Print Page
Monday, November 28, 2011
जिताकोट एक चिनारीः
Print Page
Friday, November 25, 2011
Parijat - a writer
पारिजात एक शसक्त उपन्यासकार हुन् । उनी कवयित्री भन्दा बढी कथाकार र कथाकार भन्दा बढी उपन्यासकारमा प्रसिद्ध छिन् । पारिजात बौद्धिक र चिन्तनशील स्रष्टा थिइन् । उनले बिसङ्गति र बिकृतिका बिरुद्धमा बेजोड रुपमा कलम चलाएकी थिइन् ।
ग्रन्थ सूची
उपन्यासहरुः
- शिरिषको फूल
- महत्ताहिन
- परिभाषित आँखाहरु
- बैँशको मान्छे
- तोरीबारी, बाटा र सपनाहरु
- अन्तर्मुखी
- उसले रोजेको बाटो
- पर्खाल भित्र र बाहिर
- अनिदो पहाड सँगै
- बोनी
कथा
क) मैले नजन्माएको छोरो
लघु कथा संग्रह
क) आदिम देश
ख) सडक र प्रतिभा
ग) साल्गीको बलात्कृत आँसु
घ) बधशाला जाँदा आउँदा
कविता संग्रह
क) आकांक्षा
ख) पारिजातका कविता
ग) बैँशालु वर्तमान
संस्मरण निबन्ध
क) धुपी, सल्ला र लालीगुराँसाको फेदमा
ख) एउटा चित्रमय सुरुवात
ग) अध्ययन र संघर्ष
Sunday, November 20, 2011
डरबाट मुक्ति कसरी पाउने !
यस संसारमा नडराउने मानिस कमै होलान तैपनि हामीले आफ्नो सानो प्रयास गर्दैमा पनि डरबाट मुक्ति पाउन सक्छौँ । भनिन्छ डर नै मानिसको सबै भन्दा ठूलो र बलियो शत्रु हो । रोग, असफलता र खराब मानवीय सम्बन्धको पछाडि पनि डरको नै ठूलो भूमिका रहेको पाइन्छ । लाखौँ, करोडौँ व्यक्तिहरु भूतकाल, भविष्य, वृद्धावस्था, अमानवीय गुण र मृत्यु देखि डराउँदछन् । तर डर तपाईका मनका विचार मात्र हुन् । सर्वप्रथम तपाई आफ्नै विचारसँग डराउँदै हुनुहुन्छ ।
यी र यस्ता अनगिन्ती डरहरुबाट पर हुनको लागि सकारात्मक भावका बीउहरु आफुमा उब्जाउनुहोस् र यी भावहरुले आफू जस्तै सकारात्मक घटना–परिस्थिति सिर्जित गर्दछन् । फलस्वरप तपाई आत्मविश्वासी, सहज र शान्त बन्न सक्नु हुनेछ । अन्यथा सदा तपाई हामी अन्धकारको पोखरीमा रुमलिरहन्छौँ । तसर्थ हामीले डरबाट पार पाउन केही उपायहरु अपनाउन पनि सक्दछौँ जसलाई आफूमा लागु गरेर वा भनौँ केलाएर र मनन गरेर अघि बड्यौँ भने हामी डरबाट सजिलै मुक्ति पाउँदछौँ ।
डरबाट मुक्ति पाउने केहि उपायहरुः
१) त्यो काम गुर्नहोस् , जुनकाम गर्दा तपाईलाई डर लाग्छ । त्यसो गर्नाले मृत्यु निश्चित हुन्छ तर स्वयं सँग विश्वास र आस्थाले भन्नुहोस् कि ‘म यस डरलाई हराउने छु’ भने तपाईले हराउनु हुनेछ ।
२) डर तपाई हाम्रो मस्तिष्कको नकारात्मक विचार हो । तसर्थ यसको बदलामा सृजनात्मक विचार राख्नुहोस् । विश्वास डरभन्दा पनि ज्यादै शक्तिशाली छ । ईश्वर र राम्रोपनको आस्था भन्दा अरु सशक्त चीज केही पनि छैन ।
