१)
अगुवाले बाटो छेकी छल्छ भने छेल्न देऊ
बाटो छेक्ने गजुरयो ढल्छ भने ढल्न देऊ ।।
बाल्नेहरु दियो बाल्न छोड्छन् कहाँ अझै पनि
अन्यायको हावाहुरी चल्छ भने चल्न देऊ ।।
खाली खुट्टा हिँड्ने मनु आज पनि हिँडेकै छ
चौबाटोमा रातो बत्ती बल्छ भने बल्न देऊ ।।
माथिका पङ्क्तिहरुमा अन्डरलाइन गरिएका शब्दहरुमा अन्तयानुप्रास मिलेको छ र अन्तिम शब्द एकै छ ।
- गजलको कुनै पनि सेरको पहिलो पङ्क्तिलाई मिसरा–ए–उला र दोस्रोलाई मिसरा–ए–सानी भनिन्छ ।
- मतला अर्थात पहिलो सेर (अनुच्छेद) दुवै पङ्क्तिमा रदिफ मिलेको हुनुपर्दछ । रदिफ माने अन्त्यानुप्रास हो ।
- रदिफ जो काफियाको पछिपछि आउने शब्द वा शब्दहरु दोहोरिने समूह हो । रदिफ अन्त्यको शब्दहरु एउटै हुनु हो ।
- रदिफको अघिका शब्दहरुमा अनुप्रास मिलेको हुन्छ र त्यसता शब्दलाई काफिया भनिन्छ जसलाई नेपालीमा पूर्वान्त्यानुुप्रास भन्न सकिन्छ ।
- रदिफ दोहोरिने शब्द हो र काफिया चैँ अघिल्लोको अन्न्यानुप्राससँग मिल्ने अर्को शब्द हुनु हो ।
माटो छोई गरेको अठोट बिर्सियौ कि
सूर्य छुने आदर्शमा कुरा कता पुगे?
आदर्शको न्यानो कोट बिर्सियौ कि
रदिफ — बिर्सियौ कि, काफिया — भोट, अठोठ, कोटमा (ओट) अन्त्यानुप्रास मिलेको छ ।
- मकता अन्तिम सेर र त्यसमा गजलकार कै नाम वा उपनाम राख्नुलाई तखल्लुस भनिन्छ ।
- काफियामा एउटै शब्द दोहोरिनु गजलमा राम्रो मानिदैन ।
मुटु छुने स्वरहरु सुन्छु कहिलेकाँही
त्यसैबेला एककासी म रुन्छु कहिलेकाँही
जमाएर पीडाहरु कति राख्नु भनी
आँसुसँग पीडाहरु छुन्छु कहिलेकाँही
४)
रोऊँ भने कति रोऊँ आसुँ पुछ्ने को छ मेरो?
जाऊँ भने रिसाएर बाटो छेक्ने को छ र मेरो?
सहरबाट धेरै टाढा आफैँबाट पनि टाढा
विरानोमा रुँदै छु म रोदन देख्ने को छ र मेरो?
- मतलाको अर्थ उदय हुनु वा सुरुवात हुनु हो । गजलको सुरुको सेरलाई मतला भनिन्छ । यदि गजलमा दुईवटा मतला भए पहिलो मतला–ए–उला र दोस्रो मतला–ए–सानी भनिन्छ ।
- मकता गजलको अन्तिम सेर हो । जसको अर्थ काटिएको वा समाप्ती हुन्छ । हिन्दीमा यसलाई अन्तिका पनि भनिन्छ । मकता गजलकारको नाम वा उपनाम जोडेपनि हुन्छ वा नजोडेपनि हुन्छ ।
- काफियाको अर्थ अनुप्रासयुक्त रदिफ भन्दा अघि आउने शब्द हो । यदि रदिफ छैन भने मतलाको दुवै पङ्क्तिको अन्तिममा आउने र गजलको चौथो, छैटो र आठौँ आदि जोरमा पर्ने पङ्क्तिको अन्त्यमा आउने शब्द हो ।
- रदिफ ः यो शब्दको अर्थ हो पछिपछि आउने हो । गजलमा रदिफ भन्नाले काफियाको पछिपछि आउने शब्द वा शब्दहरुको समूह भन्ने बुझिन्छ ।
जस्तैः
नबजाऊ ताली यहाँ अध्याँरो छ
आऊ चिराग बाली यहाँ अध्याँरो छ
किन मान्छे गाउँबाट सहरतिर सरेको छ
- तखल्लुसः यो गजलमा अनिवार्य नभएपछि प्रचलनमा रहेको पाइन्छ । विशेषगरी गजलको अन्तिम सेर (मकतामा) प्रयोग गरिने तखल्लुसले गजल कस्को हो भन्ने कुराको बोध गराउँदछ । तखल्लुस भन्नाले मकतामा गजलकारको नाम वा उपनामपनि जोडेर लेख्नुहो ।
