Famous Places:Bindhyabasini Mata's Temple,TaalBarahi Temple! | Converter: Unicode and Preeti Font | Newari Food: How to Make Chatamari (Newari Pizza)?


Showing posts with label Nepali. Show all posts
Showing posts with label Nepali. Show all posts

Sunday, January 25, 2015

Gajal: A brief introduction and examples

Be the first to comment! Posted by Nirazo Malla on 11:03 AM
गजलका जानकारीहरू तथा केही उदाहरणहरूः
Gajal Intro and example १)
अगुवाले बाटो छेकी छल्छ भने छेल्न देऊ
बाटो छेक्ने गजुरयो ढल्छ भने ढल्न देऊ ।।
बाल्नेहरु दियो बाल्न छोड्छन् कहाँ अझै पनि
अन्यायको हावाहुरी चल्छ भने चल्न देऊ ।।
खाली खुट्टा हिँड्ने मनु आज पनि हिँडेकै छ
चौबाटोमा रातो बत्ती बल्छ भने बल्न देऊ ।।

माथिका पङ्क्तिहरुमा अन्डरलाइन गरिएका शब्दहरुमा अन्तयानुप्रास मिलेको छ र अन्तिम शब्द एकै छ ।
  • गजलको कुनै पनि सेरको पहिलो पङ्क्तिलाई मिसरा–ए–उला र दोस्रोलाई मिसरा–ए–सानी भनिन्छ ।
  • मतला अर्थात पहिलो सेर (अनुच्छेद) दुवै पङ्क्तिमा रदिफ मिलेको हुनुपर्दछ । रदिफ माने अन्त्यानुप्रास हो ।
  • रदिफ जो काफियाको पछिपछि आउने शब्द वा शब्दहरु दोहोरिने समूह हो । रदिफ अन्त्यको शब्दहरु एउटै हुनु हो ।
  • रदिफको अघिका शब्दहरुमा अनुप्रास मिलेको हुन्छ र त्यसता शब्दलाई काफिया भनिन्छ जसलाई नेपालीमा पूर्वान्त्यानुुप्रास भन्न सकिन्छ ।
  • रदिफ दोहोरिने शब्द हो र काफिया चैँ अघिल्लोको अन्न्यानुप्राससँग मिल्ने अर्को शब्द हुनु हो ।

२) रिट्ठेदाइ र कुम्ले बाको भोट बिर्सियौ कि
माटो छोई गरेको अठोट बिर्सियौ कि
सूर्य छुने आदर्शमा कुरा कता पुगे?
आदर्शको न्यानो कोट बिर्सियौ कि

रदिफ — बिर्सियौ कि, काफिया — भोट, अठोठ, कोटमा (ओट) अन्त्यानुप्रास मिलेको छ ।
  • मकता अन्तिम सेर र त्यसमा गजलकार कै नाम वा उपनाम राख्नुलाई तखल्लुस भनिन्छ ।
  • काफियामा एउटै शब्द दोहोरिनु गजलमा राम्रो मानिदैन ।

३)
मुटु छुने स्वरहरु सुन्छु कहिलेकाँही
त्यसैबेला एककासी म रुन्छु कहिलेकाँही
जमाएर पीडाहरु कति राख्नु भनी
आँसुसँग पीडाहरु छुन्छु कहिलेकाँही
४)
रोऊँ भने कति रोऊँ आसुँ पुछ्ने को छ मेरो?
जाऊँ भने रिसाएर बाटो छेक्ने को छ र मेरो?
सहरबाट धेरै टाढा आफैँबाट पनि टाढा
विरानोमा रुँदै छु म रोदन देख्ने को छ र मेरो?

  • मतलाको अर्थ उदय हुनु वा सुरुवात हुनु हो । गजलको सुरुको सेरलाई मतला भनिन्छ । यदि गजलमा दुईवटा मतला भए पहिलो मतला–ए–उला र दोस्रो मतला–ए–सानी भनिन्छ ।
  • मकता गजलको अन्तिम सेर हो । जसको अर्थ काटिएको वा समाप्ती हुन्छ । हिन्दीमा यसलाई अन्तिका पनि भनिन्छ । मकता गजलकारको नाम वा उपनाम जोडेपनि हुन्छ वा नजोडेपनि हुन्छ ।
  • काफियाको अर्थ अनुप्रासयुक्त रदिफ भन्दा अघि आउने शब्द हो । यदि रदिफ छैन भने मतलाको दुवै पङ्क्तिको अन्तिममा आउने र गजलको चौथो, छैटो र आठौँ आदि जोरमा पर्ने पङ्क्तिको अन्त्यमा आउने शब्द हो ।
  • रदिफ ः यो शब्दको अर्थ हो पछिपछि आउने हो । गजलमा रदिफ भन्नाले काफियाको पछिपछि आउने शब्द वा शब्दहरुको समूह भन्ने बुझिन्छ ।

जस्तैः
५)
नबजाऊ ताली यहाँ अध्याँरो छ
आऊ चिराग बाली यहाँ अध्याँरो छ
किन मान्छे गाउँबाट सहरतिर सरेको छ

  • तखल्लुसः यो गजलमा अनिवार्य नभएपछि प्रचलनमा रहेको पाइन्छ । विशेषगरी गजलको अन्तिम सेर (मकतामा) प्रयोग गरिने तखल्लुसले गजल कस्को हो भन्ने कुराको बोध गराउँदछ । तखल्लुस भन्नाले मकतामा गजलकारको नाम वा उपनामपनि जोडेर लेख्नुहो ।
  • सेरः गजलमा रहेका दुई पङ्क्ति हुन्छ जसलाई सेर भनिन्छ । अरबी भाषामा यसको शाब्दिक अर्थ यौटा कपाल र अर्को स्त्रीपनि हुन्छ । गजलमा प्रत्येक सेर स्वतन्त्र सहन पाउँदछ । त्यसैले गजलको शीर्षक राख्ने गरिदैन तर खोज्न सजिलोको लागि शीर्षक राख्ने चलन बढेको छ ।
  • लय विधानः मात्रा (अक्षर) विधान मिलाएर लेख्छ । छन्दोवद्ध हुन्छ र सुन्दर पनि हुन्छ । त्यसकारण विभिन्न ताल गन्तीमा (छन्दहरुमा) लेख्दा यति र गतिलाई पनि ध्यान दिएर शब्दहरुको संयोजन गर्ने हो भने अझै राम्रो हुन्छ । गजलमा मुख्य पं्राण भनेको गेयता/लयात्मकता भएन भने गजलको पूर्णता प्राप्त हुँदैन ।

गजलका केही नमुनाहरूः
प्रसिद्ध हिन्दी गजलकार माधव मधुकरः
गजल मैं लिखता नही हुँ सिर्फ गाने के लिए
मैं लिखा करता हुँ लोगो को जगाने के लिए
६)
मन परेकै मान्छेसित हार्दा पनि मजा लाग्ने
उनकै काखमा हर्ष–आँसु झार्दा पनि मजा लाग्ने ।१।
प्राप्ति दौड घातक हुन्छ आनन्द छ धीरतामा
आस्ते आस्ते प्रीतको जँघार तार्दा पनि मजा लाग्ने ।२।
सिउँदोमै फुल्नुपर्छ भन्ने छैन लाली गुराँस
उनको दिलमा सुनाखरी सार्दा पनि मजा लाग्ने ।३।
उनीलाई नै सधैँ आफ्नो समीपमा पाएपछि
अरू सबले एक्ला एक्लै पार्दा पनि मजा लाग्ने ।४।
मजा पनि कस्तो मजा सबै मजा बिर्सादिने
आफुहारी उनले बाजी मार्दा पनि मजा लाग्ने ।५।
७)
तिम्रो साथ नै छुटेपछि छुट्न बाँकी के नै रह्यो
स्वप्न बीचमै टुटेपछि टुट्न बाँकी के नै रह्यो ।१।
सरदको चाड साँच्दै झरी बादल सहेँ मैले
चाँद अरूले लुटेपछि लुट्न बाँकी के नै रह्यो ।२।
८)
तिम्रो नाममा प्रेमपत्र लेखुँजस्तो लाग्छ
नभेटेको धेरै भयो भेटुँजस्तो लाग्छ ।१।
यस्तो लाग्छ कैलेकाँही अरूले नि देखेँ भन्दा
मिल्ने भए सबको दृष्टि छेकुँ जस्तो लाग्छ ।२।
विपनीमा आफ्नो साथमा नभेटिए पनि
हररात सपनीमा देखुँ जस्तो लाग्छ ।३।
याद पनि प्रिय लाग्ने एकानछ झन् प्रिय
त्यहि यादले जिन्दगानी सेकुँ जस्तो लाग्छ ।४।
दुनियाँ सब डाहा गर्छन् रिस गर्छन् कतिकति
हाम्रो बीचमा आउने सबलाई भेटुँ जस्तो लाग्छ ।५।
९)
दुख्दिनँ म जति भन्छु, झनै चुटे जस्तो लाग्छ
भित्रभित्र अझै भित्र, कतै फुटेजस्तो लाग्छ ।१।
पराई लाग्छ दुनियाँ, कस्लाई व्यथा सुनाऊँ म
न छ डाम, न त चोट, उसै कुटे जस्तो लाग्छ ।२।
म्नमा अर्कै बस्ती बसाइ निर्मोहीलाई बिर्सु भन्छु
हेर्दा हेर्दै मनको बस्ती त्यसै लुटे जस्तो लाग्छ ।३।
दर्द पीडा बिर्सिएर नयाँ यात्रा थालुँ भन्छु
जहाँबाट थाले पनि धेरै छुटे जस्तो लाग्छ ।४।

Read More »

Tuesday, January 13, 2015

Balkrishna Sama (बालकृष्ण सम)

Be the first to comment! Posted by Unknown on 8:16 PM
नरल डम्बर समशेरका नाति समर समशेर तथा कीर्तिराज्यलक्ष्मीका छोरा बालकृष्ण समको जन्म वि.सं. १९५९ साल माघ २४ गते भएको हो । उनको पारिवारिक वातावरण शैक्षिक रूपले सचेत एवम् आर्थिक रूपले सम्पन्न भएकाले उनले सानैदेखि शैक्षिक तथा साहित्यिक वातावरण प्राप्त गरेका थिए । आठ वर्षको उमेरमा वि.सं. १९६७ सालमा भाषा (खा) मुठीको सबलाई हेरि । राज हुन्छ नाराण विष्णु मेरी भन्ने श्लोकबाट कविता यात्राको आरम्भ गरेका समले आफ्नो जीवनको सात दशक लामो कविता यात्रामा एक खण्डकाव्य, एक महाकाव्य र चार सय भन्दा बढी फुटकर कविताहरूको रचना गरेर नेपाली साहित्यको काव्य भण्डारलाई समृद्ध तुल्याएका छन् ।

साहित्यका विभिन्न विधामा कलम चलाएका बालकृष्ण समले कथा, कविता, निबन्ध, एकाङ्की तथा नाटकहरूको रचना गरेका छन् । तापनि साहित्यकारका रूपमा उनी मूलतः नाटककार हुन् । उनको नाट्यक्षेत्रको मूल प्राप्ति कविता–नाटक हो भने त्यस पछिको दोस्रो प्रमुख क्षेत्र कविता हो । कविता विधासँगै समको भावात्मक सम्बन्ध छ । किनकि साहित्यको आरम्भ र अन्त्य उनले उसै विधाबाट गरेका छन् । नेपाली कविताको आधुनिक कालमा लेखनाथ पौड्यालसँग सुरु भएको शास्त्रीयवादी काव्य परम्परालाई अगाडि बढाउने कार्यमा उनको अविस्परणीय देन छ ।

आफ्नो सात दशक लामो कवितायात्रामा कवि बालकृष्ण समले पद्य नाटक, फुटकर कविता, खण्डकाव्य तथा महाकाव्यको रचना गरेका छन् । उनले आफ्ना प्रायः सबै कविताहरुमा दार्शनिक चिन्तनहरू व्यक्त गरेका हुनाले उनका कविता बुझ्नका लागि दार्शनिक समलाई बुझ्नु पर्दछ । नियमित आकस्मिकता (२००५) का दार्शनिक समले व्यक्त गरेका दार्शनिक चिन्तनहरू निमित आकस्मिकाको प्रकाशनपछि उनका कवितामा व्यक्त भएको पाइन्छ । यस पूर्वका सम विशेषतः अध्यात्मवादी दर्शनबाट प्रभावित छन् र यस पछिका सममा अध्यात्मवाद र भौतिकवादको द्वन्द पाइन्छ । स्वर्ग र देवता (२००४) मा छिटफुट रूपमा देखापरेका भौतिक–आध्यात्मिक चिन्तनहरू नियमित आकस्मिकतामा आइपुग्दा प्रष्ट दर्शनका रूपमा देखापर्दछन् । नियमित आकस्मिकतामा व्यक्त दर्शनलाई कवितात्मक रूप दिएर उनले दार्शनिक ग्रन्थको कवितात्मक संस्करणका रूपमा आगो र पानी (२०११) को प्रकाशन गरेका छन् भने चिसो चूल्हो (२०१५) महाकाव्यसम्म पनि उनको यो चिन्तन व्यक्त हुँदै गएको पाइन्छ । उनी मूलतः स्वर्ग र देवता फुटकर कवितादेखि नै चिन्तनशील र बौद्धिक कविका रूपमा देखा पर्दै आएका हुन् र यो चिन्तनले उत्तरोत्तर विकसित रूप प्राप्त गर्दै अगाडि बढेको छ । भावनाको बौद्धिक कोमलता नै कविता हो भन्ने मान्यताका समको प्रमुख कवितात्मक प्रवृत्ति चिन्तनशीलता र बौद्धिकता हो ।

