नोटप्याडलाई आफ्नो पर्सनल डायरीमा परिवर्तन गरौँ अनि आनन्दमा रमाउनुस् । भएन त फाइदै फाइदा !
हामीहरु प्राय आफ्ना मनका भावनाहरु आफ्नो एक व्यक्तिगत डायरीमा समेट्ने गर्दछाँै । जो कागजले बनेको हुन्छ । आजको यस २१ आँै शताब्दीमा हामी कम्प्युटरको प्रयोग गर्दछाँै तर हामी मध्ये धेरै लाई यस कुराको ज्ञात छैन कि कम्प्युटरमा हुने नोटप्याडमा एउटा सुन्दर कार्य दक्षता छ जसलाई प्रयोग गरेर हामी यसलाई आफ्नो पर्सनल डायरीमा परिवर्तन गर्न समर्थ हुन्छौँ । त्यस बाहेक पनि नोटप्याडका विभिन्न प्रयोजनहरु छन् ।
यहाँ म हजुरहरुलाई के बताउन जाँदै छु भने यो नोटप्याडलाई कसरी डायरी झै प्रयोगमा ल्याउन सकिन्छ त । त्यसका लागि हामीले निम्न कार्यहरु गनु पर्ने हुन्छ ।
- सर्वप्रथम नयाँ नोटप्याड खोलौँ ।
- अव त्यसमा पहिलो पंक्तिको रुपमा .LOG लेखि इन्टर बटन प्रेस गरौँ । त्यस पछि उक्त फाइललाई सेभ गरेर बन्द गरौँ ।
- पुनः उक्त सेभ गरिएको नोटप्याडको फाइललाई खोलौँ र हामीले के पाउने छौँ त भन्दा चलिरहेको समय र गते त्यहाँ लागु भएको र
कर्सर उक्त समय र गतेको तल भएको देख्नेछाँै । - अब आफुलाई लागेका कुराहरु स्वतन्त्र भएर लेख्न सक्छौँ र अन्त्यमा त्यसलाई फेरी सेभ गरौँ अनि बन्द गरौँ ।
- जब जब हामी त्यो फाइल खोल्दछौँ त्यसले पुनः समय र गते राख्ने प्रकृया दो¥याउँदछ जसले गर्दा हामीले लेखेका लेखको अन्त्यमा नयाँ समय र गते प्रयोगमा आउँदछ । त्यस पश्चात हामीले कर्सर लाई उक्त समयको तल पारेर पुनः आफ्नो कार्यलाई निरन्तरता दिन सक्छौँ ।
If you enjoyed this post and wish to be informed whenever a new post is published, then make sure you subscribe to my regular Email Updates. Subscribe Now!
Thanks for sharing this one.....
ReplyDelete