३) प्रेमले डरलाई बाहिर निकालिदिन्छ । प्रेम भन्नु जीवनका राम्रा चीज प्रति भावनात्मक अनुराग हो । इमानदारी, अखण्डता, न्याय, सद्भावना र सफलतासँग प्रेम गर्नुहोस् । सर्वश्रेष्ठको सुखद् चाहनामा जिउनुहोस् स्वतः तपाईलाई सधैँ सर्वश्रेष्ठनै मिल्नेछ ।
४) यदि तपाई पानीमा पौडन डराउनु हुन्छ भने आफ्नो कल्पनाको संसारमा स्वतन्त्रता र खुशीका साथ मज्जाले पौडनुहोस् साथै स्वयंलाई मानसिकरुपमा पानीमा उतार्नहोस् । तालमा पौडिँदा त्यसको चिसोपना र रोमान्चलाई अनुभव गर्नुहोस् । यसो गर्नालै तपाई पानीमा जान र यसलाई जित्न बाध्य हुनुहुनेछ । यो हाम्रो मस्तिष्कको नियम पनि हो ।
५) यदि तपाईलाई बन्द कोठामा (मानौ लिफ्टमा) डर लाग्दछ भने मानसिकरुपले त्यस लिफ्टको सवारी गर्नुहोस् साथै त्यसकौ सम्पूर्ण कार्य र भागलाई इमान्दारीपूर्वक प्रशंसा गर्नुहोस् । तपाईलाई अचम्म लाग्नेछ कि तपाईमा भएको डर चाँदै पर हुनेछ ।
६) सामान्य डर राम्रो हो तर असामान्य डर निकै विध्वंसात्मक हुन्छ । असामान्य डर त्यतिबेला परास्तः हुन्छ जब तपाईलै थाहा पाउनु हुन्छ कि तपाईको अवचेतन मन (Sub-conscious mind) को शक्तिले परिस्थितिलाई बदल्न सक्दछ । तसर्थ आफ्नो इच्छालाई तत्काल ध्यान दिनुहोस् र त्यो प्रति निष्ठावान रहनुहो् , जो तपाईको डरको विपरित छ । यहि नै त्यो प्रेमको जसले सजिलै डरलाई पर भगाउँदछ ।
७) प्रतिस्थापनको महान नियम डरको मुख्य जवाफ हो । तपाई हामी जे सँग डराउँदछौँ, त्यसको समाधान तपाई हाम्रो इच्छाको रुपमा रहेको हुन्छ । यहि तपाई विरामी हुनुहुन्छ भने तपाई स्वास्थ्यको इच्छा गर्नुहुन्छ । यदि तपाई डरको कैदमा हुनुहुन्छ भने तपाई स्वतन्त्रताको इच्छा गर्नुहुन्छ । सदैव राम्रोको आशा राख्नुहोस् । मानसिकरुपमा राम्रो तर्फ ध्यान केन्द्रित गर्नुहोस् र थाहापाउनुहोस् कि तपाईको अवचेतन (Sub-conscious mind) मनले सधैँ तपाईलाई जवाफ दिन्छ र त्यो कहिल्यै चुक्दैन ।
८) एउटै मात्र रचनात्मक शक्ति छ र त्यो सद्भावका रुपमा चल्दछ । यसमा कुनै विभाजन वा संघर्ष छैन । यसको स्रोत प्रेम हो । त्यसैले ईश्वरकौ शक्ति तपाई हाम्रो सकारत्मक विचारका साथ छन् ।
नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध विगत र वर्तमान
मानिस आज ढुङ्गेयुग देखि लिएर वैज्ञानिक युगसम्म आइपुग्दा विभिन्न उपलब्धिहरु हासिल गरेको छ । मानिसले यस्तो किसिमको बिकास गरेता पनि उसले आफू एक सामाजिक प्राणी हुँ भन्ने भावलाई नकार्न सक्दैन । त्यसैले चाहे घर छिमेकमा होस् वा एक अर्को देशसँग होस् उसले घनिष्ट सम्बन्ध राख्नुपर्ने हुन्छ । प्रकृतिका काखमा लुकामारी खेलेका ७ महाद्वीपहरुमध्ये एसिया महाद्वीपमा रहेको छ हाम्रो देश नेपाल । हिमालको सेतो फेटा, पहाडको हरियो भोटो र तराईको पहेँलो कछाड फेरेर बसेको हाम्रो देश साँच्चै नै स्वर्गबाट टपक्क टिपेर त्याएको एउटा अंश र ईश्वरको वरदान स्वरुप छ । पूर्वमा मेची देखि पश्चिममा महाकाली र हिमाल, पहाड, तराई गरि तीन भागमा विभाजित भएको यस देशा १,४७,१८१ वर्ग कि.मि.मा करिब ३ करोड मानिसहरु बसोबास गर्छन् । इतिहासका पानामा समेत गौरवमय स्थान ओगट्न सफल भएको नेपालको गौरवगाथा अत्यन्त ठूलो ।