चिन्तनशील कविका रुपमा रहेर समले एकातिर बौद्धिकता प्रस्तुत गरेका छन् भने अर्कोतिर उनी मानवतावादी दार्शनिक कविका रूपमा पनि देखापरेका छन् । ईश्वरको मृत्यु भयो र पृथ्वीको अधिपति नै मान्छे हो भन्ने घोषणा गर्ने नित्सेको ईश्वर मृत्युको घोषणा, माक्र्सको माक्र्सवाद र डार्विनको विकासवादले स्वीकारेको मानव सत्ताको सर्वोच्चतालाई उनले पनि स्वीकारेका छन् । उनले स्वर्ग र नरक अर्को कुनै ठाउँ छैन र देवता तथा राक्षस पनि अरू केही होइन, पृथ्वी नै स्वर्ग हो र मान्छे नै ईश्वर हो भन्ने मानवतावादी चिन्तन स्वर्ग र देवता कवितामा व्यक्त गरेका छन्  भने आगो र पानीमा आएर आगो र पानीको मिलनबाट नै जीवन फुल्न सक्छ भन्ने समन्वयवादी मानवतावादी चिन्तन व्यक्त गरेका छन् ।

लय विधानका कोणबाट समलाई हेर्दा उनी अनुष्टुप छन्दका कविका रूपमा देखापर्दछन् । अनुप्रासहीन अनुष्टुप छन्दको प्रयोगका दृष्टिले उनी नेपाली काव्यसाहित्यका उत्कृष्ट कवि मानिन्छन् । यस छन्दको प्रयोग उनको कविता यात्राको सुरुमै देखापरेको हो तर २००४ सालपछि उनी परिस्कृत र परिमार्जित गद्य शैलीको सफल प्रयोक्ताका रूपमा स्थापित भएका छन् । आगो र पानी, स्वर्ग र देवता एवम् चिसो चूल्हो उनका गद्य कविताका उत्कृष्ट नमुना हुन् ।

शास्त्रीय कविका रूपमा समले आफूलाई लेखनाथका समवर्ती कविका रूपमा प्रस्तुत गरेका छन् । उनी शब्दलाई पुछी–पुछी, माझी–माझी र छानी–छानी प्रयोग गर्दछन् । विभिन्न प्रकारका सुगन्धमय फुलहरूलाई छाँटले टिपेर सुन्दर बैठकको टक्टकाउँदो लुगाले छोपेको टेवलमाथिको कतात्मक फुलदानामा सजाएको दृश्य समको संरचना हो भन्ने तारानाथ शर्माको भनाइले उनी सचेत शास्त्रीयवादी कविका रूपमा प्रष्ट हुन्छन् । उनी एक सचेत बौद्धिक कवि हुन् । उनका केही कविताको शैलीलाई मात्र झिकिदिने हो भने उनका  कविता कविता नभएर दर्शनका रूपमा मात्र बाँकी रहन्छन् । बौद्धिकतालाई  भावनाद्वारा कोमल तुल्याउनु र  शैलीद्वारा उच्चता प्रदान गर्नु समको निजी वैशिष्टम् हो । उनले कवितामा छन्दलाई अनिवार्य तत्त्वका रूपमा स्वीकारेका छैनन् । उनको कविता सृजनाको विधानलाई हेर्दा उनले कविताका लागि आवश्यक तत्त्वका रूपमा छन्दलाई भन्दा भावना, बौद्धिकता र कोमलतालाई स्वीकारेका छन् । यही अर्थमा उनी सफल कविका रूपमा प्रसिद्ध छन् । 

सात दशक लामो आफ्नो काव्य यात्रामा उनी एक सफल शास्त्रीयवादी कविका रूपमा देखापरेका छन् । कविताका फुटकरदेखि बृहद् रूपसम्मको रचना गरिसकेका समका अन्य काव्यप्रवृत्तिहरूमा अध्यात्मवाद, भोतिक–अध्यात्मवाद, आत्मपरकतामा भन्दा वस्तुपरकतामा रम्नु, हार्दिकतालाई भन्दा बौद्धिकतालाई बढी जोड दिनु, वर्णमात्रिक अनुप्रासहीन अनुष्टुप छन्दको अनुसरण गर्नु आदिलाई लिन सकिन्छ ।




Read More »

Saturday, December 27, 2014

Some Nepali Sweets

Be the first to comment! Posted by Unknown on 12:03 PM

 सेल

सामग्रीः
  • मसिनो पिसेको चामलको पीठोः १ किलो
  • खस्रो चामलको पीठो ः ५०० ग्राम
  • मैदाः ५०० ग्राम
  • चिनीः ५०० ग्राम
  • अलैँची पिसेकोः २० ग्राम
  • घिउः आवश्यकता अनुसार
विधिः
एउटा गहिरो भाँडामा चामलको पीठो, मैदा, चिनी तथा अलैँचीको धूलो मिसाउने र त्यसमा पानी हालेर मुुछ्ने । त्यसलाई आधा घण्टा जति त्यत्तिकै छाड्ने । सेल पकाउने तावाँमा सेल डुुब्ने गरी घिउ तताउने । घिउ तातेपछि एक डाडुु जति मुछेको पीठोमा हालेर चलाउने । सोलीको सहायताले घिउमा सेल आकारमा पकाउने । दुवै साइडमा खैरो भइन्जेल पल्टाई पल्टाई गरेर पकाउने ।





लाखमरी

सामग्रीः
  • ताइचिन चामलको पीठोः १ किलो
  • घिउः ७५० ग्राम
  • मासः ५०० ग्राम
  • चास्नीः डुबाउन मिल्ने गरी
विधिः
चामललाई दिनभरि भिजाएर रातभरि ओभाउन दिने र भोलिपल्ट पिस्ने । मास पनि रातभरि भिजाएर बोव्रmा निकाली बिहान पिस्ने । पिसेको मासमा अलिअलि पानी हारेर फिट्ने । घिउ, चामलको पीठो तथा मास मिसाएर राम्रोसँग फिट्ने । नरम भएपछि स–साना प्वाल भएको कपडामा बाँध्ने । त्यसपछि ताईमा हालेर पकाउने र सेप बनेपछि कराहीमा घिउ तताएर खैरो कुने गरी पकाउने । खैरो भएपछि झिकेर प्लेटमा हाल्ने र सेलाएपछि चिनीको बाक्लो झोललाई ब्रसले पालिस गरेजस्तै गरी रोटीमा लगाउने । यसरी तयार भएको लाखमरी तिहारमा बढी प्रयोग हुन्छ । यसलाई लामो समय सम्म राखेर खान पनि सकिन्छ ।



ल्वाङ्गफूल

सामग्री
  • मैदाः १ किलो
  • घिउः ७५० ग्राम
  • चास्नीः आवश्यकता अनुसार
  • नरिवलः १२५ ग्राम
  • केशरः आधा चम्चा
  • पानीः १ लि. जति

विधि
घिउलाई तताएर मनतातो बनाई १ लिटर पानी हाल्ने । उक्त घिउ र पानीमा मैदा हालेर मुछ्ने । पीठो तयार भएपछि गोलो बनाएर तीनकुने आकारमा बेल्ने । बेल्दा अलिअलि पानी हाल्दै फोल्ड गर्दै थिच्दै जाने । त्यसपछि यसलाई घिउमा पकाउने । ५–६ मिनेट पकाएपछि निकालेर सेलाउन दिने । सेलाएपछि चास्नीमा डुबाउने । चास्नीबाट निकालेपछि माथीबाट नरिवल र केशर हालिदिने ।






निम्किन

सामग्रीः
  • मैदाः ४ कप
  • नुनः स्वाद अनुसार
  • घिउः १ कप मुछ्नको लागि
  • जिराको दानाः १ कप
  • कालो तिलः १ चम्चा
  • घिउः १ केजी
  • खान मिल्ने सुन्तला रंगः थोरै
  • पानीः आवश्यकता अनुसार
विधि
एउटा भाँडा मैदा राखेर नुन, तिल, जिरा, रंग, घिउ र पानी हाले मज्जाले मुछ्ने । त्यसपछि त्यसलाई स–साना गोला डल्ला बनाउने । त्यसलाई पातलो र बाटुलो हुने गरी बेल्ने र आधा पट्याउने । फेरि तीन चुच्चे तथा तीन पत्रे हुने गरी पट्याउने र त्यसपछि पान आकारमा बेल्ने । यसलाई तताएको घिउमा दुवै तर्फ हुने गरेर राम्रो सँग पकाएर निकाल्ने ।





मसला लड्डु

सामग्री
  • खुवाः १ किलो
  • घिउः ४ पाउ
  • मसलाका लागि नरिवलको धूलो, गुँड, काजु तथा चिनीको धूलो स्वाद अनुसार
विधि
खुवालाई घिउमा हालेर घोट्ने । घिउ र खुवा मज्जाले मिसाएपछि केही समय त्यत्तिकै राखेर चिसो हुन दिने । त्यसपछि भाँडामा निकालेर किस्तीमा राख्ने । त्यसमा नरिवल, बदाम, गुँद, काजुआदि मसलाको धूलो हाल्ने । सबै मसला हालेर केहीबेर मोलेपछि चिनीको धूलो हालेर डल्लो पार्ने । यसरी मसलाको लड्डु घरमै पनि तयार पार्न सकिन्छ ।





कलाकन्द

सामग्री
  • दूधः ८ लिटर
  • चिनीः ५ सय ग्राम
  • कागतीको रसः ४ थोपा
विधि
एउटा गहिरो कराहीमा दूध उमाल्ने । त्यसमा केही थोपा कागतीको रस मिसाउने । त्यसपछि आवश्यकता अनुसार चिनी हाल्ने । सानो आँचमा टाइट नभइन्जेल पकाइरहने । जब कलाकन्द टाइट हुँदै जान्छ तब त्यसलाई फराकिलो किस्तीमा निकालेर ५–६ घण्टासम्म जम्न दिने । यसलाई आफ्नो इच्छानुसार टुक्रा पारेर दाजुभाई तथा दिदीबहिनीलाई सगुनस्वरुप खुवाउन सकिन्छ ।





मुंगको बर्फी

सामग्री
  • मुंगको दालः १ केजी
  • घिउः १ केजी
  • चिनीः १ केजी
  • पानीः आधा लिटर
  • अलैँची पाउडरः थोरै
  • बरकः १ टुक्रा
  • पिस्ता–बदामः थोरै
विधि
मुंगको दाललाई सफा गरेर ३ घण्टा जति भिजाउने । मिक्सरले खस्रो हुने गरी पिस्ने । पिसेको दाललाई घिउमा पकाउने । खैरो रंगको भएपछि निकाल्ने र चिनीको पाक गाढा बनाई डुबाएर निकाल्ने । अघि बनाएको सबै चीज मिसाउने, अलैँची पाउडर पछि राख्ने । किस्तीमा खन्याएर १२ घण्टापछि माथिबाट बरक पेपर राख्ने । काटेको पिस्ता, बदाम छर्कने र बर्फी आकारमा काट्ने ।




Read More »

Monday, October 13, 2014

बिछोड

Be the first to comment! Posted by Nirazo Malla on 6:28 PM

हात हल्लाइ रह्यौ धुम्तीमा
टोलाउँदै भय पनि
फर्की फर्की पाइलाहरु चालेँ
मनमा अनगिन्ती कुराहरु
खेलाउँदै भए पनि

पाइला यी मेरा अगाडि बढाउँदै छु
पर्नु पीर मनमा परे पनि
मन भरि आँधी चलेकै छन्
हाँस्ने प्रयास जति गरे पनि

धैर्य गर मेरी प्रियसी
पत्र कोरी पठाउने छु
तिम्रो चित्त बुझाउनलाई भएपनि
सपनीमा पनि आउने छु
तिमीलाई सान्त्वना दिनलाई भएपनि

बाँचे भने फेरी
अर्को पाला अवश्य आउँला
सुःख दुःखका सारा बेली बिस्तार
सँगै बसेर गरौँला
सुःख दुःखका साथ दिन बिताउँला
मीठो मसिनो खाएर भएपनि

Read More »

Thursday, March 06, 2014

गजल संग्रह

Be the first to comment! Posted by Nirazo Malla on 8:31 AM
स्टेप बाई स्टेप का केही गजलकारहरुले लेखेका केही गहकीला गजलहरु
Read More »

Wednesday, February 26, 2014

Roman and Unicode to Preeti - Nepali font Converter

Be the first to comment! Posted by Nirazo Malla on 11:37 AM

CONVERTER-Unicode To Preeti And Vice Versa
Preeti font text box
Enter the words in preeti fonts 

Unicode font text box
Enter the words on unicode 


Read More »

