा स्पष्ट प्रमाण नपाइने बेलासम्मको लागि ठीक मान्नुपर्ने अवस्था छ ।


एक प्रसिद्ध र प्रतिस्थित शक्तिपीठ श्री विन्ध्यवासिनी माताको मन्दिर पोखरा उपत्यकाको एक महत्वपूर्ण आकर्षण स्थलको रुपमा रहेको छ । यस प्रसिद्ध मन्दिर पोखरा नगरीको उत्तरी भेगमा पर्दछ । यसको चारैतर्फ विश्वप्रसिद्ध हिमश्रृंखलाहरु अन्नपूर्ण एवं माछापुच्छ्रे हिमशिखर, यसको काखैमा फेवाताल, साथै रुपा,वेगनास, दीपाङ्ग, मैदी जस्ता निर्मल तालहरु र महेन्द्र गुफा, चमेरी गुफा, गुप्तेश्वर गुफा आदि बगैँचा सरी फैलिएका छन् ।


यस मन्दिरमा नवदुर्गा जस्तो महत्वपूर्ण दिनहरुमा विहान ३ बजे देखि नै खुला रहन्छ भने अन्य दिनहरुमा विहान ५ बजे देखि १२ बजे सम्म् र बेलुका ४/५ बजे देखि खुला रहन्छ । माताको नित्य नैमित्य पूजा अर्चना बाहेक विशेष चाडपर्वहरुमा पनि माताको सद्धा पूर्वक पूजा आराधना गरिन्छ । प्रत्येक वर्ष बडादशैँको सप्तमी तिथिमा सैनिकहरुबाट (सैनिक गण तथा बाहिनी) यस विन्ध्यवासिनी माताको मन्दिरमा फूलापाती ल्याई बढाँई गर्ने परम्परा छ । उक्त दिन सम्पूर्ण अड्डा, अदालत,राजनैतिक पार्टिहरुका प्रतिनिधिहरु तथा पुलिस, सैनिक अधिकृत तथा जवानहरुको उपस्थिति र फूलपातीमा पुलिस तथा सैनिक व्याण्ड साथ ल्याउने परम्पराले विन्ध्यवासिनी माताको भक्तजनहरुको उपिस्थिति हुँद सहजै अनुमान गर्न सकिन्छ कि त्यहाँ उक्त दिन कत्तिको घीड तथा रमणीय हुन्छ भनेर । भगवतीको मन्दिर भएकाले यहाँ राँगो, बोका, परेवा, कुखुरा आदिको बली दिईंन्छ । तर बली दिनको लागि मन्दिरको बाहिर प्राङ्गणमा मौलो खडा गरिएको छ । त्यसै मौलामा बली दिन्छ । यहाँ एकादशी, औंसी, वुद्धजयञ्ती, राम नवमी, शिवरात्री बाहेक अन्य दिनहरु तथा बाहेक अन्य दिन, बारहरुमा बलीपूजा चल्दछ ।

यस क्षेत्रका निवासी मात्रै नभई विश्वका कुना काप्चाबाट नेपाल भ्रमणको क्रममा पोखरा पाइला राख्ने वित्तिकै विन्ध्यवासिनी माताकोे दर्शन नगरी छाड्दैनन् । माता वास्तवमा पोखरा तथा यसको आसपासका क्षेत्रका वासिन्दाहरुका लागि मात्र नभई देशको विभिन्न कुना काप्चा तथा विदेशीहरुको लागि पनि त्यत्तिकै आस्थाको केन्द्र बन्न पुगेको पाइन्छ । विदेशीहरुमा विशेष गरेर भारतीयहरुको लागि माता नेपालीहरुको जत्तिकै आस्थाको पुञ्ज भएकी छिन् । विन्ध्यवासिनी माता मुलुककै एक प्रख्यात तथा स्थापित देवी भएका कारणले विन्ध्यवासिनी माताको मन्दिरलाई श्री ५ को सरकारले वि.सं. २०४५/६/३० गते देखि हुलाक टिकटका रुपमा व्यवहारमा ल्याएको थियो । यो पनि माता प्रतिको लोकप्रियताको एक सशक्त प्रमाण हो ।