ऐतिहासिक काल देखि नै वीर गोर्खालीको देश तथा गौरवमय संस्कृति, सर्वोच्च शिखर भएको देश नेपालले हरेक राष्ट्रहरुसँग मित्रतापूर्ण भावना राखेको पाइन्छ । पूर्व,पश्चिम, दक्षिणतिर भारतले घेरिएको र उत्तरमा चीन रहेको हुनाले यो दुई ढुङ्गा बीचको तरुलको रुपमा रहेको छ । नेपालले मैत्रीपूर्ण सम्बन्ध राखेको देशहरुमध्ये चीन पनि एक हो । नेपालको उत्तरतिर पर्ने चीन विश्वको एक विकसित देशहरुमध्ये हो । पूर्वमा जापान र कोरिया, पश्चिममा काजाकिस्तान, किर्गिस्तान, ताजाकिस्तान र भारतको कश्मिर रहेको छ भने उत्तरमा मंगोलिया र रुस अनि दक्षिणमा नेपालर लाओस्, भुटान र भियतनामले चीन घेरिएको छ । विश्वकै सर्वाधिक जनसङ्ख्या रहेको यस देश ९६००००० वर्ग कि.मि. मा फैलिएको छ । नेपाल भन्दा ७८ गुणा ठूलो र धेरै विकसित भएता पनि चीनले नेपाललाई सधै सौहार्दपूर्ण व्यवहार गरेको छ । यी दुई बीच दाजुभाइ बीच हुने माया, आमाको जस्तो स्नेह, बुबाको जस्तो त्याग र दिदीबहिनीहरुको जस्तो निःस्वार्थ भावना रहेको छ ।
इतिहासका पानामा नेपाल र चीन बीचको सम्बन्ध स्पष्ट रुपमा प्रस्तुत गरिएको छ । परापूर्वकालमा चीनबाट मञ्जुश्री काठमाण्डौ आएर त्यहाँ रहेको पानी झिकी उपत्यकामा बदलेर बस्नहुने ठाउँ बनाए । त्यसैगरी चीनका हुयान साङ नेपाल आएर यहाँको परिवेश बारे आफ्नो पुस्तकमा लेखेका थिए र उनले लुम्बिनी पनि भ्रमण गरेका थिए । त्यस्तै लिच्छवी कालमा अंशुवर्माले आफ्नी छोरी भृकुटीलाई चीनका राजा स्रङ्चङ गम्पोसँग विवाह गरिदिएका थिए । यसबाट समेत दुई देशहरुबीच रहेको सम्बन्ध अझ बढ्न पुग्यो । त्यसैगरी सन् १२४घ मा राजा अभय मल्ल, कलाकार अरनिको र अरु ८० जना चित्रकारका साथ चीन पुगेर विभिन्न भवनहरु निर्माण गरे । यिनको यो कार्यलाई सबैले प्रशंसा गरे र मिङ्गहोइ ( कलाका खानी ) भन्ने उपनाम र अरनिको भन्ने नामले चिनिन पुगे । यस्तो किसिमको सम्मान पाउनु हाम्रा लागि गर्वको कुरा रहेको छ । अंशुवर्माकी छोरी भृकुटी समेत हरित तारा भनेर चिनिन पुगिन र शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि नेपाललाई विश्वमा चीनाउन सफल भइन् । त्यसैगरी प्रताप मल्लको पालामा नेपाल चीन र भारतको व्यापारिक केन्द्र बन्दै आएको थियो । यसबाट के स्पष्ट हुन्छ भने नेपाल र चीन परापूर्व काल देखि नै एक घनिष्ट मित्रका रुपमा रहेका छन् ।
