Famous Places:Bindhyabasini Mata's Temple,TaalBarahi Temple! | Converter: Unicode and Preeti Font | Newari Food: How to Make Chatamari (Newari Pizza)?


Sunday, November 20, 2011

नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध विगत र वर्तमान

Posted by Nirazo Malla on 10:28 PM

मानिस आज ढुङ्गेयुग देखि लिएर वैज्ञानिक युगसम्म आइपुग्दा विभिन्न उपलब्धिहरु हासिल गरेको छ । मानिसले यस्तो किसिमको बिकास गरेता पनि उसले आफू एक सामाजिक प्राणी हुँ भन्ने भावलाई नकार्न सक्दैन । त्यसैले चाहे घर छिमेकमा होस् वा एक अर्को देशसँग होस् उसले घनिष्ट सम्बन्ध राख्नुपर्ने हुन्छ । प्रकृतिका काखमा लुकामारी खेलेका ७ महाद्वीपहरुमध्ये एसिया महाद्वीपमा रहेको छ हाम्रो देश नेपाल । हिमालको सेतो फेटा, पहाडको हरियो भोटो र तराईको पहेँलो कछाड फेरेर बसेको हाम्रो देश साँच्चै नै स्वर्गबाट टपक्क टिपेर त्याएको एउटा अंश र ईश्वरको वरदान स्वरुप छ । पूर्वमा मेची देखि पश्चिममा महाकाली र हिमाल, पहाड, तराई गरि तीन भागमा विभाजित भएको यस देशा १,४७,१८१ वर्ग कि.मि.मा करिब ३ करोड मानिसहरु बसोबास गर्छन् । इतिहासका पानामा समेत गौरवमय स्थान ओगट्न सफल भएको नेपालको गौरवगाथा अत्यन्त ठूलो ।

ऐतिहासिक काल देखि नै वीर गोर्खालीको देश तथा गौरवमय संस्कृति, सर्वोच्च शिखर भएको देश नेपालले हरेक राष्ट्रहरुसँग मित्रतापूर्ण भावना राखेको पाइन्छ । पूर्व,पश्चिम, दक्षिणतिर भारतले घेरिएको र उत्तरमा चीन रहेको हुनाले यो दुई ढुङ्गा बीचको तरुलको रुपमा रहेको छ । नेपालले मैत्रीपूर्ण सम्बन्ध राखेको देशहरुमध्ये चीन पनि एक हो । नेपालको उत्तरतिर पर्ने चीन विश्वको एक विकसित देशहरुमध्ये हो । पूर्वमा जापान र कोरिया, पश्चिममा काजाकिस्तान, किर्गिस्तान, ताजाकिस्तान र भारतको कश्मिर रहेको छ भने उत्तरमा मंगोलिया र रुस अनि दक्षिणमा नेपालर लाओस्, भुटान र भियतनामले चीन घेरिएको छ । विश्वकै सर्वाधिक जनसङ्ख्या रहेको यस देश ९६००००० वर्ग कि.मि. मा फैलिएको छ । नेपाल भन्दा ७८ गुणा ठूलो र धेरै विकसित भएता पनि चीनले नेपाललाई सधै सौहार्दपूर्ण व्यवहार गरेको छ । यी दुई बीच दाजुभाइ बीच हुने माया, आमाको जस्तो स्नेह, बुबाको जस्तो त्याग र दिदीबहिनीहरुको जस्तो निःस्वार्थ भावना रहेको छ ।