Thursday, March 07, 2013

How to Delete the Entire Search History of Facebook [Nepali]

Be the first to comment! Posted by Nirazo Malla on 8:44 AM
कुनै दिन कसैले फेसबुकमा कुनै स्पेशल ब्यक्ति वा सामान्य व्यक्ति जो सुकै होस सर्च गरिएको हुन्छ? सायद हामीले कुनै व्यक्तिको जन्मदिन कहिले हो वा आफ्ना कुनै पुरानो साथीलाई खोज्नको वा कसैको आपत्तिजनक तस्विर खोज्नको लागि पनि सर्च गर्ने गर्छौँ । प्राय जसो मानिसहरुले कुनै एक कुरा वा अर्को कार्यको लागि अन्य व्यक्तिहरुको चियो गर्ने गर्छ चाहे त्यो व्यक्ति साथी मात्र होस् वा लामो समय देखिको सम्बन्ध भएको होस् । सायद हामीले त्यो सम्झँदैनौ वा कुनै समयमा त्यो गरिएको कार्यलाई याद गर्दैनौ । तर फेसबुकले यि सबै कार्य जुन हामीले गरेका हुन्छौँ ति सबै र यदि हामीले त्यसतो कार्य आफै मात्र भनेर सुरक्षित गरृेर आफ्नो फेसबुक को अकाण्ट बनाएता पनि सुरक्षित रुपमा अभिलेख राखेको हुन्छ । कहिलेकाँही कुनैदिन हामीले हाम्रो फेसबुक को अकाण्टमा साथीले चियो चर्चो गरेको थाहा पाउँदैनौ जुन हामीले भएको हेर्न चाहन्नौ । अब म यहाँ ती सबै आफ्नो फेसबुकमा गरिएका सम्पूर्ण सर्च लाई कसरी हटाउने जसबाट हामी कुनै दिन नराम्रो अवस्थाबाट गुज्रिनबाट बच्न सक्दछौँ ।

फेसबुकको सर्च इतिहाँसलाई हटाउने तरिकाः


फेसबुको सर्च इतिहासलाई हटाउनको लागि निम्न तरिकाहरु प्रयोग गर्न आवश्यक छ ।
  • आफ्नो Activity Log खोल्नुहोस् । यो हामीले आफ्नो फेसबुको प्रोफाईलमा पाउन सक्छौँ । त्यो Activity Log बटनमा थिचौँ जुन कभरफोटोको मुनि हुन्छ ।


  • Activity Log भनेको नै हामीले फेसबुकमा गर्ने हरेक कार्यको इतिहास हो जसमा हरेक फरक फरक कार्यको छुट्टा छुट्टै अभिलेख हुन्छ । हाम्रो पोस्ट देखि लिएर लाइक्स र कमेन्ट जुन हामीले गर्छौँ हरेक कार्यको लेखाजोखा हुन्छ । यो Activity Log ले सर्च इतिहास पनि अभिलेख गरेर राखेको हुन्छ ।
    Activity Log थिची सकेपछि बायाँ तर्फ हेर्रौँ साथै फोटोहरु, लाईक्स र कमेन्टस मुनि पट्टि, त्यहाँ हामीले मोर भन्ने बटन भेट्ने छौँ । मोर अप्सनमा जानको लागि त्यसमा थिचौँ ।


  • त्यसपछि आउने सुचीबाट सर्च अप्सन खोजौँ । जुन सबैभन्दा तलपट्टि हुन्छ । त्यसमा थिच्दा हामीले सर्च गरेका हरेक कार्यलाई मिति अनुसार अर्थात कुन मिति र समयमा के के कुरा खोजिएको थियो वा कुन कुन कार्य गरिएको थियो सबै देखाइदिन्छ । साथै दायाँ तर्फ हामीले सर्चहरुलाई क्लिएर गर्ने अप्सन पनि देख्ने छौँ ।




  • अब यदि हामीले त्यो क्लिएर सर्च अप्सनलाई थिच्यौँ भने, हाम्रा सबै सर्च हिस्टोरी कुनै धर्को पनि बाँकी नरहने गरी सधैँको लागि हटेर जानेछ ।



नोटः त्यो क्लिएर बटन भनेको पछि फ्ेरी नफर्कन मिल्ने बाटो हो । यदि हामीले यो एक चोटी प्रया्ेग गर्यौ भने फेरी हामीले आफ्नो सर्च इतिहास फितौ ल्याउन सक्दैनौ चाहे हामीलाई त्यो जुन सुकै कारणले आवश्यक परोस् । त्यसैले यो अप्सन प्रयोग गदौ सावधानी अपनाउन आवश्यक हुन्छ ।

यदि तपाईहरुलाई यो पोष्ट उपयोगी लागेमा आफ्ना साथी भाइमा सक्दो सेयर गरौँ र उनीहरुलाई पनि कुनै आपत्तिजनक सर्चलाई लाई हटाउनमा सहयोग गरौँ ।

Read More »

Wednesday, February 22, 2012

Add Rainbow Effects in Links of Blog

2 Comments so far Posted by Nirazo Malla on 10:54 PM
यस पोष्टमा हामीले ब्लगको लिन्कस्मा सुन्दर रेन्बो इफेक्ट देख्नेछौँ । केही जाभास्क्रिप्ट प्रयोग गरेर हामीले आफ्नो ब्लगको लिन्कस्मा रेन्बोको जस्तै विभिन्न थरिका रंगहरुको संयोजन देख्न सक्नेछौँ । जब जब हामीले आफ्नो ब्लगको लिन्कमा कर्सरले होभर गर्दछौँ तव तव उक्त लिन्कहरुमा हामीले सुन्दर रंगहरुको संयोजन देख्नेछौँ । यो इफेक्ट हामीले डाइनामिक ड्राइभ बाट साभार गरिएको हो । डेमोको लागि तलका लिन्कस्हरुमा माउसको कर्सरले होभर गर्नुहोस् ।
Add Rainbow effects in Links of your blog
अब तलका कोडलाई <Head> को मुनी राख्नुहोस्

<script src="rainbow.js">
/*............
Rainbow Links Script- TAKANASHI Mizuki
For full source code, 100's more DHTML scripts, and TOS,
Visit http://www.dynamicdrive.com
..........*/ </script>

अब यसले "rainbow.js" को बाहिरी जाभास्क्रिप्टलाई प्रयोग गर्ने भएको हुँदा यसलाई डाउनलोड गर्नुहोस् जसको लागि सिफ्ट कि अँठाएर तलको लिन्कलाई क्लिक गर्नुहोस्
rainbow.js
अब यसलाई आफ्नो वेबपेज डाइरेक्टरीमा अपलोड गर्नुहोस् अर्थात "<body>" to "</body>" भित्रको सेक्सनमा राख्नुहोस् ।
अब आफ्नो टेम्प्लेटलाई सेभ गर्नुहोस् र आफ्नो पेज हेर्नुहोस् । तर त्यो भन्दा पनि पहिला टेम्प्लेट ब्याक्अप गरेर राख्न नभुल्नुहोला ।जसले गर्दा पछि यो नया लुक मन् नपरेमा परिवर्तन गर्न पनि सकिन्छ ।

post signature
Read More »

Saturday, February 04, 2012

Facebook Video Chat: How to Enable & Start the video chat?

1 Comment so far Posted by Nirazo Malla on 12:03 AM


फेसबुकले अन्ततः आफ्नो सोसियल साइटमा भएको एक किसिमको भिडियो च्याटिङ्गको खालीपनालाई हटाएको छ । स्काइपीसँगको सहकार्यमा फेसबुकले आफ्नो पहिलो भिडियो कलिङ्ग सिस्टमको सुरुवात आफ्नो वेभसाइटमा गरिसकेको छ । जसको कारणले फेसबुक युजरहरुलाई राहत मिलेको छ र उनीहरुले अबबाट आफ्ना प्रियजनहरुसँग च्याटमात्र नभइकन प्रत्यक्ष देखभेट गर्दै कुराकानी पनि गर्न पाउने भएका छन् । स्काइपीसँगको सहकार्यताको कारणले गर्दा फेसबुकको भिडियो कलिङ्ग छिटो लोड हुन्छ र काम पनि सजिलैसँग नरोकिइकन बाटचित गर्न सकिन्छ । यसको लागि हामीले फेसबुकको आफ्नै सानो साइजको सफ्टवयर बाहेक अन्य कुनै सफ्टवयर राख्नु पर्दैन । तल केहि आवश्यक पर्ने सुझावहरु पाउनुहुनेछ ।




भिडियो कलिङ्ग कसरी मिलाउने?
साथीसँग भिडियो कल गरी कुरा गर्नको निम्ति पहिला छोटो सेट अप गर्नुपर्दछ ।
  1. साथीलाई कल गर्न च्याट विन्डोको भिडियो आइकनमा क्लिक गर्नुहोस् ।
  2. त्यस पछि “सेट अप’’ बटनमा क्लिक गरि प्राप्त हुने निर्देशनहरु आफ्नो ब्रोजरमा प्रयोग गर्दे जानुहोस् ।
  3. एकपटक त्यो सफ्टवयर इन्स्टल भएपछि भिडियो कल गर्नको लागि बाटो खुला हुन्छ । आफुलाई भिडियो कलगर्न आवश्यक साथीको प्रोफाइलमा जाने र माथिल्लो दाहिने कुनामा रहेको भिडियो कल बटनलाई क्लिक गर्ने वा च्याट विन्डोमा भएको भिडियो बटनमा क्लिक गर्ने ।

साथीसँग भिडियो कल कसरी गर्ने?
एक–पटकको सेट अप पछि साथीसँग भिडियो कल गर्नको निम्ति हामी तयार हुन्छौँ ।

  1. आफ्नो साथी वा प्रियजनको प्रोफाइलमा जानुहोस् र “कल” बटन जुन टप राइट कुना हुन्छलाई क्लिक गर्नुहोस् । अथवा च्याट विन्डोको टपमा भएको भिडियो बटनमा क्लिक गर्दा पनि हुन्छ ।
  2. साथीको रिप्लाईको धर्यताको साथ प्रतीक्षा गर्नुहोस् साथै दुवैतर्फको वेभ क्याम एक आपसमा कनेक्टेड भइन्जेलको समयसम्म प्रतीक्षा गर्नुहोस् ।
  3. यदि तपाईको साथी वा प्रियजन अफलाई हुनुहुन्छ भने भिडियो मेसेज पनि छोड्न सक्नुहुन्छ । साँच्चैनै यो फेसबुकको नौलो आयाम हो ।

यी सबै कार्यहरु सजिलैसँग हुनको लागि के कुराको ख्याल राख्नुपर्छ भन्दा हेर्नको निम्ति वेभ क्याम र कुरा गर्नको निम्ति माइक्रोफोन राम्रोसँग कम्प्युटर वा ल्यापटपमा कनेक्टेड भएको हुनुपर्दछ साथै राम्रो कन्डिसनमा रहेको हुनुपर्दछ । यदि तपाई सँग वेभ क्याम छैन भने पनि साथीसँग भिडियो कल गर्न सक्नु हुन्छ । तपाईले साथीसँग भिडियो कल गनुसक्नु हुन्छ तर तपाईको साथीले तपाईको आवाज मात्र सुन्नुहनेछ ।
post signature
Read More »

Monday, December 12, 2011

Bindhyabasini Mata

Be the first to comment! Posted by Nirazo Malla on 7:38 AM
शुक्ला गण्डकीको समिपमा रहेको गण्डकी अञ्चल, कास्की जिल्लाको सुन्दर नगरी पोखराको केही उच्च स्थानमा अवस्थित शक्तिपीठहरु मध्ये एक प्रसिद्ध र प्रतिस्थित शक्तिपीठ श्री विन्ध्यवासिनी माताको मन्दिर पोखरा उपत्यकाको एक महत्वपूर्ण आकर्षण स्थलको रुपमा रहेको छ । यस प्रसिद्ध मन्दिर पोखरा नगरीको उत्तरी भेगमा पर्दछ । यसको चारैतर्फ विश्वप्रसिद्ध हिमश्रृंखलाहरु अन्नपूर्ण एवं माछापुच्छ्रे हिमशिखर, यसको काखैमा फेवाताल जसको बिचमा तालबाराही मन्दिर, साथै रुपा,वेगनास, दीपाङ्ग, मैदी जस्ता निर्मल तालहरु र महेन्द्र गुफा, चमेरी गुफा, गुप्तेश्वर गुफा आदि बगैँचा सरी फैलिएका छन् ।