नेपाल एक विकासोन्मूख राष्ट्र हो भने चीन विकसित राष्ट्र हो । त्यसैले चीनले नेपालालाई अहिले सम्म विभिन्न सहयोगहरु गर्दै आएको छ । चीनले नेपाललाई यातायातको क्षेत्रमा त्रिपुरेश्वर–भक्तपुर ट्रली बस सेवा, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, गोरखा–नारायणगढ सडक, नारायणगढ मुग्लिङ्ग सडक, काठमाण्डौको चक्रपथ, पोखरा–बाग्लुङ्ग राजमार्ग र पोखरामा सेती नदीको पूल आदि जस्ता ठाउँहरुमा सहयोग गरेको छ । त्यस्तै भक्तपुर इट्टा कारखाना, हरिसिद्धि इट्टा तथा टायल कारखाना, बालाजु छाला तथा जुत्ता उद्योग, लुम्बिनी चिनी कारखाना आदि जस्ता उद्योग कलकारखानाहरु चीनकै सहयोगमा सञ्चालन भएका हुन् । त्यस्तै गरी सुनकोसी विद्युत् परियोजना, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, राष्ट्रिय खाद्यान्न गोदाम, खेलकुद भवन र अन्य थुप्रै भवनहरु चीनकै सहयोगले सञ्चालन भइरहेको छन् । चीनले नेपालीहरुलाई आफ्नै दाजुभाइ सरह व्यवहार गर्दछ । हाम्रो देश नेपालमा चाँदीझै टल्कने अटल हिमालहरुले आफ्नो शिर उठाएका हुनाले चीनसँग आर्थिक व्यापार गर्न निकै कठिनाइ पर्छ । यसका वावजुत “खाने मुखलाई जुँगाले छेक्दैन” भनेझै यी दुई देशहरुबीच आयात र निर्यात भइरहन्छ । चीनले नुन, पस्मिना, भेडाको ऊन, सुन आदि जस्ता वस्तु नेपालमा निर्यात गर्छ भने विभिन्न जडिबुटी, कस्तकलाका समान, चित्रकलाका सामग्रीहरु नेपालबाट आयात गर्छ । यसकिसिमको कार्यले दुवै देशहरुबीचको आर्थिक कारोबार बढ्न पुग्छ ।
अनेकता भित्र एकतामा बाधिएको हाम्रो देश नेपाल चार वर्ण र छत्तीस जातको साझा फूलबारी हो । तराइको समथर फाँट, पहाडको हरियो जङ्गल र हिमालको हिउँमा अनेक संस्कृतिहरु पाइन्छन् । त्यस्तै हिमाली भेग नजिक भित्र राष्ट्र चीन भएकोले त्यहाँको संस्कृति र हाम्रो देशको संस्कृति मिल्दाजुल्दा छन् । प्यागोडा आधारमा मन्दिर बनाउने तरिका होस् वा बख्खु, ढाँचा जस्ता कपडा निर्माण प्रविधि हुन् यी देशहरुमा समानता पाइन्छ । संस्कृतिको धनी नेपालबाट प्रभावित भएर चिनियाँहरु प्नि आफ्नो संस्कृतिलाई सम्मान गरेर तिनको संवर्धनमा लागेको पाइन्छ । समय–समयमा एक अर्को देश बीच भाइचाराको सम्बन्ध स्थापना गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक, धार्मिक एवम् परम्परागत कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ ।
