Famous Places:Bindhyabasini Mata's Temple,TaalBarahi Temple! | Converter: Unicode and Preeti Font | Newari Food: How to Make Chatamari (Newari Pizza)?


Sunday, November 20, 2011

सिठी नखः

Posted by Nirazo Malla on 10:01 PM


यो चाड खास गरेर नेवार समुदायले विशेष महत्वका साथ मनाउँदछन् । त्यसतै गरेर किसानहरु र काठमाण्डौ, भक्तपुर, ललितपुर तथा पोखराका वासिन्दाहरुले पनि यो चाड मनाउने गर्दछन् ।

नेपालमा मनाइने चाडहरु मध्ये एक महत्वपूण चाड हो ‘सिठीः नखः’। यो चाड जेष्ठ शुक्ल पक्षको दिनमा मनाइन्छ । शुरुवाती समयमा यसलाई शष्ठी पर्व भनि मनाइन्थ्यो तर पछि समय अनुसार परिवर्तन भएर सिठी नखः हुन गयो । त्यस पश्चात सम्पूर्ण मानिसहरुले यस पर्वलाई सिठी नखः भनि स्वीकार पनि गरे ।

नेपालमा यस चाडलाई विशेष गरिकन नेवारी समुदायले अरु समुदायले भन्दा धेरै महत्वका साथ यो चाड मनाउने गर्दछ । यो चाडलाई वर्षको अन्तिम चाडको रुपमा पनि लिइने गर्दछ । यो चाड गर्मी समयमा पर्ने भएकोले यसको आफ्नै महत्व छ । यो चाडको अन्त्य सँगै वर्षा मौषमको पनि आगमन हुने गर्दछ । तसर्थ मानिसहरु आफ्नो खेतबारीमा खेती शुरु गर्नको लागि तयार भएर वस्ने गर्दछन् । प्रत्येक चाडपर्वहरुको आ–आफ्नै महिमा र महत्व भएजस्तै यो चाडको पनि रहेको छ ।

यदि हामीले यो चाड मनाउनका कारणहरु खाज्ने हो भने यसका प्रमाणहरु पनि भेटाउन सक्दछौँ । ‘राजमतेन्द्र शिव भच्छणम’ को अनुसार कुमार कार्तिकेय, भगवान श्री महादेवका जेष्ठ पुत्र, को जन्म त्यस दिन मनाइने गरिन्थ्यो । अर्को तर्फ यस दिन असत्यको माथि सत्यको विजयको रुपमा अर्थात राक्षक रावण माथि भगवान श्री रामले विजय प्राप्त गरेको दिनको रुपमा पनि उत्सव मनाइने गरिन्थ्यो । साथै दुवै उत्सवहरु जेष्ठ शुक्ल पक्षको दिनमा पर्दछन् । यो चाड परापुर्वक काल देखि नेपालमा मनाइदै आएकोले यसको नाम सिठी नखः रहन गएको हो । हाम्रो समुदायमा यो चाडलाई विशेष गरेर यो दिन ‘कुमार कार्तिकेय’ को पुजा अर्चना गरेर मनाउने चलन रहेको छ । यो चाड मनाउने यसको आफ्नै तरिका छ । उपर्युक्त दिनमा हामीहरुले आ–आफ्नो घर आँगन सरसफाई गर्नुका साथै हामी आफै पनि सफासुग्घर भएर रहनु पर्दछ । पुजा गरिनै स्थानमा गाईको गोबरले लिपपोत गरेर पवित्र बनाउनु पर्दछ । उक्त स्थानमा विभिन्न प्रकारका व्यञ्जनहरु तयार पारेर ‘कुमार कार्तिकेय’ को पुजा अर्चना गर्नुपर्दछ । त्यस पश्चात कुमार कार्तिकेय खसी भएर प्रत्येक घरहरुमा खुसीयाली आउनुका साथै सम्पूर्ण दुःख, पीडाहरु हराएर जान्छ ।

यस चाडको अन्त्य सँगै वर्षा मौषमको आगमन हुने हँदा किसान दाजुभाइहरुले विभिन्न किसिमका पक्वानहरु तयार पारेर आ–आफ्नो खेतीवारीमा पुजा अर्चना गरेर नयाँ अन्न बाली लगाउनको लागि तम्तयार भएर रहने गर्दछन् । त्यसैले पनि यस चाड ‘सिठी नखः’को आफ्नै विशेष महत्व रहेको छ ।

post signature
Print Page


If you enjoyed this post and wish to be informed whenever a new post is published, then make sure you subscribe to my regular Email Updates. Subscribe Now!


Kindly Bookmark and Share it:

0 comments : Post Yours! Read Comment Policy ▼
PLEASE NOTE:
We have Zero Tolerance to Spam. Chessy Comments and Comments with Links will be deleted immediately upon our review.

 
  • 12 Bhirav Dance

    The 12 Bhairav Dance

    The 12 Bhairav dance is the pride of Pokhareli Newari Community which is perferming in every 6 years.

  • Bindhyabasini Mata

    Bindhyabasini Mata's Temple

    A famous temple of Pokhara valley and prestigious Shaktipith is an important attraction and located in northern side of Pokhara .

  • Old Pokhara

    The Beautiful City 'Pokhara'

    Pokhara is one of the most extra-ordinary and most beautiful places in the world.~Toni Hagen(1961)

  • CyberLink PowerDVD Ultra 13

    CyberLink Ultra 13

    PowerDVD is the world's leading Blu-ray, 3D and HD media player. Experience HD movie files at quality beyond HD and Enjoy striking playback enhancements.

  • How to make Chatamari

    Chatamari(Newari Pizza)

    Once you have the Chatamari (Newari Pizza) then You'll forget the real pizza. You'll want it again and again.

About The Author

Hi! I am Nirazz and live in Pokhara, A beautiful city and situated in the heart of the country, Nepal. I am an addict to Blogger, Computer Enthusiastic, charming, Migger and Teacher.
Follow Him @ Facebook | Twitter | Migme Read More..

Author

My Photo
I am thhe techhno freak, whenever i get time i used to go here and there in net tweek that with my blog. I love what I want to do, and i am happy 4 that too!

© 2017. All Rights Reserved | ApHrOdi$iaC | Template by Blogger Widgets | Powered by Blogger

Home | About | DshBrd | Top ▲ | Leave