इतिहासका पानामा नेपाल र चीन बीचको सम्बन्ध स्पष्ट रुपमा प्रस्तुत गरिएको छ । परापूर्वकालमा चीनबाट मञ्जुश्री काठमाण्डौ आएर त्यहाँ रहेको पानी झिकी उपत्यकामा बदलेर बस्नहुने ठाउँ बनाए । त्यसैगरी चीनका हुयान साङ नेपाल आएर यहाँको परिवेश बारे आफ्नो पुस्तकमा लेखेका थिए र उनले लुम्बिनी पनि भ्रमण गरेका थिए । त्यस्तै लिच्छवी कालमा अंशुवर्माले आफ्नी छोरी भृकुटीलाई चीनका राजा स्रङ्चङ गम्पोसँग विवाह गरिदिएका थिए । यसबाट समेत दुई देशहरुबीच रहेको सम्बन्ध अझ बढ्न पुग्यो । त्यसैगरी सन् १२४घ मा राजा अभय मल्ल, कलाकार अरनिको र अरु ८० जना चित्रकारका साथ चीन पुगेर विभिन्न भवनहरु निर्माण गरे । यिनको यो कार्यलाई सबैले प्रशंसा गरे र मिङ्गहोइ ( कलाका खानी ) भन्ने उपनाम र अरनिको भन्ने नामले चिनिन पुगे । यस्तो किसिमको सम्मान पाउनु हाम्रा लागि गर्वको कुरा रहेको छ । अंशुवर्माकी छोरी भृकुटी समेत हरित तारा भनेर चिनिन पुगिन र शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि नेपाललाई विश्वमा चीनाउन सफल भइन् । त्यसैगरी प्रताप मल्लको पालामा नेपाल चीन र भारतको व्यापारिक केन्द्र बन्दै आएको थियो । यसबाट के स्पष्ट हुन्छ भने नेपाल र चीन परापूर्व काल देखि नै एक घनिष्ट मित्रका रुपमा रहेका छन् ।

नेपाल एक विकासोन्मूख राष्ट्र हो भने चीन विकसित राष्ट्र हो । त्यसैले चीनले नेपालालाई अहिले सम्म विभिन्न सहयोगहरु गर्दै आएको छ । चीनले नेपाललाई यातायातको क्षेत्रमा त्रिपुरेश्वर–भक्तपुर ट्रली बस सेवा, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, गोरखा–नारायणगढ सडक, नारायणगढ मुग्लिङ्ग सडक, काठमाण्डौको चक्रपथ, पोखरा–बाग्लुङ्ग राजमार्ग र पोखरामा सेती नदीको पूल आदि जस्ता ठाउँहरुमा सहयोग गरेको छ । त्यस्तै भक्तपुर इट्टा कारखाना, हरिसिद्धि इट्टा तथा टायल कारखाना, बालाजु छाला तथा जुत्ता उद्योग, लुम्बिनी चिनी कारखाना आदि जस्ता उद्योग कलकारखानाहरु चीनकै सहयोगमा सञ्चालन भएका हुन् । त्यस्तै गरी सुनकोसी विद्युत् परियोजना, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, राष्ट्रिय खाद्यान्न गोदाम, खेलकुद भवन र अन्य थुप्रै भवनहरु चीनकै सहयोगले सञ्चालन भइरहेको छन् । चीनले नेपालीहरुलाई आफ्नै दाजुभाइ सरह व्यवहार गर्दछ । हाम्रो देश नेपालमा चाँदीझै टल्कने अटल हिमालहरुले आफ्नो शिर उठाएका हुनाले चीनसँग आर्थिक व्यापार गर्न निकै कठिनाइ पर्छ । यसका वावजुत “खाने मुखलाई जुँगाले छेक्दैन” भनेझै यी दुई देशहरुबीच आयात र निर्यात भइरहन्छ । चीनले नुन, पस्मिना, भेडाको ऊन, सुन आदि जस्ता वस्तु नेपालमा निर्यात गर्छ भने विभिन्न जडिबुटी, कस्तकलाका समान, चित्रकलाका सामग्रीहरु नेपालबाट आयात गर्छ । यसकिसिमको कार्यले दुवै देशहरुबीचको आर्थिक कारोबार बढ्न पुग्छ ।

अनेकता भित्र एकतामा बाधिएको हाम्रो देश नेपाल चार वर्ण र छत्तीस जातको साझा फूलबारी हो । तराइको समथर फाँट, पहाडको हरियो जङ्गल र हिमालको हिउँमा अनेक संस्कृतिहरु पाइन्छन् । त्यस्तै हिमाली भेग नजिक भित्र राष्ट्र चीन भएकोले त्यहाँको संस्कृति र हाम्रो देशको संस्कृति मिल्दाजुल्दा छन् । प्यागोडा आधारमा मन्दिर बनाउने तरिका होस् वा बख्खु, ढाँचा जस्ता कपडा निर्माण प्रविधि हुन् यी देशहरुमा समानता पाइन्छ । संस्कृतिको धनी नेपालबाट प्रभावित भएर चिनियाँहरु प्नि आफ्नो संस्कृतिलाई सम्मान गरेर तिनको संवर्धनमा लागेको पाइन्छ । समय–समयमा एक अर्को देश बीच भाइचाराको सम्बन्ध स्थापना गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक, धार्मिक एवम् परम्परागत कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ ।