यहाँ पुग्न अत्यन्त सजिलो बनाएको छ बाग्लुङ्ग राजमार्गले पनि । जहाँ आउन र जान सजिलै विभिन्न प्रकारका साधनहरु पाइन्छ । पोखरा उप–महानगरपालिका वडा नं. २ मा अवस्थित यो माताको मन्दिर समुन्द्र सतह देखि लगभग ३००० फिटको उचाईमा रहेको छ । यहाँबाट प्रफुल्ल मुद्रामा रहेका सुन्दर हिमश्रृंखलाहरु देख्दा मन पनि हर्षित हुन्छ । पोखरा मात्र नभई पश्चिमाञ्चलमै प्रसिद्धि कमाउन सफल साथै विशेष महत्व राख्ने देवी देवताहरु मध्ये एक विशेष महत्वपूर्ण देवीको रुपमा पुँजिदै आएको तथा सुन्दर नगरी पोखराको गहना र शोभा श्री विन्ध्यवासिनी माताको उत्पत्ति सम्बन्धमा रोचक प्रसंगहरु सुन्नमा पाइन्छ । इतिहासले वर्णन गरे अनुरुप यथार्थतामा ठोस तथा प्रमाणिक प्रमाणहरु भेटिँदैन तबसम्म विभिन्न तर्क एवं किंवदन्तिहरुले नै स्थान पाउने गर्दछन् । यस विन्ध्यवासिनी माताको सम्बन्धमा पनि यस्तै तर्क तथा किंबदन्तिहरु पनि जनजिब्रोमा रहेका छन् । ठोस तथा आधारभूत प्रमाणहरुको अभावमा किंबदन्ति एवं जनश्रुतिहरुलाई पनि केही हदसम्म आधार मान्नु पर्ने हुन्छ । तरपनि चलनचल्तिमा रहेका जतिपनि तर्कहरु छन् त्यसलाई पुष्टि गर्ने कुनै ठोस प्रमाणहरु उपलब्ध छैनन् । साथसाथै सवै कागजपत्र तथा जनश्रुति एवं किंबदन्तिहरुले (पोखराको वीच विन्दुमा स्थापित गराइएकोले विन्दुवासिनी नाम रहेको भन्ने एक तर्क बाहेक) विन्ध्याचल पर्वतबाट ल्याई सिद्धिनारायण शाहले स्थापना गर्न लगाएको तर्क नै अर्को बलियो तथा स्पष्ट प्रमाण नपाइने बेलासम्मको लागि ठीक मान्नुपर्ने अवस्था छ ।


एक प्रसिद्ध र प्रतिस्थित शक्तिपीठ श्री विन्ध्यवासिनी माताको मन्दिर पोखरा उपत्यकाको एक महत्वपूर्ण आकर्षण स्थलको रुपमा रहेको छ । यस प्रसिद्ध मन्दिर पोखरा नगरीको उत्तरी भेगमा पर्दछ । यसको चारैतर्फ विश्वप्रसिद्ध हिमश्रृंखलाहरु अन्नपूर्ण एवं माछापुच्छ्रे हिमशिखर, यसको काखैमा फेवाताल, साथै रुपा,वेगनास, दीपाङ्ग, मैदी जस्ता निर्मल तालहरु र महेन्द्र गुफा, चमेरी गुफा, गुप्तेश्वर गुफा आदि बगैँचा सरी फैलिएका छन् ।


यस मन्दिरमा नवदुर्गा जस्तो महत्वपूर्ण दिनहरुमा विहान ३ बजे देखि नै खुला रहन्छ भने अन्य दिनहरुमा विहान ५ बजे देखि १२ बजे सम्म् र बेलुका ४/५ बजे देखि खुला रहन्छ । माताको नित्य नैमित्य पूजा अर्चना बाहेक विशेष चाडपर्वहरुमा पनि माताको सद्धा पूर्वक पूजा आराधना गरिन्छ । प्रत्येक वर्ष बडादशैँको सप्तमी तिथिमा सैनिकहरुबाट (सैनिक गण तथा बाहिनी) यस विन्ध्यवासिनी माताको मन्दिरमा फूलापाती ल्याई बढाँई गर्ने परम्परा छ । उक्त दिन सम्पूर्ण अड्डा, अदालत,राजनैतिक पार्टिहरुका प्रतिनिधिहरु तथा पुलिस, सैनिक अधिकृत तथा जवानहरुको उपस्थिति र फूलपातीमा पुलिस तथा सैनिक व्याण्ड साथ ल्याउने परम्पराले विन्ध्यवासिनी माताको भक्तजनहरुको उपिस्थिति हुँद सहजै अनुमान गर्न सकिन्छ कि त्यहाँ उक्त दिन कत्तिको घीड तथा रमणीय हुन्छ भनेर । भगवतीको मन्दिर भएकाले यहाँ राँगो, बोका, परेवा, कुखुरा आदिको बली दिईंन्छ । तर बली दिनको लागि मन्दिरको बाहिर प्राङ्गणमा मौलो खडा गरिएको छ । त्यसै मौलामा बली दिन्छ । यहाँ एकादशी, औंसी, वुद्धजयञ्ती, राम नवमी, शिवरात्री बाहेक अन्य दिनहरु तथा बाहेक अन्य दिन, बारहरुमा बलीपूजा चल्दछ ।

यस क्षेत्रका निवासी मात्रै नभई विश्वका कुना काप्चाबाट नेपाल भ्रमणको क्रममा पोखरा पाइला राख्ने वित्तिकै विन्ध्यवासिनी माताकोे दर्शन नगरी छाड्दैनन् । माता वास्तवमा पोखरा तथा यसको आसपासका क्षेत्रका वासिन्दाहरुका लागि मात्र नभई देशको विभिन्न कुना काप्चा तथा विदेशीहरुको लागि पनि त्यत्तिकै आस्थाको केन्द्र बन्न पुगेको पाइन्छ । विदेशीहरुमा विशेष गरेर भारतीयहरुको लागि माता नेपालीहरुको जत्तिकै आस्थाको पुञ्ज भएकी छिन् । विन्ध्यवासिनी माता मुलुककै एक प्रख्यात तथा स्थापित देवी भएका कारणले विन्ध्यवासिनी माताको मन्दिरलाई श्री ५ को सरकारले वि.सं. २०४५/६/३० गते देखि हुलाक टिकटका रुपमा व्यवहारमा ल्याएको थियो । यो पनि माता प्रतिको लोकप्रियताको एक सशक्त प्रमाण हो ।

यो मन्दिर ढुंगाको गारोमा बज्रलेपन गरी निर्माण गरिएको छ । गुम्बज शैलीको यो मन्दिर एक तलेको छ । पित्तलको गजुरमा सुनको लेपन लगाइएको छ । मन्दिरको भित्र गारो तथा भुँईमा टायल लगाइएको छ । मन्दिर भित्र प्रस्तरमा कुँदिएको माताको अष्टभुजायुक्त एक ठूलो मूर्ति राखिएको छ । मन्दिरको वरिपरि घण्टाहरु झुण्डाएका छन् । जस मध्ये सवैभन्दा पुरानो वि.सं. १८७९ मा चढाएको घण्टा देखिन्छ । मन्दिर परिसर भित्र एक ठूलो पिपलको रुखको फेदमा ढुंगाको पेटी चिनी त्यसमाथि ढुंगाकै खोपो आकारको बनाई हनुमानको प्रस्तर मूर्ति साथै हनुमान चालिसा पनि कुँदिएको छ । साथै वरिपरि गणेश मन्दिर, श्री सरस्वती माताको मन्दिर, श्री कृष्णको मन्दिर, यज्ञ भवन, शिवपञ्चायनको मन्दिर र पञ्चदेवताको मन्दिर पनि रहेको छ । विन्ध्यवासिनी माताको मन्दिर के हिन्दु, के वौद्ध सवैद्वारा सम्मानित तथा श्रद्धा र आस्थाकी पुञ्ज भएकी छिन् ।

अपडेट:

माता विन्ध्यवासिनी सम्बन्धि किंबदन्तीः


माता विन्ध्यवासिनी सम्बन्धि केही किंबदन्तीहरु भए पनि एक घतलाग्दो किंबदन्ती यो पनि छ कि — एक दिन कास्कीकोटका राजा सिद्धिनारायण शाह अचानक बिमारी हुँदा उनका मन्त्री तथा सेवकहरुले राज–पुरोहितलाई बोलाई श्री शक्तिको विशेष आराधना गरेछन् । त्यस आराधनाका प्रभावले राजा सिद्धिनारायण शाहको विमार निको भएछ । त्यसपछि उनको देवीप्रति अत्यन्तै आस्था बढ्न गई अहोरात्र माता भगवतीकै आराधना गर्न लागेछन् । उनको आराधना यति माथिसम्म पुग्यो कि एक दिन भगवती श्री विन्ध्यवासिनी स्वयं स्वप्नमा दर्शन दिएर उनलाई यस प्रकार भन्नुभएछ –“हे राजन् ! तिमी छिट्टै विन्ध्याचल पर्वतमा जाऊ र त्यहाँका पुजारीहरुसँग मेरै स्वरुपको एउटा मुर्ति माँगेर ल्याई दरबारको नजिकै स्थापना गरी पूजा गर्ने गर । तर मूर्ति ल्याउँदा तिमीले एउटा कुरा अवश्य ध्यान राख्नू कि मूर्तिलाई बाटोमा कही पनि नबिसाउनू यदि भूलबश बाटामा मेरो मूर्तिलाई कतै बिसाइयो भने म त्यस ठाउँबाट उठ्ने छैनँ ।” स्वप्नमा राजा सिद्धिनारायण शाहलाई माताले जो आदेश दिनुभयो, सो आदेशलाई शिरोधारण गरी उनी आफ्ना अरिया–भरिया डोलेहरुका साथ विन्ध्याचल पर्वत पुगे । वहाँ पुगी त्यहाँका पुजारीहरुसँग माताले स्वप्नमा आदेश भएको कुरा यथार्थ बताई माताको आदेशबमोजिम मूर्ति माग्दा त्यहाँका पुजारीहरुले राजाको कुरालाई अस्वीकार गरे । माताले भनेबमोजिम मूर्ति नपाई जब उनी त्यहाँबाट खाली हात नेपाल फर्कन लागे तब ती पुजारीहरुलाई उसै रात माता श्री विन्ध्यवासिनीले स्वप्नमा आई भन्नुभएछ –“पुजारीहरु हो ! हिमाल (नेपाल) बाट आएको मेरो अत्यन्त प्रिय भक्त सिद्धिनारायण शाहलाई मेरै स्वरुपको एक मूर्ति दिएर पठाऊ । यदि कदाचिद् मेरो आज्ञाको उल्लङ्घन ग¥यौ भने तिम्रो समूल वंश नाश गरिदिनेछु । यदि तिमीहरु आफू र आफु र आफ्नो वंशलाई बचाउन चाहन्छौ भने मेरै स्वरुपको मूर्तिलाई हिमाल (नेपाल) तर्फ पठाईदेऊ ।” माताजीद्वारा पुजारीहरुलाई  स्वप्नमा यस प्रकार आदेश दिइबक्सेपछि, प्रातःकाल स्नानादि नित्यकर्मका साथै माताको आराधना गरेर पुजारीहरु राजा सिद्धिनारायण शाहका सामु गई माताद्वारा स्वप्नमा आदेश भएका कुरा उनलाई बताए । त्यसपछि माताको आज्ञानुसार उनको दिव्य मूर्तिलाई केही आफ्ना भरिया र राजा सिद्धिनारायणका भरियाहरुलाई बोकाई सिद्धिनरेशका साथ नेपाल पठाए । राजा सिद्धिनारायण र डोले– भरियाहरु माताको मूर्तिलाई बोकी अनेकौँ देश प्रदेश, जङ्गल, पहाड हुँदै महिनौ लगाएर कास्कीकोटको फेदमा अवस्थित यस दिव्य मनोहर नगरी पोखराको उत्तरमा रहेको यही विन्दुमा आइपुगेछन् । माताको आज्ञाबमोजिम बाटामा त यिनीहरुले मूर्तिलाई कतै पनि बिसाएका थिएनन् । तर यो बिन्दुमा आइपुग्दा माताको उक्त आज्ञा राजा लगायत सबैलाई विस्मृत हुन गई यसै बिन्दुमा मूर्ति बिसाई रात्रि विश्राम गरेछन् । भोलिपल्द बिहान नित्यकर्म आदिबाट निवृत्त भई डोलीमा सवार गराउनका लागि मूर्तिलाई उठाउन खोज्दा उठाउन त परै जाओस् अलिकति पनि हल्लाउन पनि सकेनछन् । त्यसपछि राजालाई माताले स्वप्नमा भनेको कुरा याद आउन गई माताजीको उक्त मूर्तिलाई विधिवत् यसै बिन्दुमा स्थापना गरी वहाँको यस प्रकार स्तुति गर्न लागे–
यहीं बस्तै बक्स्योस् हिमशिखरमाला वरिपरि ।
म बस्नेछु तिमै चरणजलको सेवन गरी ।।
तिमीलाई हर्दम् शरद ऋतुको मौषम भरी ।
पुजौँला ती पञ्चै बलिपुजन विन्ध्याचल सरी ।।
मूर्ति स्थापना भइसकेपछि जुन विधिअनुसार विन्ध्याचलमा राजोपचार पूजा हुन्थ्यो सोही विधिअनुसार माताको पूजन गर्नका लागि राजाद्वारा पुजारी खटाइएको कुरा उक्त किंबदन्तीबाट स्पष्ट हुुन्छ ।

विन्ध्यवासिनी मन्दिर परिसर भित्र स्थापित देवी तथा देवताका मन्दिरहरुको नामावलि


  • हनुमान मन्दिर
  • गणेश मन्दिर

  • राधाकृष्ण मन्दिर

  • सरस्वती मन्दिर

  • शिव मन्दिर

  • नवग्रह तथा अष्टचिरञ्जीवी मन्दिर

  • सार्वजनिक यज्ञमण्डप


नोट: माता सम्बन्धि किंबदन्ती “श्री विन्ध्यवासिनीको ऐतिहासिक परिचय” पुस्तकबाट साभार गरिएको

