भिडियो कलिङ्ग कसरी मिलाउने?
साथीसँग भिडियो कल गरी कुरा गर्नको निम्ति पहिला छोटो सेट अप गर्नुपर्दछ ।
- साथीलाई कल गर्न च्याट विन्डोको भिडियो आइकनमा क्लिक गर्नुहोस् ।
- त्यस पछि “सेट अप’’ बटनमा क्लिक गरि प्राप्त हुने निर्देशनहरु आफ्नो ब्रोजरमा प्रयोग गर्दे जानुहोस् ।
- एकपटक त्यो सफ्टवयर इन्स्टल भएपछि भिडियो कल गर्नको लागि बाटो खुला हुन्छ । आफुलाई भिडियो कलगर्न आवश्यक साथीको प्रोफाइलमा जाने र माथिल्लो दाहिने कुनामा रहेको भिडियो कल बटनलाई क्लिक गर्ने वा च्याट विन्डोमा भएको भिडियो बटनमा क्लिक गर्ने ।
साथीसँग भिडियो कल कसरी गर्ने?
एक–पटकको सेट अप पछि साथीसँग भिडियो कल गर्नको निम्ति हामी तयार हुन्छौँ ।
- आफ्नो साथी वा प्रियजनको प्रोफाइलमा जानुहोस् र “कल” बटन जुन टप राइट कुना हुन्छलाई क्लिक गर्नुहोस् । अथवा च्याट विन्डोको टपमा भएको भिडियो बटनमा क्लिक गर्दा पनि हुन्छ ।
- साथीको रिप्लाईको धर्यताको साथ प्रतीक्षा गर्नुहोस् साथै दुवैतर्फको वेभ क्याम एक आपसमा कनेक्टेड भइन्जेलको समयसम्म प्रतीक्षा गर्नुहोस् ।
- यदि तपाईको साथी वा प्रियजन अफलाई हुनुहुन्छ भने भिडियो मेसेज पनि छोड्न सक्नुहुन्छ । साँच्चैनै यो फेसबुकको नौलो आयाम हो ।
यी सबै कार्यहरु सजिलैसँग हुनको लागि के कुराको ख्याल राख्नुपर्छ भन्दा हेर्नको निम्ति वेभ क्याम र कुरा गर्नको निम्ति माइक्रोफोन राम्रोसँग कम्प्युटर वा ल्यापटपमा कनेक्टेड भएको हुनुपर्दछ साथै राम्रो कन्डिसनमा रहेको हुनुपर्दछ । यदि तपाई सँग वेभ क्याम छैन भने पनि साथीसँग भिडियो कल गर्न सक्नु हुन्छ । तपाईले साथीसँग भिडियो कल गनुसक्नु हुन्छ तर तपाईको साथीले तपाईको आवाज मात्र सुन्नुहनेछ ।
If you enjoyed this post and wish to be informed whenever a new post is published, then make sure you subscribe to my regular Email Updates. Subscribe Now!
really nice thanks for this post :a :n
ReplyDelete