चीन नेपालको लागि एक मित्र मात्र नभई एक धारो पँधेरोको साथी पनि बन्न पुगेको छ । संसारका आफ्नै विविधता बोकेको थुपै्र देशहरुमध्ये प्रकृतिको खानी नेपाल एक हो । चाँदीझै टल्किने हिमालले नौरङ्गी डाँफेको साथ मुसुक्क मुस्काइदिँदा, सुगारङ्गी पहाडले मसक्क कम्मर मर्काइदिँदा र तन्नाझै बीच्छ्याइएको तराईले घुँघुरा बजाइदिदा आनन्दित नहुने पर्यटक सायद छैनन् होला । त्यसैले चीनले पनि नेपाललाई आफ्नो एक पर्यटकीय स्थलको रुपमा लिँदै आएको छ । अझ नेपाल सरकारले चिनियाँलाई भिसा निःशुल्क गरिदिएको र चिचियाँ रुपैया सजिलै साट्न सकिने भएकाले चिनियाँहरु नेपालप्रति आकर्षित भएका हुन् । यसले गर्दा नेपालको पर्यटकीय स्थलका बारेमा समेत चीनले जान्ने मौका प्राप्त गर्छ । नेपालमा पर्यटनको राम्रो व्यापार भएको हुनाले चीनले यहाँ होटल, रेष्टुरेण्ट, विद्युत आयोजना, नर्सिङ्ग होम र उद्योग कलकारखानामा समेत लगानी गर्दै आएको छ । यसबाट के कुरा प्रस्ट हुन्छ भने चीनले नेपाललाई एक ठाउँबाट मात्र सहयोग गर्दैन हरेक क्षेत्रमा यसका सुनौला हातहरु बढायरहेको हुन्छ ।
नेपाल एक विकासोन्मुख राष्ट्र भएकोले यहाँ शिक्षा दीक्षाको राम्रो व्यवस्था छैन । यसका निम्ति पनि चीन सरकारले हरेक वर्ष १०० जना नेपाली विद्यार्थीलाई चीनमा छात्रवृत्ति प्रदान गर्छ । यसले नेपालको दिगो विकासका निम्ति दक्ष जनशक्ति उत्पादन गर्नका लागि समेत महत्वपूर्ण योगदान दिएको छ । त्यसैगरी नेपालका केही विद्यालयमा चिनियाँ भाषा सिकाउने र केही विद्यार्थीहरुलाई इन्जिनियरिङ्ग बारे ट्रेनिङ्ग दिने गरिन्छ । शिक्षामा राम्रो विकास गर्नका निम्ति यसले समय समयमा विविध कार्यक्रमहरु आयोजना गर्छ । यसबाट नोपलमा विकास गरी हरेक व्यक्तिले विकासको फल प्राप्त गर्न सक्दछन् । चीनले नेपालको लागि स्वास्थ्यको क्षेत्रमा वि.पी.कोइराला मेमोरियल अस्पताल र अन्य भवनहरु निर्माण गरेको छ । जसले नेपाली जनतालाई स्वास्थ्य उपचार प्रदान गर्दै आइरहेका छन् ।
चीन विकसित राष्ट्र हो तर त्यसले विश्वकै धेरै जनसंख्यालाई आफ्नो काँधमा धान्नु परेतापनि नेपालमा बढाएको सुनौला रोकिएका छैनन् । समय समयमा दुई देशका नेताहरुबीच भेटवार्ता हुने गर्दछ जसले गर्दा नेपालका नेताहरुले त्यहाँ राजनैतिक वातावरण बारे जानकारी हासिल गर्न सक्छन् । जनक्रान्तिबाट चीन गणतान्त्रिक राष्ट्र भएको जस्तै नेपालमा पनि गणतन्त्रको लागि क्रान्ति भएर आखिर सफल भएरै छोड्यो र वि.सं. २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा भयो । एक अर्को देशबीच रहेको राजनैतिक सम्बन्धका कारणले पनि नेपालमा परिवर्तन आउन सकेको छ ।