विन्ध्यवासिनी माताको मन्त्रः
ॐ ह्रीं श्री विन्ध्यवासिनी मातेश्वरी ॐ नमः ।।

post signature
Read More »

Thursday, December 08, 2011

Pokhara City

1 Comment so far Posted by Nirazo Malla on 8:23 PM
पोखरा एक सुन्दर शहर हो । विश्वका प्राय सवै टुरिष्टहरु आफ्नो जीवनकालमा एकपटक पोखराको भ्रमण गर्न चाहन्छन् । पोखरालाई धर्तीको स्वर्ग भनेर पनि भन्ने गरिन्छ ।
एक पटक यदि कसैले पोखराको भ्रमण गरेमा उनीहरुले पोखरालाई मनपराउनेछन् । साथै अभूतपूर्व आनन्द प्राप्त गर्नेछन् । यो नै पोखराको सुन्दर एवं लोभ्याउने प्रकृति हो । जस्ले के पुस्ट्याउँछ भने “पोखरा त साँच्चि नै पोखरा रहेछ जहाँ माछापुच्छ्रे हिमाल फेवातालमा पौडी खेल्दो रहेछ ।” भ्रमणकारीहरुको निम्ति कुनै बाधा तथा मुल्यले हिमालको दर्शन गर्न छेक्दैन । किनकि उनीहरु प्रकृतिप्रेमी हुन् जो विश्वका सुन्दर क्षेत्रहरु घुम्ने गर्दछन् र अन्तिम गन्तव्य भनेको नै पोखरा हुने गर्दछ । जहाँ मानिसहरु ताल तलैया, हिमाल, पहाड तथा प्रकृतिको दृश्यावलोकन गर्न आउने गर्दछन् । त्यसैले हामी हाम्रो ताल, तलैया तथा हिमाल आदिले गर्दा गर्वित छौँ ।
“पोखरालाई प्राकृतिक सौन्दर्य तथा सामाजिक–संस्कृतिले भरिपूर्ण पारौँ !”

 "Pokhara is one of the most extra-ordinary and most beautiful
places in the world."
"If you haven't visited Pokhara then you haven't visited Nepal
- Toni Hagen (1961)      

इतिहासः
पोखरा नाम एक पुरानो नाम हो । यो नाम ‘पोखरी’ बाट साभार गरिएको हो जसको अर्थ कुवा हुन्छ । यो ठाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ त्यसैले त मानिसहरुले यसलाई प्राकृतिक नाम पोखरा दिएर न्याय गरेको छ । भुगर्वविदहरु विश्वास गर्दछन् कि यो ठाउँ ताल वा पोखरी सुकेर तयार भएको हो भन्ने कुरामा । साथै बाँकी रहेका पानीहरु विभिन्न स्थानहरुमा ताल तलैयाको रुपमा रहेको देखिन्छ । कास्की जिल्लामा सात तालहरु अस्तित्व रहेको छ । तिनीहरु हुन् ः फेवा, वेगनास, रुपा, खास्टे, दीपाङ्ग, मैदी र कमलपोखरी । यी तालहरु मध्ये केही तालहरु जस्तै दीपाङ्ग, कमलपोखरी र मैदी तालको अस्तित्व लगभग अन्त्य भइसकेको छ । किसानहरुको पहुँच र तालमा मिसिएका वालुवा र माटोका कारण तिनीहरुको अवस्था र उपस्थिति विस्तारै खुम्चँदै गइरहेको छ ।
यदि कुनै मानिस पोखराको पुरानो बजारको झलक पाउनको लागि इच्छुक भएमा नालामुखमा जानु पर्दछ । जहाँ केही पुराना शैलीका सुन्दर घरहरु अझै पनि अवस्थित छन् । पोखराका वासिन्दाहरु सुन्दर हिमालहरु जस्तै सुन्दर र सरल स्वभावका छन् । पोखरावासी महिलाहरु साँच्ची कै पोखरा जस्तै सुन्दर र साधारण छन् । नेपाली समाज व्यवस्थामा महिला समुदाय अझै पनि पिछडिएको छ । अवैधानिक भएता पनि वहुविवाह खुलारुपमा अझै पनि कहि कतै प्रयोगमा भएको पाइन्छ । पुरातन र रुढिवादी समाजमा वहुश्रीमति भएको देख्न पाइन्छ । थोरै भएता पनि शहरमा वसोवास गर्ने महिलाहरुले शैक्षिक सुविधाको प्रयोग गरेका छन् । उक्त शिक्षाको कारण हिजो आज अफिसहरुमा सजिलै सँग कार्य गर्न पाएका छन् जसले गर्दा उनीहरुलाई आर्थिकरुपमा बलियो पारेको छ ।

पृष्ठभुमिः
पोखरा उप–महानगर पालिका, अन्नपूर्ण हिमालय श्रृंखलाको काखमा अवस्थित, नेपालको दोस्रो ठूलो साथै पहाडमा रहेको शहरीय क्षेत्र हो । पोखरा शहर अन्नपूर्ण हिमाल, धौलागिरी र लम्जुङ्ग हिमालीय श्रृंखला, सफा पानीका तलाउहरु, खोला नालाहरु, प्राकृतिक गुफाहरु र सामाजिक–संस्कृतिले भरिपूर्ण र यिनका मनमोहक दृष्यहरुले परिचित छ । यो शहर बेला मौकामा हुने जात्रा, उत्सवहरुले धार्मिक तथा सांस्कृति जमधटको थलोको रुपमा पनि चित्रित छ । यो शहरले नेपालको एकिकरणको समयमा (वि.सं. १७६९मा) एउटा सानो स्थायी बजारको रुप लिएको थियो । काठमाण्डौबाट आएका नेवार समुदायहरुले यहाँ व्यवसायको स्थापना गरे र यस शहर
लाई नयाँ स्वरुप पनि दिए । यो ठाउँ बजार व्यवसायको लागि आवत जावत गर्ने व्यापारीहरुको लागि खाजा तथा नास्ता गर्ने स्थानको रुपमा पनि परिचत भयो ।

पोखराले राणा शासनको समयमा प्राप्त गरेको पश्चिम नं. ३ प्रशासनिक मुख्यालको पदवीले पोखरा बजारको सर्मद्धिमा टेवा पुरायो । वि.सं. १९५१ मा भएको राजनीतिक परिवर्तनले शहरको आधारभूत सुविधाहरुको विकासको प्रकृयाहरुलाई बढावा दियो । वि.सं. १९५२ मा हवाइजहाज र वि.सं. १९५७ मा जिप्सी को शुरुवातले पोखरालाई देशको राजधानी काठमाण्डौसँग सम्बन्ध बढाउनमा मद्दत गर्यो । वि.सं. १९५८ मा पोखरालाई आधिकारिक रुपमा नगरपालिका भनि धोषणा गरिएको थियो साथै वि.सं. १९६० मा पुनः नगर पञ्चायतको शुरुवात भयो । वि.सं. १९६० देखि स्थापित भारतीय पेन्सन क्याम्प र वि.सं. १९६६ देखि स्थापित ब्रिटिस पेन्सन क्याम्पले पोखरा उप–महानगरपालिकामा अन्य ठाउँहरुबाट बसास सराइ गरेर आउनमा आकर्षित ग¥यो । सुनौली–पोखरा राजमार्ग (वि.सं. १९६९) र पृथ्वी राजमार्ग (वि.सं. १९७२) ले पोखरालाई सिधै तराई क्षेत्र र काठमाण्डौ सँग सम्पर्क गरायो । ट्रैकिङ्ग पर्यटकहरुको एक क्षेत्रको रुपमा स्थापित कार्यात्मक प्रतिष्ठानहरु र यसको विकासले पोखराको विकास हुनमा मद्दत ग¥यो । १९७२ मा पोखराले प्राप्त गरेको पश्चिमाञ्चल विकास क्षेत्रको मुख्यालय नामक पद ले यस पोखरालाई नगरपालिका बाट १९९६ मा उप–महानगरपालिका हुनमा सहयोग ग¥यो ।

नगरपालिकाको आधिकारीक सर्वोच्च निकाय नगरपालिका परिषद हो । यस पोखरा उप–महानगरपालिकाको नगरपालिका परिषदमा माननीय मेयर, उप–मेयर, निर्वाचित वार्ड अध्यक्ष र १८ जना वडा सदस्यहरु, २ जना मनोनीयत सदस्यहरु र नगर विकासको सविच सहित ११२ जनाको समूह रहन्छ । त्यसतै गरेर प्रत्येक वडाहरुमा निर्वाचित वडाध्यक्ष र चार जना सदस्यहरु रहेका हुन्छन् ।

पोखरा उप–महानगरपालिकाको व्यहोराः
स्थानः
83 o 58'30" E देखि 80 o 02'30" E सम्मको देशांतर र 28 o 10' N देखि 28 o 16' N अक्षांश

क्षेत्र
पोखरा उप–महानगरीय शहर ५५.६६ कि.मि.
पोखरा घाटी १२३ कि.मि.

स्थलाकृतिः
१) हिमालयन श्रृंखला देखि महाभारत लेख विचको विवर्तनिक उपत्यका र घाटी ।
२) ग्रेवल गरिएको सतह उत्तर पश्चिम देखि दक्षिण पूर्व तर्फ झुकेको ।
३) उचाइ ६२७ मीटर देखि समुन्द्र स्तरबाट ९८० मीटर माथि फैलिएको पर्वतमाला ।
४) गहिरो घाटीहरु तथा यसको सहायक नदिहरु र फेवा ताल भएको ।
५) सेती गण्डकी प्रमुख नदी ।
हावापानी(जलवायु):
१) गर्मी तथा चिसो गर्मी, चिसो र सुख्खा चिसोका साथमा उप–उष्र्णीय मनसुन
२) तापमानः ६00से न्युनतम र ३१00से अधिकतम
३) वार्षिक वर्षावृष्टिः सरदर ३८८० मि.मि.

जनसंख्याः
१) अनुमानित जनसंख्या २०११ सन्  : २,५५,४६५
२) जनसंख्या जनगणना २००१ सन् : १,५६,३१२
३) एक परिवार औसतमाः ६.१
४) जनसंख्या घनत्वः ३८४८.८३ प्रति स्क्वाएर कि.मि
५) वार्षिक वृद्धिदर : ७.४१ %
६) परिवारहरुको संख्या (अनुमानित) : ६८२३६

जनसंख्या बनावटः
 यस पोखरामा वसोवास गर्ने मानव वस्तिमा २० भन्दा बढी जात जाति तथा समुदायहरु छन् । यहाँ रहेका प्रमुख समुदायहरु यस प्रकार छन् :
ब्राह्मण: २२.८३ % गुरुङ्ग : २१.६२ %         क्षेत्री : १५.३५ %
मगर : ८.२० %         तमाङ्ग:  २.६५ %         नेवार : १.०५ %
सन्यासी : ०.९६ % मुस्लिम/चुरेटा : १.२१ % ठकुरी : १.५५ %
थकाली : १.०८ % राई : ०.८४ %                 दलित : ८.७१ %
सुचिक्रित नभएकाः १.५२ % अन्यः ११.३२ %

साक्षरता प्रतिशतः ७१.०९%
पुरुषः ८३ %, महिला : ६१.५ %

प्रमुख जात्रा तथा पर्वहरुः
जात्राहरुः  ढुङ्गेसाँगु मेला, सुन्पनदेली मेला, १२ भैरव नाच, बाघ जात्रा, गाई जात्रा, हरिवोधनी एकादशी मेला, तीज जात्रा, तालवाराही जात्रा आदि

पर्वहरुः  वडा दशैँ, दीपावली, तीज, साउने सक्रान्ती, माघे सक्रान्ती,  वुद्ध पुर्णिमा, ल्होसार, जनैपुर्णिमा, फागु पुर्णिमा, चैते दशैँ, रामजन्माष्टमी, श्रीपञ्चमी, ईद आदि

पोखराका सम्पदा तथा निधिहरुः
१) प्राकृतिक सम्पदाहरु
फेवाताल, सेती गण्डकी खोँच, कमलपोखरी, महेन्द्र गुफा, पाताले झाँगो(डेभिड फल्स्), गुप्तेश्वर गुफा, चमेरी गुफा, शान्ति वन वाटिका इत्यादि ।
२) सांस्कृतिक सम्पदाहरु
विन्ध्यवासिनी मन्दिर, भद्रकाली मन्दिर, तालवाराही मन्दिर, नारायणथान, शोभा भगवती, सितलदेवी, भिमसेनथान, भैरवथान, जाल्पादेवी, सरस्वती मन्दिर, बौद्ध विहार, शान्ति स्तुप, बौद्ध धर्मचक्र द्धीपस्य माटेपानी, रामकृष्ण टोल, गाइनेटोल आदि ।

३) म्युजियमः
क) क्षेत्रिय संग्राहलय, नयाँबजार
ख) अन्नपूर्ण संग्राहलय, भीमकालीपाटन, बगर
ग) अन्तरराष्ट्रिय हिमालयन संग्राहलय, घारीपाटन