चीन नेपालको लागि एक मित्र मात्र नभई एक धारो पँधेरोको साथी पनि बन्न पुगेको छ । संसारका आफ्नै विविधता बोकेको थुपै्र देशहरुमध्ये प्रकृतिको खानी नेपाल एक हो । चाँदीझै टल्किने हिमालले नौरङ्गी डाँफेको साथ मुसुक्क मुस्काइदिँदा, सुगारङ्गी पहाडले मसक्क कम्मर मर्काइदिँदा र तन्नाझै बीच्छ्याइएको तराईले घुँघुरा बजाइदिदा आनन्दित नहुने पर्यटक सायद छैनन् होला । त्यसैले चीनले पनि नेपाललाई आफ्नो एक पर्यटकीय स्थलको रुपमा लिँदै आएको छ । अझ नेपाल सरकारले चिनियाँलाई भिसा निःशुल्क गरिदिएको र चिचियाँ रुपैया सजिलै साट्न सकिने भएकाले चिनियाँहरु नेपालप्रति आकर्षित भएका हुन् । यसले गर्दा नेपालको पर्यटकीय स्थलका बारेमा समेत चीनले जान्ने मौका प्राप्त गर्छ । नेपालमा पर्यटनको राम्रो व्यापार भएको हुनाले चीनले यहाँ होटल, रेष्टुरेण्ट, विद्युत आयोजना, नर्सिङ्ग होम र उद्योग कलकारखानामा समेत लगानी गर्दै आएको छ । यसबाट के कुरा प्रस्ट हुन्छ भने चीनले नेपाललाई एक ठाउँबाट मात्र सहयोग गर्दैन हरेक क्षेत्रमा यसका सुनौला हातहरु बढायरहेको हुन्छ ।

नेपाल एक विकासोन्मुख राष्ट्र भएकोले यहाँ शिक्षा दीक्षाको राम्रो व्यवस्था छैन । यसका निम्ति पनि चीन सरकारले हरेक वर्ष १०० जना नेपाली विद्यार्थीलाई चीनमा छात्रवृत्ति प्रदान गर्छ । यसले नेपालको दिगो विकासका निम्ति दक्ष जनशक्ति उत्पादन गर्नका लागि समेत महत्वपूर्ण योगदान दिएको छ । त्यसैगरी नेपालका केही विद्यालयमा चिनियाँ भाषा सिकाउने र केही विद्यार्थीहरुलाई इन्जिनियरिङ्ग बारे ट्रेनिङ्ग दिने गरिन्छ । शिक्षामा राम्रो विकास गर्नका निम्ति यसले समय समयमा विविध कार्यक्रमहरु आयोजना गर्छ । यसबाट नोपलमा विकास गरी हरेक व्यक्तिले विकासको फल प्राप्त गर्न सक्दछन् । चीनले नेपालको लागि स्वास्थ्यको क्षेत्रमा वि.पी.कोइराला मेमोरियल अस्पताल र अन्य भवनहरु निर्माण गरेको छ । जसले नेपाली जनतालाई स्वास्थ्य उपचार प्रदान गर्दै आइरहेका छन् ।

चीन विकसित राष्ट्र हो तर त्यसले विश्वकै धेरै जनसंख्यालाई आफ्नो काँधमा धान्नु परेतापनि नेपालमा बढाएको सुनौला रोकिएका छैनन् । समय समयमा दुई देशका नेताहरुबीच भेटवार्ता हुने गर्दछ जसले गर्दा नेपालका नेताहरुले त्यहाँ राजनैतिक वातावरण बारे जानकारी हासिल गर्न सक्छन् । जनक्रान्तिबाट चीन गणतान्त्रिक राष्ट्र भएको जस्तै नेपालमा पनि गणतन्त्रको लागि क्रान्ति भएर आखिर सफल भएरै छोड्यो र वि.सं. २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा भयो । एक अर्को देशबीच रहेको राजनैतिक सम्बन्धका कारणले पनि नेपालमा परिवर्तन आउन सकेको छ ।