मानिसको विचार बदलिंदो हुन्छ । त्यसैगरी संसारका कैयौ देशहरुमा विगतमा राम्रो भएता पनि वर्तमानमा चिसोपना आएको हुन्छ भने कोही देशमा विगतमा नराम्रो भएता पनि वर्तमानमा राम्रो हुन्छ तर नेपाल र चीनबीच विगत र वर्तमान दुवै राम्रो छ । त्यस समयमा चीनले नेपाललाई १४ लाख रुपैयाको औषधी र अस्पतामा चाहिने सामाग्री वी.पी.कोइराला क्यान्सर अस्पताललाई प्रदान ग¥यो । त्यसैगरी नेपाल र चीनबीचको आर्थिक कारोबार र सम्बन्ध बढाउन आउँदो जुलाई २ मा चीनको राजधानी बेइजिङ्गमा कार्यक्रम गरिने योजना छ । त्यस्तै गत वर्ष चीनले नेपाललाई स्याप्रुवेशी देखि रसुवागढी सम्म बाटो निर्माण गर्न र संविधान सभाको चुनाव सफल पार्नको लागि १ करोड ३० लाख रुपैया प्रदान गरेको थियो । अरु थप योजनाहरु सञ्चालन गर्नका निम्ति चीनले थुप्रै सहयोग गरेको छ । वि.सं. २०६० वैशाखको एक तथ्याङ्क अनुसार चीनले नेपालमा ५० वर्ष यता ३० वटा परियोजनाहरु पूरा गरेको छ र अन्य योजनाहरु सञ्चालन भइरहेका छन् । चीन र नेपालको सन् १९५६ मा आर्थिक कारोबारबारे सन्धि पनि स्थापना भएको थियो । यी दुई देशहरुबीचको सम्बन्ध अझ “सुनमा सुगन्ध थपिएजस्तै” भयो जब २०१२ साल (अगस्ट, १९५५) मा नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भयो । त्यसैले त्यस बेलादेखि आज सम्म चीनले नेपाललाई दाताको रुपमा काम गरेको छ । शान्तिका अग्रदुत गौतमबुद्धको जन्म भूमि नेपालमा लामोसमय सम्म द्वन्द चर्किरहेको थियो । जनआन्दोलन र पछि संविधान सभाको चुनावद्वारा माओवादी विजयी भएर सरकारमा पुगेपछि पनि चीनले स्वीकार ग¥यो । त्यतिमात्रै नभएर सम्बन्ध स्थापना भएको ५० औँ वर्षको उपलक्ष्यमा काठमाण्डौमा नेपाल र चीन बारेमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो र चीनले पनि जुलाई १ गते देखि ७ सम्म चीन पर्व सञ्चालन गरेको थियो । त्यस्तै आर्थिक कारोबार बढाउन र सम्बन्ध सुदृढ बनाउन १७ औं पटक आयोजना गरिएको कार्यक्रममा चीनका मन्त्री आउनुभएको थियो । नेपालले पञ्चशील नीति अवलम्बन गरेर चीन प्रति सधै सद्भावपूर्ण व्यवहार गर्छ । हाम्रो देश नेपाल राजनीतिको क्षेत्रमा त्यति सफल हुन सकेको छैन । त्यसैले बेला बेलामा सरकार परिवर्तन भई रहन्छ । यसै क्रममा माओवादी पार्टीको सरकार लामो समयसम्म टिक्न नसकेकोले नयाँ प्रधानमन्त्री माधव कुमार नेपाललाई बधाई ज्ञापन गर्न नेपालका लागि चिनियाँ राजदूत क्यू गोहाङ नेपाल आउनुभयो र मे २६, २००९ मा राष्ट्रपति हु जिन्ताओले पठाउनु भएको सन्देश हस्तान्तरण गर्नुभयो । यस बखतमा नेपालका प्रधानमन्त्रीले एक चीनको नीति कहिल्यै पनि परिवर्तन नहुने कुरा जानकारी गराउनु भएको थियो । त्यसैगरी नेपाल र चीनबीचको नङ्ग र मासु, पानी र माछाजस्तै सम्बन्धलाई विगार्न चीन विरोधी कार्यक्रमहरु नेपालमा भएता पनि नेपालले यसलाई सदन बाटै बहिस्कार गरिदियो । यसबाट के स्पष्ट हुन्छ भने नेपालको मन, मुटुमा नै चीनको आकृति सजिएको छ । यसरी बेला बखतमा विभिन्न देशका नेताहरु भेट गर्नाले हाम्रो देशको राजनीतिमा सुधार आउने आशा छ । ल्हासा नेपाल र चीनका जनतालाई एक अर्कोको देशमा जन सजिलो होस् भनेर चीनले सन् २००५ मे १ देखि काठमाण्डौ ल्हासा बसको व्यवस्था गरेको छ । त्यस्तै आउने दिनमा रेलयात्रा र अरु क्षेत्रमा वाय उडान समेत गर्ने योजना बनाएको छ । यस्तो किसिमको योजनाले यी दुई देश बीचमा माधुर्यता बढेको छ ।
