हात हल्लाइ रह्यौ धुम्तीमा
टोलाउँदै भय पनि
फर्की फर्की पाइलाहरु चालेँ
मनमा अनगिन्ती कुराहरु
खेलाउँदै भए पनि
पाइला यी मेरा अगाडि बढाउँदै छु
पर्नु पीर मनमा परे पनि
मन भरि आँधी चलेकै छन्
हाँस्ने प्रयास जति गरे पनि
धैर्य गर मेरी प्रियसी
पत्र कोरी पठाउने छु
तिम्रो चित्त बुझाउनलाई भएपनि
सपनीमा पनि आउने छु
तिमीलाई सान्त्वना दिनलाई भएपनि
बाँचे भने फेरी
अर्को पाला अवश्य आउँला
सुःख दुःखका सारा बेली बिस्तार
सँगै बसेर गरौँला
सुःख दुःखका साथ दिन बिताउँला
मीठो मसिनो खाएर भएपनि

0 comments : Post Yours! Read Comment Policy ▼
PLEASE NOTE:
We have Zero Tolerance to Spam. Chessy Comments and Comments with Links will be deleted immediately upon our review.