मानिसको विचार बदलिंदो हुन्छ । त्यसैगरी संसारका कैयौ देशहरुमा विगतमा राम्रो भएता पनि वर्तमानमा चिसोपना आएको हुन्छ भने कोही देशमा विगतमा नराम्रो भएता पनि वर्तमानमा राम्रो हुन्छ तर नेपाल र चीनबीच विगत र वर्तमान दुवै राम्रो छ । त्यस समयमा चीनले नेपाललाई १४ लाख रुपैयाको औषधी र अस्पतामा चाहिने सामाग्री वी.पी.कोइराला क्यान्सर अस्पताललाई प्रदान ग¥यो । त्यसैगरी नेपाल र चीनबीचको आर्थिक कारोबार र सम्बन्ध बढाउन आउँदो जुलाई २ मा चीनको राजधानी बेइजिङ्गमा कार्यक्रम गरिने योजना छ । त्यस्तै गत वर्ष चीनले नेपाललाई स्याप्रुवेशी देखि रसुवागढी सम्म बाटो निर्माण गर्न र संविधान सभाको चुनाव सफल पार्नको लागि १ करोड ३० लाख रुपैया प्रदान गरेको थियो । अरु थप योजनाहरु सञ्चालन गर्नका निम्ति चीनले थुप्रै सहयोग गरेको छ । वि.सं. २०६० वैशाखको एक तथ्याङ्क अनुसार चीनले नेपालमा ५० वर्ष यता ३० वटा परियोजनाहरु पूरा गरेको छ र अन्य योजनाहरु सञ्चालन भइरहेका छन् । चीन र नेपालको सन् १९५६ मा आर्थिक कारोबारबारे सन्धि पनि स्थापना भएको थियो । यी दुई देशहरुबीचको सम्बन्ध अझ “सुनमा सुगन्ध थपिएजस्तै” भयो जब २०१२ साल (अगस्ट, १९५५) मा नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भयो । त्यसैले त्यस बेलादेखि आज सम्म चीनले नेपाललाई दाताको रुपमा काम गरेको छ । शान्तिका अग्रदुत गौतमबुद्धको जन्म भूमि नेपालमा लामोसमय सम्म द्वन्द चर्किरहेको थियो । जनआन्दोलन र पछि संविधान सभाको चुनावद्वारा माओवादी विजयी भएर सरकारमा पुगेपछि पनि चीनले स्वीकार ग¥यो । त्यतिमात्रै नभएर सम्बन्ध स्थापना भएको ५० औँ वर्षको उपलक्ष्यमा काठमाण्डौमा नेपाल र चीन बारेमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो र चीनले पनि जुलाई १ गते देखि ७ सम्म चीन पर्व सञ्चालन गरेको थियो । त्यस्तै आर्थिक कारोबार बढाउन र सम्बन्ध सुदृढ बनाउन १७ औं पटक आयोजना गरिएको कार्यक्रममा चीनका मन्त्री आउनुभएको थियो । नेपालले पञ्चशील नीति अवलम्बन गरेर चीन प्रति सधै सद्भावपूर्ण व्यवहार गर्छ । हाम्रो देश नेपाल राजनीतिको क्षेत्रमा त्यति सफल हुन सकेको छैन । त्यसैले बेला बेलामा सरकार परिवर्तन भई रहन्छ । यसै क्रममा माओवादी पार्टीको सरकार लामो समयसम्म टिक्न नसकेकोले नयाँ प्रधानमन्त्री माधव कुमार नेपाललाई बधाई ज्ञापन गर्न नेपालका लागि चिनियाँ राजदूत क्यू गोहाङ नेपाल आउनुभयो र मे २६, २००९ मा राष्ट्रपति हु जिन्ताओले पठाउनु भएको सन्देश हस्तान्तरण गर्नुभयो । यस बखतमा नेपालका प्रधानमन्त्रीले एक चीनको नीति कहिल्यै पनि परिवर्तन नहुने कुरा जानकारी गराउनु भएको थियो । त्यसैगरी नेपाल र चीनबीचको नङ्ग र मासु, पानी र माछाजस्तै सम्बन्धलाई विगार्न चीन विरोधी कार्यक्रमहरु नेपालमा भएता पनि नेपालले यसलाई सदन बाटै बहिस्कार गरिदियो । यसबाट के स्पष्ट हुन्छ भने नेपालको मन, मुटुमा नै चीनको आकृति सजिएको छ । यसरी बेला बखतमा विभिन्न देशका नेताहरु भेट गर्नाले हाम्रो देशको राजनीतिमा सुधार आउने आशा छ । ल्हासा नेपाल र चीनका जनतालाई एक अर्कोको देशमा जन सजिलो होस् भनेर चीनले सन् २००५ मे १ देखि काठमाण्डौ ल्हासा बसको व्यवस्था गरेको छ । त्यस्तै आउने दिनमा रेलयात्रा र अरु क्षेत्रमा वाय उडान समेत गर्ने योजना बनाएको छ । यस्तो किसिमको योजनाले यी दुई देश बीचमा माधुर्यता बढेको छ ।
यसरी एसियाका दीप, शान्तिका अग्रदूत गौतमबुद्धको देश र महान् विचारक कन्फ्युसियसको देशमा रहेका धार्मिक, सांस्कृतिक, आर्थिक आदि विकासलाई अवलम्बन गरेर एक अर्कोको देशमा लागू गर्नुपर्ने हुन्छ । त्यसैले नेपालसँग चीनको सम्बन्ध विगतमा राम्रो थियो, वर्तमानमा राम्रो छ र भविष्यमा समेत राम्रो हुनेछ । नेपालले चीनलाई एउटा छिमेकी मात्र नभइ मर्दापर्दाको साथीको रुपमा लिएर “वशु दैव कुटुम्बकम्” भन्ने भावलाई स्वीकार गरी स्नेहपूर्ण व्यवहार गर्नेछ र चीनले पनि आफ्नै घरको परिवार सरह नेपाललाई लिएर आर्थिक, राजनैतिक क्षेत्रमा सहयोग गर्नेछ र विश्वमा यी दुई देश मित्रताको ज्वलन्त उदाहरणका रुपमा चिनिनका निम्ति आफ्नो व्यवहारलाई दुवै देशले परिवर्तन गर्नुहँदैन । यसका लागि हरेक क्षेत्रबाट कम्मर कसेर लाग्नु वर्तमान समयको माग हो ।