अन्तरराष्ट्रिय सम्बन्धः
  १) सिटीनेटको सदस्य
  २) आइ.सि.एल.इ.एल. को सदस्य
  ३) कोमागाने(जापान) को भगिनी शहर
४) लिन्झी (चीन) को भगिनी शहर

पोखरा सहर कास्की जिल्लाको सदरमुकाम हो र कास्की जिल्लालाई आठ तालको बगैंचा पनि भनिन्छ । ति तालहरु हून फेवा, बेगनास, रुपा, खास्टे, दीपांग, मैदी, नयूरेनी र गुँदे ।

post signature
Read More »

तालवाराही मन्दिर

Be the first to comment! Posted by Nirazo Malla on 8:30 AM

पोखरा उपत्यकाको मात्रै नभई कास्की जिल्लाकै सुप्रसिद्ध देवीको नाम हो तालवाराही । तालवाराहीको इतिहासको सन्दर्भमा चर्चा गर्नु पर्दा तत्कालिन कास्कीका राजा कुलमण्डन शाहद्वारा यो मन्दिरको स्थापना गरिएको बताइन्छ ।

उत्पति तथा स्थापनाः
यस सम्बन्धमा एक बडो रोचक किंवदन्ति रहेको पाइन्छ । जस्तो वाराहीदेवी पहिले तालको सिरानको वीचमा थुम्कीमा अवस्थित भएको र पछि ताल पुरिँदै आएकोले आँफू पानीमै रहन रुचाउने भएकोले तत्कालीन कास्कीका राजा कुलमण्डन शाहलाई सपनामा आँफूलाई तालको वीचमा स्थापित गराई सेवा गुर्न भनेकाले यिनको मन्दिर तालको वीचमा बनाइएको भनिन्छ । तालवाराहीको शुरुको मन्दिर फेवातालको करिब सिरान तालको वीचमा रहेको थुम्कीमा बनाइएको तर पछि तालको पानी सुक्दै गएकोले वाराही देवीले तत्कालीन शासकलाई आफ्नो वासस्थान वरिपरि पानी सुक्दै गएकोले पानीको श्रोत अर्थात पानी भएको स्थानमा सारिदिनु भन्ने स्वप्नमा संकेत भएकोले पछि फेवातालको सिरानको थुम्कीबाट यहाँ अर्थात अहिले स्थानमा ल्याई स्थापना गरिएको बताइन्छ । वि.सं. १८६८ सालमा तालवाराहीको नित्य पूजा आजाको लागि गुठीको व्यवस्थाको एक लालमोहर जारी गरिएको थियो । तर कुलमण्डन शाहले स्थापना गरिएको हो भने वाराहीको इतिहास बुझ्न धेरै अघिको समयमा पुग्नु पर्ने हुन्छ । कुलमण्डन शाले स्थापना गरेको भन्ने मौखिक आधार वाहेक अन्य कुनै लिखित प्रमाणहरु पाउन सकिएको छैन । जेभएता पनि लामो इतिहास वारे शंका गर्ने ठाउँ भने छैन । किनकि खासगरी हिन्दू शासकहरु देवी देवता अर्थात अदृश्य शक्ति प्रति ज्यादै आस्था र विश्वास राख्ने र उनीहरुको मूर्ति बनाई श्रद्धा पूर्वक सेवा गर्ने प्रचलनको इतिहास ज्यादै पुरानो रहेको पाइन्छ । जसको निम्ति कुनै शंका उपशंका गर्ने ठाउँ छैन ।

नेपालको मुटुमा पर्ने शहर पोखराको प्रसिद्ध ताल फेवातालको पनि मुटुमा अवस्थित ताल, पोखरा उपत्यकाको मात्रै नभई कास्की जिल्लाकै सुप्रसिद्ध देवीको नाम हो तालवाराही ।

पूजा विधि तथा व्यवस्थाः
यस मन्दिरमा प्रत्येक दिन विहान वेलुका नित्य नैमित्यक पूजा गर्ने गरिन्छ । देवीका मूर्ति तथा मन्दिर सफा गरिन्छ । प्राकृतिक विशेषताले भरिपूर्ण यस मनोरम पोखरा त्यसैमा पनि फेवाताल जस्तो प्रसिद्ध तालको वीचमा अवस्थित देवीको दर्शन गर्न नेपालीको साथ साथै विभिन्न मुलुकबाट आउने पर्यटकहरु पनि दर्शन गर्न इच्छुक हुने हुँदा दिनमा समेत यो मन्दिर खुला रहन्छ । यहाँ विशेष ध्यान दिनुपर्ने कुरा के छ भने यो मन्दिर हिन्दुहरुको देवी भएकीले क्रिश्चियनहरुको लागि प्रवेश निषेध गरिएको बुझिन्छ ।
यहा बली पनि चल्दछ । एकादशी, सोह्र श्राद्ध तथा बुद्ध जयन्तीका दिन वाहेक अन्य दिनहरुमा बली चढ्ने भएकाले तालवाराहीको मन्दिरमा नित्य पूजाको साथ साथै बली पनि त्यत्तिकै चल्छ । बोका तथा हाँसको बली दिन्छ भने परेवाहरु उडाईने प्रचलन रहेको छ ।
यहाँ टाढा टाढाबाट आई विवाह तथा ब्रतवन्ध जस्ता कर्महरु पनि विधिवत रुपमा गरिने गरिन्छ । तालवाराही मन्दिरलाई यस क्षेत्रका वासिन्दाहरुले विषेश शक्तिका रुपमा मात्र नभै साक्षत्कार देवीको रुपमा पुज्ने गर्दछन् । त्यसैले नव विवाहित जोडीहरु आफ्ना अभिभावक तथा आफन्तहरुको साथ आई देवीलाई साक्षी राखेर एक आपसमा श्रीमान् तथा श्रीमतिकोरुपमा गाँठो बाँध्दछन् । देवीलाई साक्षी राखेर विवाह गरिने हुँदा यदि कथम् कदाचित विछोड भएमा वा विछोड हुने प्रयास भएमा देवीको कुदृष्टि पर्ने मनोवैज्ञानिक प्रभावले पनि ठूलो भूमिका खेलेको हुन्छ । सारांशमा भन्नु पर्दा यस तालवाराही मन्दिरमा प्रत्येक महिनाको शनिवार, मंगलवार र विवाह तथा व्रतवन्धको लगन हुने महिनाहरु जस्तो मंसिर, माघ, फाल्गुण, वैशाख, जेष्ठ, आषाढ आदि विशेष भिडभाड रहन्छ ।

जनधारणा तथा विश्वासः
नेपाली समाज युगौँ देखि नै देवी देवताहरु तथा तान्त्रिक शक्तिबाट ज्यादै प्रगाढ रुपमा प्रभावित एवं आस्थावान रहँदै आएको पाइन्छ । मुलुक भर रहेका अन्य प्रसिद्ध मन्दिरहरु जस्तै यस तालवाराही मन्दिरलाई पनि साक्षात्कार शक्तिको रुपमा पुजिने गरिन्छ । वाराही देवी वास्तवामा एक साक्षात्कार एवं अद्भूत शक्तिशाली देवी हुन् । अलिकतिपनि कुदृष्टि तथा अननास्था राख्ने व्यक्तिहरुलाई केही न केही हानी पु¥याएर छोडेकी हुन्छिन् । वाराही देवी साक्षात्कार देवी हुन् भन्ने कुरा वि.सं. २०१७ सालमा यस मन्दिरको जीर्णोद्धार गराउने क्रममा स्व. श्री ५ महेन्द्र सरकारलाई मेरो रुप यथास्थितिमै राखी जीर्णोद्धार गर्ने भन्ने सपना भएको र मन्दिरलाई नयाँ दाँचा जीर्णोद्धार गर्ने विचारलाई त्यागी मौसुफ सरकारबाट मन्दिरको जीर्णोद्धार गर्दा पूर्वावस्थालाई यथास्थितिमै राखी गर्नु भन्ने हुकुम भई सोही अनुरुप जीर्णाेद्धार भएको बताइन्छ । यसका साथ साथै देश विदेश गएर आएका तथा आँफूलाई कुनै अप्ठ्यारो पर्दा राम्रो होस भनि बोको वा परेवा, हाँस जे भए पनि लिएर तिम्रो मन्दिरमा आउने छु भन्ने प्रण गर्नु र सोही प्रण अनुरुप आउनुलाई पनि देवी साक्षात्कार छिन् भन्ने कुरा बुझिन्छ । यहाँ कास्कीबाट मात्र नभएर स्याङ्जा, तनुहँ, लमजुङ्ग, गोरखा, पर्वत, वाग्लुङ्ग तथा समग्र अधिराज्यकै विभिन्न जिल्लाका वासिन्दाहरु यहाँ दर्शन गर्न आउने गरेको पाइन्छ । यसबाट पनि के स्पष्ट हुन्छ भने तालवाराही देवी प्रति नेपालीहरुको गाढा विश्वास, आस्था र प्रभाव पर्याप्त छ । यस मन्दिर प्रति पश्चिमाञ्चल क्षेत्रको मात्र सिमित नरहेर अधिराज्यकै वासिन्दा तथा अन्य मुलुकबाट आउने पर्यटकहरुको पनि त्यत्तिकै आस्था र जिज्ञासा रहेको पाइन्छ ।

बनोट तथा शैलीः
शुरुमा निर्माण कार्य गर्दा यो मन्दिर ढुङ्गा र माटोको गारो र फुसको छानो राखी बनाइएको थियो । पछि वि.सं. २०१७ सालमा स्व. श्री ५ महेन्द्र सरकारबाट हालको विद्यमान अवस्थाको रुपमा जीर्णोद्धार गरिएको बताइन्छ । मन्दिरको मूलढोकाबाट दाँया सातौँ टुडालमा २०१७ सालमा श्री चामुण्डा लेखिएको मन्दिरकै दाँया तर्फ भएको दुई सालको खम्बामा अर्को काठ तेर्साइ झुण्डाइएको घण्टमा श्री ५ महाराजधिराज महेन्द्रबाट चढाई बक्सेको उल्लेख हुनाले उक्त मन्दिरको जीर्णोद्धार महेन्द्र सरकारबाट गराईबक्सेको देखिनआउँछ । वर्तमान मन्दिर ढुङ्गाको गारोमा सुकी चुनाले टिपकार गरिएको छ । दुईछाने उक्त मन्दिरको छाना तामाको पाताले छाइएको र पित्तलको गजुरमा सुनको जलप लगाइएको छ । मन्दिरको ढोका सालको साधारण प्वालयुक्त बुट्टेदार छ । मन्दिरका टुँडालहरु विभिन्न देव देवीहरुका नामहरु अंकित छन् जस्तै श्री साँगिनी(सिँहिनी) श्री डलमत्त भैरव, श्री तालवाराही, श्री वागिरती, श्री रुद्राषनी, श्री विलवि, श्री वाराही देवी, श्री महालछिमी, श्री कुमारी, श्री वाराहिमाई, श्री रुद्राखनी, श्री गनिस(गणेश) १०१७ सालमा श्री चामुण्डा, श्री वाराही, श्री वाल कुमारी र श्री वुमायनी आदि । उक्त मन्दिरहरु वडो मेहनतका साथ कलात्मक रुपमा कुँदिएका छन् । यसले यस मन्दिरको काष्ठकलाको वैशिष्ठतालाई स्पष्टता पार्दछ ।
मन्दिरको भित्तो टायल लगाइएको तथा भूइँमा सिगमरमर विछ्याइएको छ । मन्दिर वाहिर पेटीको चारैतिर पनि मार्वल विछ्याइएको छ । मन्दिरको भित्र र वाहिर पेटीको चौघेरामा टायल तथा मार्वल लगाइएको छ । उक्त कार्य २०५४ सालमा आफ्नो स्वर्गीय बुवा तथा मुमाको स्मृतिमा श्री महेन्द्र पालिखे तथा गणेश पालिखे ज्यूहरुले लगाइदिएको पाइन्छ । मन्दिर भित्र वीचमा वाराही देवीको शिलाको मूर्ति राखिएको छ । उक्त शिलाको मूर्तिको वाँया तर्फ शिलामा सूर्यको चित्र अंकित शिला राखिएको छ । दाँया तर्फ गणेशको मूर्ति राखिएको छ । वाराही देवीलाई तामाको छतरीले छाहारी दिलाइएको छ । मूर्तिकै दाँया तर्फ वि.सं. १८५४ मा लेखिएको एक शिलालेख पनि छ । मन्दिरको परिसर भित्र टीनको छानो भएको छहारी बनाइएको छ । त्यस्तै मन्दिरकै परिसर भित्र ढुङ्गाको छानो भएको एक यज्ञ मण्डप बनाइएको छ । उक्त मण्डप २०५५ सालमा आफ्ना स्वर्गीय बुवा मुमाको स्मृतिमा श्री नारायण पहारीले बनाइदिनु भएको कुरा मण्डपको भित्तामा अवस्थित शिलालेख ले स्पष्ट पार्दछ । मण्डपकै केही पर श्रीमति वीभा नेपालीले आफ्नो खर्चमा पानीको धारा बनाइदिएकी छिन् । उक्तकुरा पनि नजिकैको शिलालेखमा उल्लेख गरेको पाइन्छ । मन्दिर प्यागोडा शैलीको छ । तलको तालवाराही मन्दिर केही वर्ष पुरानो हो ।