- सेरः गजलमा रहेका दुई पङ्क्ति हुन्छ जसलाई सेर भनिन्छ । अरबी भाषामा यसको शाब्दिक अर्थ यौटा कपाल र अर्को स्त्रीपनि हुन्छ । गजलमा प्रत्येक सेर स्वतन्त्र सहन पाउँदछ । त्यसैले गजलको शीर्षक राख्ने गरिदैन तर खोज्न सजिलोको लागि शीर्षक राख्ने चलन बढेको छ ।
- लय विधानः मात्रा (अक्षर) विधान मिलाएर लेख्छ । छन्दोवद्ध हुन्छ र सुन्दर पनि हुन्छ । त्यसकारण विभिन्न ताल गन्तीमा (छन्दहरुमा) लेख्दा यति र गतिलाई पनि ध्यान दिएर शब्दहरुको संयोजन गर्ने हो भने अझै राम्रो हुन्छ । गजलमा मुख्य पं्राण भनेको गेयता/लयात्मकता भएन भने गजलको पूर्णता प्राप्त हुँदैन ।
प्रसिद्ध हिन्दी गजलकार माधव मधुकरः
गजल मैं लिखता नही हुँ सिर्फ गाने के लिए
मैं लिखा करता हुँ लोगो को जगाने के लिए
६)
मन परेकै मान्छेसित हार्दा पनि मजा लाग्ने
उनकै काखमा हर्ष–आँसु झार्दा पनि मजा लाग्ने ।१।
प्राप्ति दौड घातक हुन्छ आनन्द छ धीरतामा
आस्ते आस्ते प्रीतको जँघार तार्दा पनि मजा लाग्ने ।२।
सिउँदोमै फुल्नुपर्छ भन्ने छैन लाली गुराँस
उनको दिलमा सुनाखरी सार्दा पनि मजा लाग्ने ।३।
उनीलाई नै सधैँ आफ्नो समीपमा पाएपछि
अरू सबले एक्ला एक्लै पार्दा पनि मजा लाग्ने ।४।
मजा पनि कस्तो मजा सबै मजा बिर्सादिने
आफुहारी उनले बाजी मार्दा पनि मजा लाग्ने ।५।
७)
तिम्रो साथ नै छुटेपछि छुट्न बाँकी के नै रह्यो
स्वप्न बीचमै टुटेपछि टुट्न बाँकी के नै रह्यो ।१।
सरदको चाड साँच्दै झरी बादल सहेँ मैले
चाँद अरूले लुटेपछि लुट्न बाँकी के नै रह्यो ।२।
८)
तिम्रो नाममा प्रेमपत्र लेखुँजस्तो लाग्छ
नभेटेको धेरै भयो भेटुँजस्तो लाग्छ ।१।
यस्तो लाग्छ कैलेकाँही अरूले नि देखेँ भन्दा
मिल्ने भए सबको दृष्टि छेकुँ जस्तो लाग्छ ।२।
विपनीमा आफ्नो साथमा नभेटिए पनि
हररात सपनीमा देखुँ जस्तो लाग्छ ।३।
याद पनि प्रिय लाग्ने एकानछ झन् प्रिय
त्यहि यादले जिन्दगानी सेकुँ जस्तो लाग्छ ।४।
दुनियाँ सब डाहा गर्छन् रिस गर्छन् कतिकति
हाम्रो बीचमा आउने सबलाई भेटुँ जस्तो लाग्छ ।५।
९)
दुख्दिनँ म जति भन्छु, झनै चुटे जस्तो लाग्छ
भित्रभित्र अझै भित्र, कतै फुटेजस्तो लाग्छ ।१।
पराई लाग्छ दुनियाँ, कस्लाई व्यथा सुनाऊँ म
न छ डाम, न त चोट, उसै कुटे जस्तो लाग्छ ।२।
म्नमा अर्कै बस्ती बसाइ निर्मोहीलाई बिर्सु भन्छु
हेर्दा हेर्दै मनको बस्ती त्यसै लुटे जस्तो लाग्छ ।३।
दर्द पीडा बिर्सिएर नयाँ यात्रा थालुँ भन्छु
जहाँबाट थाले पनि धेरै छुटे जस्तो लाग्छ ।४।
If you enjoyed this post and wish to be informed whenever a new post is published, then make sure you subscribe to my regular Email Updates. Subscribe Now!
0 comments : Post Yours! Read Comment Policy ▼
PLEASE NOTE:
We have Zero Tolerance to Spam. Chessy Comments and Comments with Links will be deleted immediately upon our review.