यो मन्दिर ढुंगाको गारोमा बज्रलेपन गरी निर्माण गरिएको छ । गुम्बज शैलीको यो मन्दिर एक तलेको छ । पित्तलको गजुरमा सुनको लेपन लगाइएको छ । मन्दिरको भित्र गारो तथा भुँईमा टायल लगाइएको छ । मन्दिर भित्र प्रस्तरमा कुँदिएको माताको अष्टभुजायुक्त एक ठूलो मूर्ति राखिएको छ । मन्दिरको वरिपरि घण्टाहरु झुण्डाएका छन् । जस मध्ये सवैभन्दा पुरानो वि.सं. १८७९ मा चढाएको घण्टा देखिन्छ । मन्दिर परिसर भित्र एक ठूलो पिपलको रुखको फेदमा ढुंगाको पेटी चिनी त्यसमाथि ढुंगाकै खोपो आकारको बनाई हनुमानको प्रस्तर मूर्ति साथै हनुमान चालिसा पनि कुँदिएको छ । साथै वरिपरि गणेश मन्दिर, श्री सरस्वती माताको मन्दिर, श्री कृष्णको मन्दिर, यज्ञ भवन, शिवपञ्चायनको मन्दिर र पञ्चदेवताको मन्दिर पनि रहेको छ । विन्ध्यवासिनी माताको मन्दिर के हिन्दु, के वौद्ध सवैद्वारा सम्मानित तथा श्रद्धा र आस्थाकी पुञ्ज भएकी छिन् ।

अपडेट:

माता विन्ध्यवासिनी सम्बन्धि किंबदन्तीः


माता विन्ध्यवासिनी सम्बन्धि केही किंबदन्तीहरु भए पनि एक घतलाग्दो किंबदन्ती यो पनि छ कि — एक दिन कास्कीकोटका राजा सिद्धिनारायण शाह अचानक बिमारी हुँदा उनका मन्त्री तथा सेवकहरुले राज–पुरोहितलाई बोलाई श्री शक्तिको विशेष आराधना गरेछन् । त्यस आराधनाका प्रभावले राजा सिद्धिनारायण शाहको विमार निको भएछ । त्यसपछि उनको देवीप्रति अत्यन्तै आस्था बढ्न गई अहोरात्र माता भगवतीकै आराधना गर्न लागेछन् । उनको आराधना यति माथिसम्म पुग्यो कि एक दिन भगवती श्री विन्ध्यवासिनी स्वयं स्वप्नमा दर्शन दिएर उनलाई यस प्रकार भन्नुभएछ –“हे राजन् ! तिमी छिट्टै विन्ध्याचल पर्वतमा जाऊ र त्यहाँका पुजारीहरुसँग मेरै स्वरुपको एउटा मुर्ति माँगेर ल्याई दरबारको नजिकै स्थापना गरी पूजा गर्ने गर । तर मूर्ति ल्याउँदा तिमीले एउटा कुरा अवश्य ध्यान राख्नू कि मूर्तिलाई बाटोमा कही पनि नबिसाउनू यदि भूलबश बाटामा मेरो मूर्तिलाई कतै बिसाइयो भने म त्यस ठाउँबाट उठ्ने छैनँ ।” स्वप्नमा राजा सिद्धिनारायण शाहलाई माताले जो आदेश दिनुभयो, सो आदेशलाई शिरोधारण गरी उनी आफ्ना अरिया–भरिया डोलेहरुका साथ विन्ध्याचल पर्वत पुगे । वहाँ पुगी त्यहाँका पुजारीहरुसँग माताले स्वप्नमा आदेश भएको कुरा यथार्थ बताई माताको आदेशबमोजिम मूर्ति माग्दा त्यहाँका पुजारीहरुले राजाको कुरालाई अस्वीकार गरे । माताले भनेबमोजिम मूर्ति नपाई जब उनी त्यहाँबाट खाली हात नेपाल फर्कन लागे तब ती पुजारीहरुलाई उसै रात माता श्री विन्ध्यवासिनीले स्वप्नमा आई भन्नुभएछ –“पुजारीहरु हो ! हिमाल (नेपाल) बाट आएको मेरो अत्यन्त प्रिय भक्त सिद्धिनारायण शाहलाई मेरै स्वरुपको एक मूर्ति दिएर पठाऊ । यदि कदाचिद् मेरो आज्ञाको उल्लङ्घन ग¥यौ भने तिम्रो समूल वंश नाश गरिदिनेछु । यदि तिमीहरु आफू र आफु र आफ्नो वंशलाई बचाउन चाहन्छौ भने मेरै स्वरुपको मूर्तिलाई हिमाल (नेपाल) तर्फ पठाईदेऊ ।” माताजीद्वारा पुजारीहरुलाई  स्वप्नमा यस प्रकार आदेश दिइबक्सेपछि, प्रातःकाल स्नानादि नित्यकर्मका साथै माताको आराधना गरेर पुजारीहरु राजा सिद्धिनारायण शाहका सामु गई माताद्वारा स्वप्नमा आदेश भएका कुरा उनलाई बताए । त्यसपछि माताको आज्ञानुसार उनको दिव्य मूर्तिलाई केही आफ्ना भरिया र राजा सिद्धिनारायणका भरियाहरुलाई बोकाई सिद्धिनरेशका साथ नेपाल पठाए । राजा सिद्धिनारायण र डोले– भरियाहरु माताको मूर्तिलाई बोकी अनेकौँ देश प्रदेश, जङ्गल, पहाड हुँदै महिनौ लगाएर कास्कीकोटको फेदमा अवस्थित यस दिव्य मनोहर नगरी पोखराको उत्तरमा रहेको यही विन्दुमा आइपुगेछन् । माताको आज्ञाबमोजिम बाटामा त यिनीहरुले मूर्तिलाई कतै पनि बिसाएका थिएनन् । तर यो बिन्दुमा आइपुग्दा माताको उक्त आज्ञा राजा लगायत सबैलाई विस्मृत हुन गई यसै बिन्दुमा मूर्ति बिसाई रात्रि विश्राम गरेछन् । भोलिपल्द बिहान नित्यकर्म आदिबाट निवृत्त भई डोलीमा सवार गराउनका लागि मूर्तिलाई उठाउन खोज्दा उठाउन त परै जाओस् अलिकति पनि हल्लाउन पनि सकेनछन् । त्यसपछि राजालाई माताले स्वप्नमा भनेको कुरा याद आउन गई माताजीको उक्त मूर्तिलाई विधिवत् यसै बिन्दुमा स्थापना गरी वहाँको यस प्रकार स्तुति गर्न लागे–
यहीं बस्तै बक्स्योस् हिमशिखरमाला वरिपरि ।
म बस्नेछु तिमै चरणजलको सेवन गरी ।।
तिमीलाई हर्दम् शरद ऋतुको मौषम भरी ।
पुजौँला ती पञ्चै बलिपुजन विन्ध्याचल सरी ।।
मूर्ति स्थापना भइसकेपछि जुन विधिअनुसार विन्ध्याचलमा राजोपचार पूजा हुन्थ्यो सोही विधिअनुसार माताको पूजन गर्नका लागि राजाद्वारा पुजारी खटाइएको कुरा उक्त किंबदन्तीबाट स्पष्ट हुुन्छ ।

