फेसबुकको सर्च इतिहाँसलाई हटाउने तरिकाः
फेसबुको सर्च इतिहासलाई हटाउनको लागि निम्न तरिकाहरु प्रयोग गर्न आवश्यक छ ।
- आफ्नो Activity Log खोल्नुहोस् । यो हामीले आफ्नो फेसबुको प्रोफाईलमा पाउन सक्छौँ । त्यो Activity Log बटनमा थिचौँ जुन कभरफोटोको मुनि हुन्छ ।
- Activity Log भनेको नै हामीले फेसबुकमा गर्ने हरेक कार्यको इतिहास हो जसमा हरेक फरक फरक कार्यको छुट्टा छुट्टै अभिलेख हुन्छ । हाम्रो पोस्ट देखि लिएर लाइक्स र कमेन्ट जुन हामीले गर्छौँ हरेक कार्यको लेखाजोखा हुन्छ । यो Activity Log ले सर्च इतिहास पनि अभिलेख गरेर राखेको हुन्छ ।Activity Log थिची सकेपछि बायाँ तर्फ हेर्रौँ साथै फोटोहरु, लाईक्स र कमेन्टस मुनि पट्टि, त्यहाँ हामीले मोर भन्ने बटन भेट्ने छौँ । मोर अप्सनमा जानको लागि त्यसमा थिचौँ ।
- त्यसपछि आउने सुचीबाट सर्च अप्सन खोजौँ । जुन सबैभन्दा तलपट्टि हुन्छ । त्यसमा थिच्दा हामीले सर्च गरेका हरेक कार्यलाई मिति अनुसार अर्थात कुन मिति र समयमा के के कुरा खोजिएको थियो वा कुन कुन कार्य गरिएको थियो सबै देखाइदिन्छ । साथै दायाँ तर्फ हामीले सर्चहरुलाई क्लिएर गर्ने अप्सन पनि देख्ने छौँ ।
- अब यदि हामीले त्यो क्लिएर सर्च अप्सनलाई थिच्यौँ भने, हाम्रा सबै सर्च हिस्टोरी कुनै धर्को पनि बाँकी नरहने गरी सधैँको लागि हटेर जानेछ ।
यदि तपाईहरुलाई यो पोष्ट उपयोगी लागेमा आफ्ना साथी भाइमा सक्दो सेयर गरौँ र उनीहरुलाई पनि कुनै आपत्तिजनक सर्चलाई लाई हटाउनमा सहयोग गरौँ ।
If you enjoyed this post and wish to be informed whenever a new post is published, then make sure you subscribe to my regular Email Updates. Subscribe Now!
0 comments : Post Yours! Read Comment Policy ▼
PLEASE NOTE:
We have Zero Tolerance to Spam. Chessy Comments and Comments with Links will be deleted immediately upon our review.