post signature

Print Page


If you enjoyed this post and wish to be informed whenever a new post is published, then make sure you subscribe to my regular Email Updates. Subscribe Now!


Kindly Bookmark and Share it:

0 comments : Post Yours! Read Comment Policy ▼
PLEASE NOTE:
We have Zero Tolerance to Spam. Chessy Comments and Comments with Links will be deleted immediately upon our review.

 
  • 12 Bhirav Dance

    The 12 Bhairav Dance

    The 12 Bhairav dance is the pride of Pokhareli Newari Community which is perferming in every 6 years.

  • Bindhyabasini Mata

    Bindhyabasini Mata's Temple

    A famous temple of Pokhara valley and prestigious Shaktipith is an important attraction and located in northern side of Pokhara .

  • Old Pokhara

    The Beautiful City 'Pokhara'

    Pokhara is one of the most extra-ordinary and most beautiful places in the world.~Toni Hagen(1961)

  • CyberLink PowerDVD Ultra 13

    CyberLink Ultra 13

    PowerDVD is the world's leading Blu-ray, 3D and HD media player. Experience HD movie files at quality beyond HD and Enjoy striking playback enhancements.

  • How to make Chatamari

    Chatamari(Newari Pizza)

    Once you have the Chatamari (Newari Pizza) then You'll forget the real pizza. You'll want it again and again.

About The Author

Hi! I am Nirazz and live in Pokhara, A beautiful city and situated in the heart of the country, Nepal. I am an addict to Blogger, Computer Enthusiastic, charming, Migger and Teacher.
Follow Him @ Facebook | Twitter | Migme Read More..

Author

My Photo
I am thhe techhno freak, whenever i get time i used to go here and there in net tweek that with my blog. I love what I want to do, and i am happy 4 that too!

© 2017. All Rights Reserved | ApHrOdi$iaC | Template by Blogger Widgets | Powered by Blogger

Home | About | DshBrd | Top ▲ | Leave