यसरी एसियाका दीप, शान्तिका अग्रदूत गौतमबुद्धको देश र महान् विचारक कन्फ्युसियसको देशमा रहेका धार्मिक, सांस्कृतिक, आर्थिक आदि विकासलाई अवलम्बन गरेर एक अर्कोको देशमा लागू गर्नुपर्ने हुन्छ । त्यसैले नेपालसँग चीनको सम्बन्ध विगतमा राम्रो थियो, वर्तमानमा राम्रो छ र भविष्यमा समेत राम्रो हुनेछ । नेपालले चीनलाई एउटा छिमेकी मात्र नभइ मर्दापर्दाको साथीको रुपमा लिएर “वशु दैव कुटुम्बकम्” भन्ने भावलाई स्वीकार गरी स्नेहपूर्ण व्यवहार गर्नेछ र चीनले पनि आफ्नै घरको परिवार सरह नेपाललाई लिएर आर्थिक, राजनैतिक क्षेत्रमा सहयोग गर्नेछ र विश्वमा यी दुई देश मित्रताको ज्वलन्त उदाहरणका रुपमा चिनिनका निम्ति आफ्नो व्यवहारलाई दुवै देशले परिवर्तन गर्नुहँदैन । यसका लागि हरेक क्षेत्रबाट कम्मर कसेर लाग्नु वर्तमान समयको माग हो ।
Zhusuan Mental Math Course
About Brain Development
As our body is divided into two halves, our brain is also divided into two halves; right hemisphere and left hemisphere. The right part of the brain controls the left half of our body and left part of the brain controls right half of our body. The left part of our brain works as computer. As much information you give it, will be recorded but after some time the given date will be automatically deleted. But as the same time the information those are stored in right brain is in terms of images and picture. The images and picture make immortal impression in our memory.
Since 95% population of the world is right handed there are enough chances for left brain to be developed to the maximum extent. At the same time since we are not using our left hand frequently the chances of the right brain getting activated is lesser.
They, at the early period of their life can enhance their memory, concentration, as well as self confidence, at this stage of time he/she will try to apply logic and will learn to struggle alone for exploring new things. They will enjoy math and start loving study.
That's why it would be great if we apply this methodology in our school for the grade 3 to 6 for their betterment of Maths.