विन्ध्यवासिनी मन्दिर परिसर भित्र स्थापित देवी तथा देवताका मन्दिरहरुको नामावलि


  • हनुमान मन्दिर
  • गणेश मन्दिर

  • राधाकृष्ण मन्दिर

  • सरस्वती मन्दिर

  • शिव मन्दिर

  • नवग्रह तथा अष्टचिरञ्जीवी मन्दिर

  • सार्वजनिक यज्ञमण्डप


नोट: माता सम्बन्धि किंबदन्ती “श्री विन्ध्यवासिनीको ऐतिहासिक परिचय” पुस्तकबाट साभार गरिएको

विन्ध्यवासिनी माताको मन्त्रः
ॐ ह्रीं श्री विन्ध्यवासिनी मातेश्वरी ॐ नमः ।।

post signature


If you enjoyed this post and wish to be informed whenever a new post is published, then make sure you subscribe to my regular Email Updates. Subscribe Now!


Kindly Bookmark and Share it:

0 comments : Post Yours! Read Comment Policy ▼
PLEASE NOTE:
We have Zero Tolerance to Spam. Chessy Comments and Comments with Links will be deleted immediately upon our review.

 
  • 12 Bhirav Dance

    The 12 Bhairav Dance

    The 12 Bhairav dance is the pride of Pokhareli Newari Community which is perferming in every 6 years.

  • Bindhyabasini Mata

    Bindhyabasini Mata's Temple

    A famous temple of Pokhara valley and prestigious Shaktipith is an important attraction and located in northern side of Pokhara .

  • Old Pokhara

    The Beautiful City 'Pokhara'

    Pokhara is one of the most extra-ordinary and most beautiful places in the world.~Toni Hagen(1961)

  • CyberLink PowerDVD Ultra 13

    CyberLink Ultra 13

    PowerDVD is the world's leading Blu-ray, 3D and HD media player. Experience HD movie files at quality beyond HD and Enjoy striking playback enhancements.

  • How to make Chatamari

    Chatamari(Newari Pizza)

    Once you have the Chatamari (Newari Pizza) then You'll forget the real pizza. You'll want it again and again.

About The Author

Hi! I am Nirazz and live in Pokhara, A beautiful city and situated in the heart of the country, Nepal. I am an addict to Blogger, Computer Enthusiastic, charming, Migger and Teacher.
Follow Him @ Facebook | Twitter | Migme Read More..

Author

My Photo
I am thhe techhno freak, whenever i get time i used to go here and there in net tweek that with my blog. I love what I want to do, and i am happy 4 that too!

© 2017. All Rights Reserved | ApHrOdi$iaC | Template by Blogger Widgets | Powered by Blogger

Home | About | DshBrd | Top ▲ | Leave