स्रोत: पत्रपत्रिका एवं पुस्तकहरु
post signature
Read More »

Tuesday, December 06, 2011

प्रेम

Be the first to comment! Posted by Nirazo Malla on 8:10 AM

सायद माया गर्ने मान्छे
सामु नभए पनि हुन्छ होला
तर मेरो लागि तः
माया गर्ने मान्छे
मेरै सामुन्ने नै हुनुपर्छ

प्रेमको भाषा
नबोले पनि हुन्छ होला सायद
तर मेरो लागि
मुखले नै व्यक्त गर्नुपर्छ

टाढा रहेर टड्पिरहनु भन्दा
पापी यो प्रेमको नगिच रहेर
हरपलको याद समेट्नु
जीवन्त रोमान्चित होला

प्रेममा बोल्न एकदम
सजिलो हँुदो रहेछ तर
पूरा गर्नलाई हुँदो रहेछ
कष्टकर एवं गाह्रो

नजानी नबुझि
यसमा पाइला नराख्नुहोला
नलिनु अनि नदिनु ति
झुठा कसम अनि वाचा
जो पूरा हुन सक्दैन भने

पश्चतापको खाडलमा
धकेल्नुनै छ भने
झुठा आश्वासन पनि नदिनुहोला
प्रेम त हो दुई आत्माको मिलन

नसम्झ यसलाई खेलौनाको खेल
साहस छ भने
लगाउ असल प्रेम
तर नबनाउ तिरस्कार
अनि अभिशापको मेल

प्रेममा विश्वास
गर या नगर तर
माया गाढा हुँदो रहेछ
जसले मानुष लाई
पागल सरी बनाइदिँदो रहेछ

प्रेममा पाउनु मात्र
ठूलो कुरा नरहेछ
त्याग गर्नु पनि एक
असल प्रेम रहेछ

त्यसैले कुँदेको छु तिमै नाम
मेरो यो छाती भरि
तिमी मेरो होउ या नहोउ
तिमी नै हुनेछौ सँधै भरि

post signature

Print
Read More »

Sunday, December 04, 2011

Change NotePad as your personal DIARY

1 Comment so far Posted by Nirazo Malla on 7:14 AM

नोटप्याडलाई आफ्नो पर्सनल डायरीमा परिवर्तन गरौँ अनि आनन्दमा रमाउनुस् । भएन त फाइदै फाइदा !

हामीहरु प्राय आफ्ना मनका भावनाहरु आफ्नो एक व्यक्तिगत डायरीमा समेट्ने गर्दछाँै । जो कागजले बनेको हुन्छ । आजको यस २१ आँै शताब्दीमा हामी कम्प्युटरको प्रयोग गर्दछाँै तर हामी मध्ये धेरै लाई यस कुराको ज्ञात छैन कि कम्प्युटरमा हुने नोटप्याडमा एउटा सुन्दर कार्य दक्षता छ जसलाई प्रयोग गरेर हामी यसलाई आफ्नो पर्सनल डायरीमा परिवर्तन गर्न समर्थ हुन्छौँ । त्यस बाहेक पनि नोटप्याडका विभिन्न प्रयोजनहरु छन् ।

यहाँ म हजुरहरुलाई के बताउन जाँदै छु भने यो नोटप्याडलाई कसरी डायरी झै प्रयोगमा ल्याउन सकिन्छ त । त्यसका लागि हामीले निम्न कार्यहरु गनु पर्ने हुन्छ ।

  • सर्वप्रथम नयाँ नोटप्याड खोलौँ ।
  • अव त्यसमा पहिलो पंक्तिको रुपमा .LOG लेखि इन्टर बटन प्रेस गरौँ । त्यस पछि उक्त फाइललाई सेभ गरेर बन्द गरौँ ।
  • पुनः उक्त सेभ गरिएको नोटप्याडको फाइललाई खोलौँ र हामीले के पाउने छौँ त भन्दा चलिरहेको समय र गते त्यहाँ लागु भएको र
    कर्सर उक्त समय र गतेको तल भएको देख्नेछाँै ।
  • अब आफुलाई लागेका कुराहरु स्वतन्त्र भएर लेख्न सक्छौँ र अन्त्यमा त्यसलाई फेरी सेभ गरौँ अनि बन्द गरौँ ।
  • जब जब हामी त्यो फाइल खोल्दछौँ त्यसले पुनः समय र गते राख्ने प्रकृया दो¥याउँदछ जसले गर्दा हामीले लेखेका लेखको अन्त्यमा नयाँ समय र गते प्रयोगमा आउँदछ । त्यस पश्चात हामीले कर्सर लाई उक्त समयको तल पारेर पुनः आफ्नो कार्यलाई निरन्तरता दिन सक्छौँ ।

post signature

Print
Read More »

Monday, November 28, 2011

जिताकोट एक चिनारीः

Be the first to comment! Posted by Nirazo Malla on 8:07 AM
मजुङ्ग जिल्लाको दक्षिण पश्चिम भागमा अवस्थित जिता गा.वि.स. वडा नं. ४ जिताकोटलाई तमुहरुको निकै रमाइलो वस्तीको रुपमा लिइन्छ । जिताकोट सामुन्द्रिक सतहदेखि १३६७ मिटर उचाईमा रहेको छ । यहाँको तमूहरु आफ्नो संस्कृति, संस्कार, भेष भूषा, धर्म र भाषाको जगेर्ना सम्वद्र्धन र संरक्षण गर्न सधैँ तत्पर रहेको पाइन्छ । यहाँ ६४ घरधुरी छन् । जसमा तमूहरु ३३, खवास २७, घर्ती ३ र मगर १ घरहरु छन् । यहाँको घरहरु जस्ता, ढुङ्गा र खरहरुले छाएका छन् । जिताकोट उच्च स्थानमा रहेकोले यो गाउँ प्राकृतिक दुश्यावलोकनको निम्ति अति नै रमणीय स्थानको रुपमा रहेको छ । यस ठाउँबाट विभिन्न हिमश्रृंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । जस्तैः माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, हिमालचुली र गणेश हिमाल यस्तै गरी यहाँबाट पोखरा उपत्यका, सराङ्गकोट, भार्लेटार, तुर्लुङकोट गाउँशहर, सुन्दर बजार, कुन्छा मौरियाकोट, मिर्लुङ्गकोट, तनहँुसुर, बन्दिपुर, छिम्केस्वरी, मानुङ र मादी नदी आदिको अवलोकन पनि गर्न सकिन्छ ।
यस गाउँको मुख्य पेशा भन्नु पर्दा खेती हो । यहाँ धान, मकै, कोदो, फापर, तोरी, घैया, पिंडालु, गहत, रहर, तिल, भटमास आदिको राम्रो उत्पादन हुन्छ । यहाँको युवाहरु प्राय लाहुरे र वैदेशिक रोजगारमा आवद्ध भएका छन् । यस ठाउँमा पुग्नको लागि सदरमुकाम वेसीशहरबाट माइक्रो सञ्चालनमा छ भने दमौलीबाट ठूलो बसको व्यवस्था गरिएको छ । गत वर्षबाट भारत सरकारमार्फत भू.पू.हरुकौ पहलबाट विद्युतीकरण गरी उक्त स्थानलाई झिलिमिली पारिएको छ । खानेपानीको लागि आर.आर.आर.एस.डि.पि. (ग्रामीण पुनरर्निर्माण तथा पुनस्र्थापना आयोजना) संस्थाबाट साढे ९ कि.मी. दुरी भाँगु गाउँबाट पाईप जडान गरी १३ वटा धाराहरु सञ्चालनमा ल्याइएको छ । प्रारम्भिक शिक्षाको लागि २०१२ सालमा यस जिताकोट निवासी स्व.सुवेदार टेकबहादुर गुरुङ्गको विशेष पहलबाट प्रारम्भिक शिक्षाको लागि श्री सर्वनन्दन प्रा.वि. को स्थापना गरिएको छ । मा.वि.को हकमा १५–२० मिनटको दुरीमा गा.वि.स. मा नै मा.वि. सञ्चालन छ । उच्च शिक्षाको लागि भने छिमेकी गा.वि.स. मा जानुपर्छ । सञ्चारको लागि एन.टि.सि. को टावर गाउँमा नै र एनसेलको टावर नजिकै गा.वि.स. मा भएकोले कुनै समस्या छैन ।
दैनिक उपयोग्य वन पैदावरको लागि वन जङ्गल प्रसस्त मात्रामा उपलब्ध छ । जडिबुटीहरु, लाली गुँरास, पखनवेद, काफल, चिल्लो बादलपाते, कम्मरे लहरा, खोले बिराले, गाईखुरे आदि प्राप्त हुन्छ साथै वन्यजन्तुहरुमा बाघ, भालु, मृग, कालिज, वनकुखुरा, बाँदर, तित्रा, र लुईंचे आदि पाइन्छ । भौगोलिक एवं एैतिहासिक दृष्टिकोणले जिताकोट अत्यन्तै रमणीय स्थान हुनुका साथै सवै स्थानहरुबाट सम्पन्न र तमूहरुको संस्कृति, संस्कार र भेषभूषाको संरक्षण र सम्वद्र्धन भएको स्थानको रुपमा लिन सहिन्छ । तर बिडम्बनाको साथ भन्नु पर्दा आज हामीहरु २१औँ शताब्दीकौ हाराहारीमा हिँडिरहँदा अहिलेको फेसन विदेश जाने भएकाले गाउँघरका युवाहरु रोजगारको लागि विदेश पलायन हुने र छोरी, बुहारीहरु गुणस्तरीय शिक्षा आर्जन गर्न, स्वास्थ्य उपचारकौ निहुँमा शहरमा बस्ने प्रवृत्ति बढेको कारण हाल गाउँमा शुन्यता छाएकौ हामी पाउँदछौँ । जसको कारण गाउँको संस्कार, संस्कृति, भेषभूषा र गाउँको अस्तित्व लुप्त हुने पो हो कि? भन्ने सन्त्रास छाएको छ ।
स्रोत्रः तमू संसार वर्ष ११, अंंक ४१

post signature
Print Page
Read More »

Friday, November 25, 2011

Parijat - a writer

2 Comments so far Posted by Nirazo Malla on 8:42 AM

नेपाली साहित्याकासमा थुपै साहित्यकारहरु छन् । त्यस मध्ये मलाई मनपर्ने मध्यकी एक हुन, पारिजात । जसको मूल नाम विष्णु कुमारी वाइवा थियो । तर उहाँले पारिजात(पारिजात रात सुगंधित गर्ने चमेली फूल हो) नामको कलम नामबाट लेख्ने गुर्न हुन्थ्यो । उहाँको सबैभन्दा प्रशंसनीय प्रकाशन शिरिषको फूल (The Blue Mimosa) हो । जसलाई विदेशी विश्वविद्यालयहरुको पाठ्यक्रमहरुमा पनि समावेश गरिएको छ ।

पारिजातको जन्म वि.सं १९९४ बैशाख महिनामा दार्जिलिङ्गको पहाडी स्टेशन, भारतमा, भएको थियो । उहाँको जन्म स्थान,दार्जिलिङ्ग, नेपालीभाषीहरुको संस्कृति तथा साहित्यको एक प्रमुख केन्द्र थियो । जुन एक पटक नेपालको हिस्सा पनि थियो । दार्जिलिङ्गले नेपाली साहित्यलाई उकास्नमा प्रभावशाली भूमिका निभाएको थियो । पारिजात सानै देखि नेपाल तथा नेपाली साहित्यसँग जाडिनुभएको थियो । उहाँलाई सानैबाट साहित्यमा रुचि थियो । त्यसले नै नेपाली साहित्यलाई उर्वर बनाउनमा सरहानीय काम गर्यो ।

पारिजातले आफ्नो स्कूली ज्ञान दार्जिलिङ्गबाट नै पूरा गर्नुभएको थियो । साथै वि.सं २०११ सालमा नेपालमा भित्रिएकी थिइन् । उनले पद्य कन्या विद्याश्रमबाट एस.एल.सी. पास गरिन् र सोहि विद्याश्रमबाट बि.ए. सम्म शिक्षा हासिल गरिन् । शारिरिक बिमारीको कारणले गर्दा उनको अंग्रेजीमा एम.ए. गर्ने इच्छा अधुरै रह्यो । जसको कारण उनको जीवन उहाँकै बहिनीबाट संरक्षित थियो ।

पारिजात एक शसक्त उपन्यासकार हुन् । उनी कवयित्री भन्दा बढी कथाकार र कथाकार भन्दा बढी उपन्यासकारमा प्रसिद्ध छिन् । पारिजात बौद्धिक र चिन्तनशील स्रष्टा थिइन् । उनले बिसङ्गति र बिकृतिका बिरुद्धमा बेजोड रुपमा कलम चलाएकी थिइन् ।

