सायद माया गर्ने मान्छे
सामु नभए पनि हुन्छ होला
तर मेरो लागि तः
माया गर्ने मान्छे
मेरै सामुन्ने नै हुनुपर्छ
प्रेमको भाषा
नबोले पनि हुन्छ होला सायद
तर मेरो लागि
मुखले नै व्यक्त गर्नुपर्छ
टाढा रहेर टड्पिरहनु भन्दा
पापी यो प्रेमको नगिच रहेर
हरपलको याद समेट्नु
जीवन्त रोमान्चित होला
प्रेममा बोल्न एकदम
सजिलो हँुदो रहेछ तर
पूरा गर्नलाई हुँदो रहेछ
कष्टकर एवं गाह्रो
नजानी नबुझि
यसमा पाइला नराख्नुहोला
नलिनु अनि नदिनु ति
झुठा कसम अनि वाचा
जो पूरा हुन सक्दैन भने
पश्चतापको खाडलमा
धकेल्नुनै छ भने
झुठा आश्वासन पनि नदिनुहोला
प्रेम त हो दुई आत्माको मिलन
नसम्झ यसलाई खेलौनाको खेल
साहस छ भने
लगाउ असल प्रेम
तर नबनाउ तिरस्कार
अनि अभिशापको मेल
प्रेममा विश्वास
गर या नगर तर
माया गाढा हुँदो रहेछ
जसले मानुष लाई
पागल सरी बनाइदिँदो रहेछ
प्रेममा पाउनु मात्र
ठूलो कुरा नरहेछ
त्याग गर्नु पनि एक
असल प्रेम रहेछ
त्यसैले कुँदेको छु तिमै नाम
मेरो यो छाती भरि
तिमी मेरो होउ या नहोउ
तिमी नै हुनेछौ सँधै भरि
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEilzHiXw2DI-x2o5pwBkHHBczLB_lYtHWF5KLaJlk7AgDeHXKqBT035xqnSZD-Bofm16492mRIUJerIkw8NHfQqUnog75nsYJ6f3AJAYaxxQjIP1xWPrGztIAxyuaKHVYFsXCME/s1600/printer_icon.jpg)
![](http://3.bp.blogspot.com/_7wsQzULWIwo/Smop70Xvu4I/AAAAAAAABk4/ZjMTntAENuU/s400/blog-48.png)
0 comments : Post Yours! Read Comment Policy ▼
PLEASE NOTE:
We have Zero Tolerance to Spam. Chessy Comments and Comments with Links will be deleted immediately upon our review.