Print Page
पर्यटकीय गाउँ भाचोक
भाचोक गाउँ पोखराबाट नजिकै पर्ने साथै रमणीय ठाउं हो । गुरुङ्गहरुको बाहुल्यता भएको यस गाउँमा उनीहरुको संस्कृति देख्न, हेर्न र भुझ्ना पाईन्छ ।
कास्की जिल्लाको उत्तर–पूर्वमा यो गाउँ ‘भाचोक” अवस्थित छ । पोखराबाट यो गाउँ ४० किलोमिटर टाढा पर्छ । यो गाउँ कास्की जिल्लाको भाचोक गाविसमै पर्दछ । पोखरासँगै जोडिएको पर्यटकीय गाउँमा भाचोक पनि त्यत्तिकै परिचित छ । जहाँ करिब एक सय ६० घरधुरी रहेको छ । ग्रामीण सुन्दरतामा रमाउने पाहुनाहका लागि यो गाउँ निकै सुविधायुक्त मानिएको छ । त्यसैले पश्चिमा पर्यटकलै यसलाई होम स्टे भिलेजको रुपमा व्याख्या गर्न थालेका छन् । गुरुङ्गहरुको बाहुल्यता रहेकै कारणले यस गाउँमा गुरुङ्गहरुको संस्कृतिसमेत देख्न पाइन्छ ।
गाउँमा नजिकको निकै रमाइलो जंगल छ । त्यहाँ विभिन्न जातका चराचुरुङ्गी हेर्न र उनीहरुको आवाज सुन्न पाइने स्थानीयवासीले जानकारी गराए । भाचोक पुग्ने पर्यटकले सो जंगलमा पाइने रतुवा, मृग, भालु, चितुवा, घोरल, थार, डाँफे, मुनाल, कालिज जस्ता लोपउन्मुख चराहरुको आवाजसमेत सुन्न सक्छन् । यी जनावर तथा पन्छीलाई कसैले त देख्ने अवसर समेत पाउँछन् । भाचोक गाउँ पुग्न पोखराको रानीपौवाबाट २ -२ घण्टाको अन्तरालमा थुम्सीकोट सम्मका लागि बसमा चढ्न सकिन्छ । पोखराबाट करिब २ घण्टाको बस यात्रा पछि थुम्किकोट पुगिन्छ । तत्पश्चात चराचुरुङ्गीको आवाज सँगै भट्टगाउँको मोही, गाउँमा पाइने बाक्लो दूध खाँदै लगभग २ घण्टाको पैदल यात्रा पछि गाउँमा पुग्न सकिन्छ ।
Bhaktapur Darbar Square
Various temples, forums and shrine surround the Bhaktapur Darbar Square. King Bhupatindra Malla built the five storey Pagoda style Nyatapole temple in 1720 A.D. This is one of the most beautiful multi-storied and tallest teemple in Nepal. The stairway leading to the temple is lined with pairs of figures of human beings identified as powerful wrestlers, elephants, lions, griffins and Goddesses.
There is a one storeyed Bhairabnath Temple also called Bhairab Kashinath Temple which was built by Jagat Jyoti Malla. King Bhupatindra Malla also rebuilt this temple in the form of three storeyed Nepali style in 1718 A.D.
Print Page
National Botanical Garden in Godawari:
Print Page
सिठी नखः
यो चाड खास गरेर नेवार समुदायले विशेष महत्वका साथ मनाउँदछन् । त्यसतै गरेर किसानहरु र काठमाण्डौ, भक्तपुर, ललितपुर तथा पोखराका वासिन्दाहरुले पनि यो चाड मनाउने गर्दछन् ।
Print Page
रुमलिएको जिन्दगी
अँध्यारो र सुन्सान
रात अनि ठाउँमा
उज्यालो प्रकाशको
खोजीमा
बसि रहेको छु
कतै यसबाट उम्कन
पाउँछु कि भनि
यता उति बाटो खोज्न
हिँडिरहेको छु
खै के गर्नु
यसको आशमा
केवल निराशा मात्र
पाएको छु
भौँतारि रहेको छु
आउने पूर्णिमाको
रातलाई
पर्खँदा पर्खँदै
एक मिल्किएको
बस्तु सरह
छरिएर रहेको छु
पूर्णिमाको रातको प्रतीक्षा
गर्दा गर्दै औँसीको रात
झैँ पो भै गयो
मेरो यो जिन्दगी
अँध्यारोबाट निस्कने
कोशिस गर्दा गर्दै
झन अँध्यारो मै
रुमलिएको जिन्दगी
जिन्दगी भै गयो
Print Page