उनले वि.सं. २०१३ मा धरती पत्रिकामा कविता प्रकाशन गरिन् । त्यसै गरी उनले आकांक्षा र बैशालु वर्तमान गरी ३ कविता संग्रहहरु प्रकाशन गरेकी थिइन् । उनी एक प्रसिद्ध कथाकार पनि थिइन् । वि.सं. २०५१ सालमा ‘मैले नजन्माएको छोरो’ कथा प्रकाशन गरी उनी कथाको फाँटमा पनि देखा परिन् । उहाँको उपन्यासहरु मध्ये शिरिषको फूलले उनलाई एक प्रसिद्ध उपन्यासकारको रुपमा खडा गरिदियो र जसको लागि उनलाई मदन पुरस्कारबाट सम्मानित पनि गरिएको थियो । साथ साथै उहाँले सर्वश्रेष्ठ पान्डुलिपि, गण्डकी बसुन्धरा तथा अन्य सम्मानहरु पनि प्राप्त गर्नुभएको थियो ।

पारिजात आजीवन अविवाहित रहनुभयो तथा शारिरीक पीडाले पनि उहाँलाई जगडेको थियो । जुन समयमा उनले साहित्यको लागि योगदान गर्दै थिइन् । पारिजात बौद्धिक र चिन्तनशील स्रष्टा थिइन् । सामाजिक असमानता, विसङ्गति र बिकृतिका बिरुद्धमा उनको लेखन बेजोड गरिमा चलेको थियो । उनले आफ्नो जीवनकालमा शारिरीक बल भन्दा आत्मबल ठूलो हुन्छ भनि पुष्टी गरेरै छाडिन् । उनले अशक्त भएर पनि साहस र आत्मबल भए समाज र राष्ट्रको लागि योगदान दिन सकिन्छ भन्ने कुराको पुष्टि गरिन् । उनी विभिन्न रोगहरुबाट ग्रसित हुँदै गएपछि उनको बहिनको सहयोग र स्नेहबाट उनको जीवनरथ अघि बढ्दै गएको थियो । पारिजातको वि.सं. २०५० साल बैशाख ५ गते देहावशन भयो । उनी गए पनि उनका कृतिहरुले उनलाई अमर बनाइराखेको छ ।

ग्रन्थ सूची
उपन्यासहरुः
  • शिरिषको फूल
  • महत्ताहिन
  • परिभाषित आँखाहरु
  • बैँशको मान्छे
  • तोरीबारी, बाटा र सपनाहरु
  • अन्तर्मुखी
  • उसले रोजेको बाटो
  • पर्खाल भित्र र बाहिर
  • अनिदो पहाड सँगै
  • बोनी

कथा
क) मैले नजन्माएको छोरो

लघु कथा संग्रह
क) आदिम देश
ख) सडक र प्रतिभा
ग) साल्गीको बलात्कृत आँसु
घ) बधशाला जाँदा आउँदा

कविता संग्रह
क) आकांक्षा
ख) पारिजातका कविता
ग) बैँशालु वर्तमान

संस्मरण निबन्ध
क) धुपी, सल्ला र लालीगुराँसाको फेदमा
ख) एउटा चित्रमय सुरुवात
ग) अध्ययन र संघर्ष


Read More »

Sunday, November 20, 2011

डरबाट मुक्ति कसरी पाउने !

Be the first to comment! Posted by Nirazo Malla on 10:35 PM

स संसारमा नडराउने मानिस कमै होलान तैपनि हामीले आफ्नो सानो प्रयास गर्दैमा पनि डरबाट मुक्ति पाउन सक्छौँ । भनिन्छ डर नै मानिसको सबै भन्दा ठूलो र बलियो शत्रु हो । रोग, असफलता र खराब मानवीय सम्बन्धको पछाडि पनि डरको नै ठूलो भूमिका रहेको पाइन्छ । लाखौँ, करोडौँ व्यक्तिहरु भूतकाल, भविष्य, वृद्धावस्था, अमानवीय गुण र मृत्यु देखि डराउँदछन् । तर डर तपाईका मनका विचार मात्र हुन् । सर्वप्रथम तपाई आफ्नै विचारसँग डराउँदै हुनुहुन्छ ।
यी र यस्ता अनगिन्ती डरहरुबाट पर हुनको लागि सकारात्मक भावका बीउहरु आफुमा उब्जाउनुहोस् र यी भावहरुले आफू जस्तै सकारात्मक घटना–परिस्थिति सिर्जित गर्दछन् । फलस्वरप तपाई आत्मविश्वासी, सहज र शान्त बन्न सक्नु हुनेछ । अन्यथा सदा तपाई हामी अन्धकारको पोखरीमा रुमलिरहन्छौँ । तसर्थ हामीले डरबाट पार पाउन केही उपायहरु अपनाउन पनि सक्दछौँ जसलाई आफूमा लागु गरेर वा भनौँ केलाएर र मनन गरेर अघि बड्यौँ भने हामी डरबाट सजिलै मुक्ति पाउँदछौँ ।
डरबाट मुक्ति पाउने केहि उपायहरुः
१) त्यो काम गुर्नहोस् , जुनकाम गर्दा तपाईलाई डर लाग्छ । त्यसो गर्नाले मृत्यु निश्चित हुन्छ तर स्वयं सँग विश्वास र आस्थाले भन्नुहोस् कि ‘म यस डरलाई हराउने छु’ भने तपाईले हराउनु हुनेछ ।
२) डर तपाई हाम्रो मस्तिष्कको नकारात्मक विचार हो । तसर्थ यसको बदलामा सृजनात्मक विचार राख्नुहोस् । विश्वास डरभन्दा पनि ज्यादै शक्तिशाली छ । ईश्वर र राम्रोपनको आस्था भन्दा अरु सशक्त चीज केही पनि छैन ।
३) प्रेमले डरलाई बाहिर निकालिदिन्छ । प्रेम भन्नु जीवनका राम्रा चीज प्रति भावनात्मक अनुराग हो । इमानदारी, अखण्डता, न्याय, सद्भावना र सफलतासँग प्रेम गर्नुहोस् । सर्वश्रेष्ठको सुखद् चाहनामा जिउनुहोस् स्वतः तपाईलाई सधैँ सर्वश्रेष्ठनै मिल्नेछ ।
४) यदि तपाई पानीमा पौडन डराउनु हुन्छ भने आफ्नो कल्पनाको संसारमा स्वतन्त्रता र खुशीका साथ मज्जाले पौडनुहोस् साथै स्वयंलाई मानसिकरुपमा पानीमा उतार्नहोस् । तालमा पौडिँदा त्यसको चिसोपना र रोमान्चलाई अनुभव गर्नुहोस् । यसो गर्नालै तपाई पानीमा जान र यसलाई जित्न बाध्य हुनुहुनेछ । यो हाम्रो मस्तिष्कको नियम पनि हो ।
५) यदि तपाईलाई बन्द कोठामा (मानौ लिफ्टमा) डर लाग्दछ भने मानसिकरुपले त्यस लिफ्टको सवारी गर्नुहोस् साथै त्यसकौ सम्पूर्ण कार्य र भागलाई इमान्दारीपूर्वक प्रशंसा गर्नुहोस् । तपाईलाई अचम्म लाग्नेछ कि तपाईमा भएको डर चाँदै पर हुनेछ ।
६) सामान्य डर राम्रो हो तर असामान्य डर निकै विध्वंसात्मक हुन्छ । असामान्य डर त्यतिबेला परास्तः हुन्छ जब तपाईलै थाहा पाउनु हुन्छ कि तपाईको अवचेतन मन (Sub-conscious mind) को शक्तिले परिस्थितिलाई बदल्न सक्दछ । तसर्थ आफ्नो इच्छालाई तत्काल ध्यान दिनुहोस् र त्यो प्रति निष्ठावान रहनुहो् , जो तपाईको डरको विपरित छ । यहि नै त्यो प्रेमको जसले सजिलै डरलाई पर भगाउँदछ ।
७) प्रतिस्थापनको महान नियम डरको मुख्य जवाफ हो । तपाई हामी जे सँग डराउँदछौँ, त्यसको समाधान तपाई हाम्रो इच्छाको रुपमा रहेको हुन्छ । यहि तपाई विरामी हुनुहुन्छ भने तपाई स्वास्थ्यको इच्छा गर्नुहुन्छ । यदि तपाई डरको कैदमा हुनुहुन्छ भने तपाई स्वतन्त्रताको इच्छा गर्नुहुन्छ । सदैव राम्रोको आशा राख्नुहोस् । मानसिकरुपमा राम्रो तर्फ ध्यान केन्द्रित गर्नुहोस् र थाहापाउनुहोस् कि तपाईको अवचेतन (Sub-conscious mind) मनले सधैँ तपाईलाई जवाफ दिन्छ र त्यो कहिल्यै चुक्दैन ।
८) एउटै मात्र रचनात्मक शक्ति छ र त्यो सद्भावका रुपमा चल्दछ । यसमा कुनै विभाजन वा संघर्ष छैन । यसको स्रोत प्रेम हो । त्यसैले ईश्वरकौ शक्ति तपाई हाम्रो सकारत्मक विचारका साथ छन् ।


post signature

Read More »

पर्यटकीय गाउँ भाचोक

Be the first to comment! Posted by Nirazo Malla on 10:18 PM

भाचोक गाउँ पोखराबाट नजिकै पर्ने साथै रमणीय ठाउं हो । गुरुङ्गहरुको बाहुल्यता भएको यस गाउँमा उनीहरुको संस्कृति देख्न, हेर्न र भुझ्ना पाईन्छ ।

कास्की जिल्लाको उत्तर–पूर्वमा यो गाउँ ‘भाचोक” अवस्थित छ । पोखराबाट यो गाउँ ४० किलोमिटर टाढा पर्छ । यो गाउँ कास्की जिल्लाको भाचोक गाविसमै पर्दछ । पोखरासँगै जोडिएको पर्यटकीय गाउँमा भाचोक पनि त्यत्तिकै परिचित छ । जहाँ करिब एक सय ६० घरधुरी रहेको छ । ग्रामीण सुन्दरतामा रमाउने पाहुनाहका लागि यो गाउँ निकै सुविधायुक्त मानिएको छ । त्यसैले पश्चिमा पर्यटकलै यसलाई होम स्टे भिलेजको रुपमा व्याख्या गर्न थालेका छन् । गुरुङ्गहरुको बाहुल्यता रहेकै कारणले यस गाउँमा गुरुङ्गहरुको संस्कृतिसमेत देख्न पाइन्छ ।

गाउँमा नजिकको निकै रमाइलो जंगल छ । त्यहाँ विभिन्न जातका चराचुरुङ्गी हेर्न र उनीहरुको आवाज सुन्न पाइने स्थानीयवासीले जानकारी गराए । भाचोक पुग्ने पर्यटकले सो जंगलमा पाइने रतुवा, मृग, भालु, चितुवा, घोरल, थार, डाँफे, मुनाल, कालिज जस्ता लोपउन्मुख चराहरुको आवाजसमेत सुन्न सक्छन् । यी जनावर तथा पन्छीलाई कसैले त देख्ने अवसर समेत पाउँछन् । भाचोक गाउँ पुग्न पोखराको रानीपौवाबाट २ -२ घण्टाको अन्तरालमा थुम्सीकोट सम्मका लागि बसमा चढ्न सकिन्छ । पोखराबाट करिब २ घण्टाको बस यात्रा पछि थुम्किकोट पुगिन्छ । तत्पश्चात चराचुरुङ्गीको आवाज सँगै भट्टगाउँको मोही, गाउँमा पाइने बाक्लो दूध खाँदै लगभग २ घण्टाको पैदल यात्रा पछि गाउँमा पुग्न सकिन्छ ।

post signature

Print Page
Read More »

रुमलिएको जिन्दगी

1 Comment so far Posted by Nirazo Malla on 7:40 PM

अँध्यारो र सुन्सान
रात अनि ठाउँमा
उज्यालो प्रकाशको
खोजीमा
बसि रहेको छु

कतै यसबाट उम्कन
पाउँछु कि भनि
यता उति बाटो खोज्न
हिँडिरहेको छु

खै के गर्नु
यसको आशमा
केवल निराशा मात्र
पाएको छु

भौँतारि रहेको छु
आउने पूर्णिमाको
रातलाई
पर्खँदा पर्खँदै
एक मिल्किएको
बस्तु सरह
छरिएर रहेको छु

पूर्णिमाको रातको प्रतीक्षा
गर्दा गर्दै औँसीको रात
झैँ पो भै गयो
मेरो यो जिन्दगी

अँध्यारोबाट निस्कने
कोशिस गर्दा गर्दै
झन अँध्यारो मै
रुमलिएको जिन्दगी
जिन्दगी भै गयो

post signature Print Page
Read More »
 

About The Author

Hi! I am Nirazz and live in Pokhara, A beautiful city and situated in the heart of the country, Nepal. I am an addict to Blogger, Computer Enthusiastic, charming, Migger and Teacher.
Follow Him @ Facebook | Twitter | Migme Read More..

Author

My Photo
I am thhe techhno freak, whenever i get time i used to go here and there in net tweek that with my blog. I love what I want to do, and i am happy 4 that too!

© 2017. All Rights Reserved | ApHrOdi$iaC | Template by Blogger Widgets | Powered by Blogger

Home | About | DshBrd | Top ▲ | Leave